तराई बाँदरचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तराई बाँदरचरी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. flavirostris
वैज्ञानिक नाम
Paradoxornis flavirostris
Gould, १८३६

तराई बाँदरचरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्ल्याक-ब्रेस्टेड प्यारोटबिल (Black-breasted Parrotbill) भनिन्छ ।

शारीरिक विबरण[सम्पादन गर्नुहोस्]

तराई बाँदरचरी कैलोखेरो टाउको र माथल्लो भाग पितहरित खैरो भएको हुन्छ । यसको छातीमा कालो टाटो साथै तल्लो भाग कैलोमैलो हुन्छ ।

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

तराई बाँदरचरी नेपालको पूर्वी तथा तराई भूभाग, भारतको अरुणान्चल प्रदेश तथा आसाम तथा बङ्गलादेशको कतै कतै पाइएको अभिलेख छ । नेपालको तराईमा १९ औँ शताब्दीमा मात्र अभिलेखन गरिएको थियो । यो चरा १५० मी. को उँचाई सम्म पाइएकको थियो।

वासस्थान[सम्पादन गर्नुहोस्]

तराई बाँदरचरी नर्कटका घना झाडीहरु, उच्च घाँस र निगालाको झाडी बस्ने गर्छन । यो चरा प्रजननको समयमा बाहेक सानोसानो झुण्डमा बस्ने गर्छन । यो चराको प्रजनन् अवधि अप्रिलदेखि जुलाईसम्मको रहेको छ ।

खतराहरु तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपालक सन्दर्भमा यस प्रजातिको लोप भइसकेको अनुमान गरिएको छ । वासस्थानको विनासले गर्दा नै यो चराको प्रजाति खतरामा परेको हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]