मोहन कोइराला
मोहन कोइराला (बिसं १९८३-२०६३) नेपाली साहित्यको काव्य विधामा प्रयोगवादी धाराका प्रवर्तकका रूपमा परिचित कवि हुन्। उनको पहिलो प्रकाशित कविता 'बुझिसके' शिर्षकको फुटकर कविता हो। उक्त कविता बिसं २००७ सालमा शारदा पत्रिकामा प्रकाशन गरिएको थियो। स्वअध्ययनबाट नै कविता लेख्न सुरूगरेका कोइरालाले बिसं २०३८ सालको मदन पुरस्कार पनि जित्न सफल भएका थिए। कोइराला बिसं २०५६ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भएका थिए।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मंसिर ११ गते[१] सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौँमा भएको हो। उनका जेठा दाजु मणिरामको कलिलै उमेरमा निधन भयो भने कान्छा भाइ शङ्कर कोइराला प्रख्यात आख्यानकारका रूपमा परिचित भए । एस.एल.सी.सम्मको शिक्षा लिएका उनी वि.सं. २०३० र २०४७ मा प्रज्ञा परिषद्को सदस्य हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति (२०५६-६१) भए।
कृति
[सम्पादन गर्नुहोस्]मोहन कोइरालाले शारदा, इन्द्रेणी, प्रगती जस्ता पत्रपत्रिकाहरूमा कविता प्रकाशन गरेर कविता यात्रा सुरूगरेका हुन्। बिसं २००७ सालमा 'बुझिसके' कवितापछि, 'प्रसूता' (२०११), 'सिहिनी: लालसाको अग्निकुण्ड' (२०१२) प्रकाशित भएको पाइन्छ। [१]
class="wikitable "
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनलाई नदी किनाराका माझी नामक ग्रन्थका लागि मदन पुरस्कार २०३८ प्रदान गरिएको हो। वि.सं. २०३०मा मोहन कोइरालाका कविता का लागि र वि.सं. २०४०मा ऋतु निमन्त्रण का लागि साझा पुरस्कार प्रदान गरियो। उनले रत्नश्री स्वर्ण पदक पनि पाएका थिए।
निधन
[सम्पादन गर्नुहोस्]मोहन कोइरालाको मृत्यु बिसं २०६३ फागुन १० गते काठमाडौँमा भयो।[१]