तराई बाँदरचरी
तराई बाँदरचरी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | P. flavirostris
|
वैज्ञानिक नाम | |
Paradoxornis flavirostris Gould, १८३६ |
तराई बाँदरचरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्ल्याक-ब्रेस्टेड प्यारोटबिल (Black-breasted Parrotbill) भनिन्छ ।
शारीरिक विबरण
[सम्पादन गर्नुहोस्]तराई बाँदरचरी कैलोखेरो टाउको र माथल्लो भाग पितहरित खैरो भएको हुन्छ । यसको छातीमा कालो टाटो साथै तल्लो भाग कैलोमैलो हुन्छ ।
भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]तराई बाँदरचरी नेपालको पूर्वी तथा तराई भूभाग, भारतको अरुणान्चल प्रदेश तथा आसाम तथा बङ्गलादेशको कतै कतै पाइएको अभिलेख छ । नेपालको तराईमा १९ औँ शताब्दीमा मात्र अभिलेखन गरिएको थियो । यो चरा १५० मी. को उँचाई सम्म पाइएकको थियो।
वासस्थान
[सम्पादन गर्नुहोस्]तराई बाँदरचरी नर्कटका घना झाडीहरु, उच्च घाँस र निगालाको झाडी बस्ने गर्छन । यो चरा प्रजननको समयमा बाहेक सानोसानो झुण्डमा बस्ने गर्छन । यो चराको प्रजनन् अवधि अप्रिलदेखि जुलाईसम्मको रहेको छ ।
खतराहरु तथा संरक्षण अवस्था
[सम्पादन गर्नुहोस्]विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपालक सन्दर्भमा यस प्रजातिको लोप भइसकेको अनुमान गरिएको छ । वासस्थानको विनासले गर्दा नै यो चराको प्रजाति खतरामा परेको हो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बर्डलाईफ इन्टरनेसनल (२०१२), "Paradoxornis flavirostris", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।