संयुक्त राष्ट्र संघ
| प्रतिष्ठा (स्थापित) | १९४५ |
| संगठनको स्तर | अन्तर राष्ट्रिय |
| केन्द्रीय कार्यालय | न्यूयर्क, अमेरिका |
| अधिकारिक भाषाहरु | |
| संगठनको कार्य | राष्ट्रहरूको संगठन, शान्ति एवं सुरक्षा |
| प्रमुख पद | महासचिव |
| प्रमुख पदाधिकारीको नाम | बान् की मून् |
| सदस्यहरु | |
| वित्तीय व्यवस्था | सदस्य राष्ट्रहरूबाट |
| बजेट | |
| शाखा कार्यालयहरु | |
| आइएसओ संक्षेप | [[आइएसओ 3166-2|]] |
| http://www.un.org | |
संयुक्त राष्ट्र संघ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५मा भएको हो। यसमा हाल १९२ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देशसाथ संयुक्त राष्ट्र संघको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रीय संघर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो।
संयुक्त राष्ट्रसंगको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी(स्पेनिश) र अरबी भाषाको प्रयोग हुन्छ।
विषयसूची |
[सम्पादन गर्ने] अंगहरू
संयुक्त राष्ट्रमा ६ प्रमुख अंगहरू छन्। ती हुन् -
- महासभा
- सुरक्षा परिषद
- आर्थिक तथा सामाजिक परिषद्
- संयुक्त राष्ट्र न्यास परिषद वर्तमानमा यो संस्था निस्क्रिय छ
- अन्तराष्ट्रिय न्यायालय
- सचिवालय
[सम्पादन गर्ने] उद्देश्य
- अन्तराष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।
- जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
- आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानवअधिकारहरू एवं मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त गर्ने।
- यी उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसंघलाई केन्द्र बनाउने।
[सम्पादन गर्ने] आधारभूत सिद्धान्त
- सबै सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान हुन्।
- बडापत्रअन्तर्गत आफ्ना दायित्वहरू पालन गर्न सबै प्रणबद्ध छन्।
- आफ्ना अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
- अन्तराष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनैतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
- बडापत्रअनुसार संयुक्त राष्ट्रसंघले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसंघले कुनै राष्ट्रको विरुद्ध कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
- जहाँसम्म शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन संघले प्रबन्ध गर्नेछ।
[सम्पादन गर्ने] इतिहास
[सम्पादन गर्ने] सदस्य राष्ट्र
बेलायत, अमेरिका, फ्रान्स, रुस, चीन, जापान
| No. | नाम | देश | पद सम्भालेको मिति | पद छोडेको मिति | टिप्पणी |
|---|---|---|---|---|---|
| 1 | ट्रेग पनि लाइ | २ फेब्रुअरी १९४६ | १० नोभेम्बर १९५२ | त्यागपत्र; पहिलो महासचिव स्केन्डिनेभिया | |
| 2 | डेग हेमरस्जोद | १० अप्रेल १९५३ | १८ सेप्टेम्बर १९६१ | मृत्यु (पदमा रहँदा) | |
| 3 | यु थान्त | ३० नोभेम्बर १९६१ | १ जनवरी १९७२ | एशियाबाट प्रथम महासचिव | |
| 4 | कुर्त वाल्धेन | १ जनवरी १९७२ | १ जनवरी १९८२ | ||
| 5 | जेभिय पेरेज डि क्युलर | १ जनवरी १९८२ | १ जनवरी १९९२ | अमेरिकाबाट प्रथम महासचिव | |
| 6 | बुत्रोस् बुत्रोस् घलि | १ जनवरी १९९२ | १ जनवरी १९९७ | अफ्रिकाबाट प्रथम महासचिव | |
| 7 | कोफी अन्नान | १ जनवरी १९९७ | १ जनवरी २००७ | ||
| 8 | वान कि मुन | १ जनवरी २००७ | अवलंबी (आज पर्यन्त) |
[सम्पादन गर्ने] संघका स्वतंत्र संस्थाहरू
संयुक्त राष्ट्र संघका धेरै कार्यक्रम र एजेंसिहरूको अतिरिक्त १४ स्वतंत्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतंत्र संस्थाहरूमा विश्व बैंक, अंतर्राष्ट्रीय मुद्रा कोष र विश्व स्वास्थ्य संगठन शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र संघसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र संघका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। [२] यो यसप्रकार छ:
- अंतर्राष्ट्रीय परमाणु उर्जा एजेंसी – विएना(भिएना)मा स्थित यो एजेंसीले परमाणु निगरानीको काम गर्छ।
- अंतर्राष्ट्रीय अपराध आयोग – हेगमा स्थित यो आयोग पूर्व यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुद्दा चलाउनका लागि बनाइएको हो।
- संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) – यसले बाल-बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाको देखभाल गर्छ।
- संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) – यसले गरीबी कम गर्नेने, आधारभूत ढाँचाको विकास र प्रजातांत्रिक प्रशासनलाई प्रोत्साहित गर्ने काम गर्छ।
- संयुक्त राष्ट्र व्यापार र विकास सम्मेलन-यो संस्था व्यापार, निवेश र विकासका मुद्दाहरूसित संबंधित उद्देश्य लिएर काम गर्छ।
- संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद (ईकोसक)- यस संस्थाले सामान्य सभालाई अंतर्राष्ट्रीय आर्थिक एवं सामाजिक सहयोग एवं विकास कार्यक्रमहरूमा सहायता एवं सामाजिक समस्याहरूको माध्यमले अंतर्राष्ट्रीय शांतिलाई प्रभावी बनाउनमा प्रयासरत छ।
- संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक परिषद – पेरिसमा स्थित यस संस्थाको उद्देश्य शिक्षा, विज्ञान संस्कृति र सञ्चारका माध्यमबाट शांति र विकासको प्रसार गर्नु हो।
- संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी) – नैरोबीमा स्थित यस संस्थाको काम पर्यावरण-रक्षालाई वृद्धि गराउनु हो।
- संयुक्त राष्ट्र राजदूत – यसको काम शरणार्थीहरूको अधिकार र उनीहरूको कल्याणको देखरेख गर्नु हो। यो जीनिवामा स्थित छ।
- विश्व खाद्य कार्यक्रम – भोकको विरुद्द लडाईको निम्ति बनाइएको यो प्रमुख संस्था हो। यसको मुख्यालय रोममा छ।
- अन्तरराष्ट्रिय श्रम संगठन- यसले अन्तर्राष्ट्रीय आधारमा मजदूर तथा श्रमिकहरूको हितको रक्षाको निम्ति नियम बनाउँछ।
- ↑ Former Secretaries-General–United Nations.
- ↑ संयुक्त राष्ट्र - एक परिचय।बीबीसी-हिन्दी