घाँसे लाटोकोसेरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घाँसे लाटोकोसेरो
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[२]
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: लाटोकोसेरो
वंश: टाइटो
(Jerdon, 1839)
प्रजाति:
T. longimembris
वैज्ञानिक नाम
Tyto longimembris
(Jerdon, 1839)

घाँसे लाटोकोसेरो (वैज्ञानिक नाम: Tyto longimembris) टायटोनिडे परिवारमा पर्ने लाटोकोसेरोको एक प्रजाति हो। यिनीहरूले मुख्यतया साना मुसाहरूलाई आफ्नो आहारा बनाउँछन्।

विबरण[सम्पादन गर्नुहोस्]

घाँसे लाटोकोसेरो पनि गोठे लाटोकोसेरो जस्तै मध्यम आकारको लाटोकोसेरो हो। यसको पोथीहरू भालेहरू भन्दा ठुला हुन्छन्। वयस्क भालेहरूको लम्बाइ ३२ देखि ३८ सेमी (१३ देखि १५ इन्च) हुन्छ भने पोथीहरूको लम्बाइ ३५ देखि ४२ सेमी (१४ देखि १७ इन्च) हुन्छ। यसको पखेटाको फैलावट १०० देखि ११६ सेमी (३९ देखि ४६ इन्च) सम्म हुन्छ। पोथी घाँसे लाटोकोसेरोको तौल ४६० ग्रा (१६ औंस) हुन्छ भने भालेको तौल ४०० ग्रा (१४ औंस) हुन्छ।[३][४][५]यिनीहरूको शरीरको माथिल्लो भागहरू गाढा खैरो वा पहेलो खैरोमा फिक्का दागहरू भएका हुन्छन्। यिनीहरूको फिक्का सेतो वा घ्यु रङ्गको चुच्चो र अनुहार, भुत्लादार खुट्टाहरू र गाढा खैरो आँखाहरू हुन्छन्।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

घाँसे लाटोकोसेरोहरू नेपाल लगायत पूर्वी, दक्षिणी र दक्षिणपूर्वी एसिया, न्यू गिनीका केही भागहरू, फिलिपिन्स, अष्ट्रेलियामा मुख्यतया क्वीन्सल्याण्डमा र पश्चिमी प्रशान्त क्षेत्रमा । यो लाटोकोसेरोलाई अग्लो घाँसे मैदान र दलदल भएको स्थानमा बस्न मन पराउँछन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Tyto longimembris", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८८५२२A९३१९९५७४, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22688522A93199574.en, अन्तिम पहुँच १८ नोभेम्बर २०२१ 
  2. "Appendices | CITES", cites.org, अन्तिम पहुँच २०२२-०१-१४ 
  3. Eastern Grass Owl - Tyto longimembris. OWl Pages
  4. Ali, Sálim (१९९६), The Book of Indian Birds (12th संस्करण), Bombay: Bombay Natural History Society, आइएसबिएन 978-0-19-563731-1 
  5. Duncan, James R. (२००३), Owls of the World: Their Lives, Behavior and Survival, Firefly Books, पृ: 203–, आइएसबिएन 978-1-55297-845-0 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]