गुलाफीटाउके हाँस
| गुलाफीटाउके हाँस | |
|---|---|
| ला स्पेकोला संग्राहलयमा संरक्षण गरी राखिएको गुलाफीटाउके हाँस | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत
|
| सङ्घ: | |
| वर्ग: | |
| गण: | |
| वंश: | Rhodonessa L. Reichenbach, 1853
|
| प्रजाति: | R. caryophyllacea
|
| वैज्ञानिक नाम | |
| Rhodonessa caryophyllacea (Latham, 1790)[२] | |
| पर्याय | |
|
Anas caryophyllacea | |
गुलाफीटाउके हाँस नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा पिंक हेडेड डक (Pink-headed Duck) भनिन्छ ।
शारीरिक विबरण
[सम्पादन गर्नुहोस्]गुलाफीटाउके हाँस भालेको गुलाफी टाउको र ठोँड तथा गाढा खैरो शरीर हुन्छ । पोथीको फुस्रो फुस्रो गुलाफी टाउको र फिक्का खैरो शरीर हुन्छ । यसको शरीरको लम्बाई लगभग ४१ देखि ४३ सेन्टिमिटर हुन्छ ।
भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]गुलाफीटाउके हाँस नेपाल लगायत भारत, बङ्गलादेश र म्यानमारमा पाइने गर्दथियो । तर हाल यो चरा प्राय सबै स्थानहरूबाट लोप हुँदै गएको छ ।
प्रमुख वासस्थान
[सम्पादन गर्नुहोस्]गुलाफीटाउके हाँस नबग्ने पानीका श्रोत जस्तै पोखरी, ताल र नजिकैका नदीहरूमा तथा सिमसार क्षेत्रहरूमा बस्न मनपराउने गर्छ ।
खतराहरू तथा संरक्षण अवस्था
[सम्पादन गर्नुहोस्]विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसावले अति सङ्टापन्न अवस्थामा रहेको छ । नेपालको सन्दर्भमा यस प्रजातिक लोप भइरहेको अनुमान गरिएको छ ।वासस्थानको विनास , मिचाहा प्रजातिको प्रकोप र सिमसार क्षेत्रहरु कृषि क्षेत्रमा परिणत हुनाले यसको प्रजाति लोप हुँदै गएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ International (२००९), "Rhodonessa caryophyllacea", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच ३० अप्रिल २०१०।
- ↑ Latham, John (1790): Index ornithologicus, sive Systema Ornithologiae; complectens avium divisionem in classes, ordines, genera, species, ipsarumque varietates: adjectis synonymis, locis, descriptionibus, &c.. London: Leigh & Sotheby.