गुलाफीटाउके हाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुलाफीटाउके हाँस
ला स्पेकोला संग्राहलयमा संरक्षण गरी राखिएको गुलाफीटाउके हाँस
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
वंश:
Rhodonessa

प्रजाति:
R. caryophyllacea
वैज्ञानिक नाम
Rhodonessa caryophyllacea
(Latham, 1790)[२]
पर्याय

Anas caryophyllacea
Fuligula caryophyllacea
Netta caryophyllacea
Callichen caryophyllaceum

गुलाफीटाउके हाँस नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा पिंक हेडेड डक (Pink-headed Duck) भनिन्छ ।

शारीरिक विबरण[सम्पादन गर्नुहोस्]

गुलाफीटाउके हाँस भालेको गुलाफी टाउको र ठोँड तथा गाढा खैरो शरीर हुन्छ । पोथीको फुस्रो फुस्रो गुलाफी टाउको र फिक्का खैरो शरीर हुन्छ । यसको शरीरको लम्बाई लगभग ४१ देखि ४३ सेन्टिमिटर हुन्छ ।

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

गुलाफीटाउके हाँस नेपाल लगायत भारत, बङ्गलादेश र म्यानमारमा पाइने गर्दथियो । तर हाल यो चरा प्राय सबै स्थानहरूबाट लोप हुँदै गएको छ ।

प्रमुख वासस्थान[सम्पादन गर्नुहोस्]

गुलाफीटाउके हाँस नबग्ने पानीका श्रोत जस्तै पोखरी, ताल र नजिकैका नदीहरूमा तथा सिमसार क्षेत्रहरूमा बस्न मनपराउने गर्छ ।

खतराहरू तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसावले अति सङ्टापन्न अवस्थामा रहेको छ । नेपालको सन्दर्भमा यस प्रजातिक लोप भइरहेको अनुमान गरिएको छ ।वासस्थानको विनास , मिचाहा प्रजातिको प्रकोप र सिमसार क्षेत्रहरु कृषि क्षेत्रमा परिणत हुनाले यसको प्रजाति लोप हुँदै गएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. International (२००९), "Rhodonessa caryophyllacea", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच ३० अप्रिल २०१० 
  2. Latham, John (1790): Index ornithologicus, sive Systema Ornithologiae; complectens avium divisionem in classes, ordines, genera, species, ipsarumque varietates: adjectis synonymis, locis, descriptionibus, &c.. London: Leigh & Sotheby.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]