सिंहदरवार
सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौंको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एशिया भरीको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।
२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंह दरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।
२०३० सालमा यहाँ ठूलो आगलागी भएको थियो। त्यसबाट यसको पछाडि पट्टीको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।
वास्तुकला तथा श्रृङ्गार [सम्पादन गर्ने]
यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र सम्शेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाईएको थियो।
सरकारी कार्यालयहरू [सम्पादन गर्ने]
सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।
मन्त्रालयहरू [सम्पादन गर्ने]
- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)
- गृह मन्त्रालय
- जलस्रोत मन्त्रालय
- उद्योग मन्त्रालय
- अर्थ मन्त्रालय
- कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
- जल तथा शक्ति आयोग
विभागहरू [सम्पादन गर्ने]
अन्य सरकारी कार्यालयहरू [सम्पादन गर्ने]
सुरक्षा व्यवस्था [सम्पादन गर्ने]
यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।
सम्बन्धित लेखहरू [सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू [सम्पादन गर्ने]
http://www.nepalitimes.com/issue/216/Arts/2051 नेपाली टाईम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा
|
|
|||||||
|
|||||