सामग्रीमा जानुहोस्

"सी. जोर्ज बुरे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ लेख निर्माण
चिनो: २०१७ स्रोत सम्पादन
(कुनै भिन्नता छैन)

१०:३०, १२ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

सी. जोर्ज बुरे
जन्मकोर्नेलिस जोर्ज बुरे
(१९५२-०१-१५)१५ जनवरी १९५२
बाडहोभेडोर्प, नेदरल्यान्ड
मृत्यु५ जनवरी २०२१(2021-01-05) (उमेर ६८)
पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
जीवनसाथी
जुडिथ कोभारिक
(
वि १९७२)
Academic background
Alma mater
Academic work
Disciplineमनोविज्ञान
Sub-disciplineव्यक्तित्व सिद्धान्त, मनोविज्ञानको इतिहास
Institutionsसिपेन्सबर्ग विश्वविद्यालय
Notable ideasलिङ्ग्वा फ्राङ्का नोभा
वेबसाइटआधिकारिक वेबसाइट

डा. कोर्नेलिस जोर्ज बुरे (रोमन लिपि: Dr. Cornelis George Boeree; १५ जनवरी १९५२ – ५ जनवरी २०२१) व्यतित्व सिद्धान्तमनोविज्ञानको इतिहासमा प्रवीण अमेरिकी मनोवैज्ञानिक, सिपेन्सबर्ग विश्वविद्यालयका माननीय प्रोफेसर र लिङ्ग्वा फ्राङ्का नोभाका निर्माता थिए ।

जीवनी

१५ जनवरी १९५२ मा नेदरल्यान्डको राजधानी आम्स्टर्डम नजिकै रहेको बाडहोभेडोर्पमा बसोबास गर्ने कोर्नेलिस जोर्ज बुरे र एबर्डिना भान ओलफेनका छोराको रूपमा सी. जोर्ज बुरेको जन्म भएको थियो । डिसेम्बर १९५६ मा उनी चार वर्षको हुँदा उनी आफ्ना परिवारका साथमा न्यु योर्क सहर नजिकै रहेको लङ आइल्यान्डमा सरेका थिए ।

उनले आफ्नो मातृभाषाको रूपमा डचरकभिल सेन्टरमा हुर्केको हुनाले दोस्रो भाषाको रूपमा अङ्ग्रेजी सिकेका थिए । उनले पछि फ्रेन्च पनि सिकेका थिए । उनी अस्ट्रेलियाको ब्रिसबेनमा हुँदा उनले इटालेलीएस्पेरान्तो सिके र आफ्नो सहायक भाषामाथि काम गर्न थालेका थिए । आफ्नो वास्तुकार बन्ने उद्देश्यको पूर्तिका लागि उनी रकभिल सेन्टर फर्की सन् १९६९ मा आफ्नो डिप्लोमा प्राप्त गरेका थिए । सन् १९७२ मा उनले न्यु योर्क सहरको बे सोरमा जुडिथ मारिओन कोभारिकसँग बिहे गरी स्थायी बसोबासका लागि पेन्सिलभेनिया सरेका थिए ।

उनले सन् १९७४ मा पेन्सिलभेनिया राज्य विश्वविद्यालयबाट उनले आफ्नो मनोविज्ञानसम्बन्धी लौरल डिप्लोमा हासिल गर्नुका साथै सन् १९७९ र सन् १९८० को बिचमा उनले ओक्लाहोमा राज्य विश्वविद्यालयबाट डाक्टरेट प्राप्त गरेका थिए । सन् १९८० मा नै उनले सिपेन्सबर्ग विश्वविद्यालयमा प्रोफेसरको कामको थालनी गरेका थिए । आफ्नो कार्यकालमा उनले मनोविज्ञान र बौद्ध धर्मका बारेमा धेरै सिद्धान्त अघि सरेका थिए र धेरै पुस्तक लेखेका थिए । उनका अधिकतम कार्यहरूलाई स्पेनिया, बुल्गारेली, डचलगायत अन्य भाषाहरूमा अनुवाद गरिएका छन् ।[१]

१५ जनवरी २०१० मा अवकाश ग्रहण गरी आफ्नी श्रीमतीसँग पेन्सिलभेनियामा बसोबास गरेपनि बुरेले मनोविज्ञान, दर्शन र भाषामा रुचि राखेका थिए । ५ जनवरी २०२१ मा अग्नाशयको क्यान्सरले गर्दा उनको मृत्यु भयो ।[२]

लिङ्ग्वा फ्राङ्का नोभाको रचना

सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने अन्तर्राष्ट्रिय सहायक भाषाको निर्माण गर्ने उद्देश्यले बुरेले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।[३][४] उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच भूमध्य द्रोणीमा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने भूमध्य रेखीय लिङ्ग्वा फ्राङ्का नामक रोमान्स पिजिन तथा पापियामेन्तोहाइतेली क्रियोल जस्ता क्रियोल भाषाहरूबाट प्रभावित भएका थिए ।उनले इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।

सन्दर्भ सामग्री

  1. बुरे, सी. जी. (सन् २००५), Teorías de la Personalidad, सान्तो दोमिङ्गो, डोमिनिकन रिपब्लिक। 
  2. "Aora oji: Cornelis George Boeree (1952-2021)" [श्रद्धाञ्जली: कोर्नेलिस जोर्ज बुरे (सन् १९५२ - सन् २०२१)], अन्तिम पहुँच ८ जनवरी २०२१ 
  3. बुरे, सी. जोर्ज, "Istoria de elefen" [एलेफेनको इतिहास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच १० नोभेम्बर २०२० 
  4. बार्टलेट, पौल ओ. (३० नोभेम्बर २००५), "Conlangs and International Auxiliary Languages" [कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू], अन्तिम पहुँच १३ नोभेम्बर २०२० 

बाह्य कडी