कलरव
गठन | धरान, नेपाल, २०६७ |
---|---|
प्रधान कार्यालय | धरान |
कलरब (Kalarab) को शाब्दिक अर्थ नेपाली वृहत शब्दकोशको अनुसार परेवाहरूको सामुहिक आवाज भन्ने हुन्छ । यस शब्दको अर्थझैं केही उत्साही युवाहरूको कला र साहित्यप्रति गम्भीर रहने एउटा सामुहिक प्रतिवद्धता हो — कलरब । कला, साहित्य र संगीत भिन्न जस्तो लाग्ने, तर, एकै उदेश्यप्राप्ति हेतु र एउटै गन्तव्यतर्फ उन्मुख विधा हो । हो, यसलाई अभिव्यक्त गर्ने तरिका फरक देखिन्छ । चित्रकारले कुची, रंग र क्यानभास, साहित्यकारले कलम र कापी त त्यस्तै गरेर संगीतसंग सम्बद्धहरूले स्वर र वाद्यवादनहरूको प्रयोग गरेर एउटै अभिष्टलाई प्राप्त गर्ने उदेश्य लिएका हुन्छन् । त्यो उदेश्य हो— सम्पूर्ण मानवजातिको उत्थान । मानवजातिको उत्थानका कुरा कुनै जाति, धर्म, सम्प्रदाय अथवा देशसंग मात्र सम्बन्धित छैन । यो कुनै संस्कृति, भाषा, रहनसहन र भेषभुषासम्म मात्रै पनि सीमित छैन । यो हर्ष, विस्मात, आनन्द, विषाद आदिहरूबाट निरपेक्ष रहन पनि सक्दैन । आज संसारमा विश्वसीमितता (Globalization)का कुराहरु अघि आइरहेका छन् । विभिन्न किसिमका प्रविधीहरूको विकाशले संसार नै अति साँघुरो भएर रहेको स्थिति छ एकातिर भने अर्कातिर कला, साहित्य र संगीतमा लागेकाहरु भिन्न ध्रुबमा रहेर काम गरिरहेको जस्तो लाग्ने स्थिति पनि छ— धरान र धरान वरिपरिका ठाउँहरूको सन्दर्भमा रहेर कुरा गर्दा । शुन्यताको यो अवस्थालाई चिर्नलाई केही उत्साहि युवाहरु कवि सुदीप पाख्रिन, कवि हेमन यात्री, कवि संजीव राई लगायतबाट निकालिएको आवाज हो — कलरब ।
स्थापना
[सम्पादन गर्नुहोस्]कुनै पनि शहर शहर भएर जीवित रहन धेरै कुराहरूको आवश्यकता पर्दछ । र, तीमध्ये पनि सबैभन्दा प्रमुख हो, कला र साहित्यका गतिविधीहरु । यस प्रकारका गतिविधीहरूले एउटा शहर जीवित नै रहेको खबर दिने गर्दछ ।
भारतीय प्रसिद्ध लेखक निर्मल वर्मालाई एकपटक “यदि संसार ध्वस्त भयो भने कुन चाहि शहर बाँकी रहे संसार अहिलेकै स्थितिमा चाँडै आइपुग्छ होला ?” भनेर प्रश्न गरिँदा उनले कुनै समय नलगाई “पेरिस” भन्ने उत्तर दिएका थिए । उनले त्यसो बिना अर्थ भनेका थिएनन् । उनले पेरिसको कला, साँस्कृतिक र साहित्यिक महत्त्वलाई बुझेका थिए । त्यस्तै हाम्रो छिमेकी राष्ट्र भारतको ठुला शहरहरु कलकत्ता र मुम्बई ठुलो शहर भएको कारण मात्र प्रसिद्ध भएको होइनन् । यी शहरहरु विश्वमै प्रसिद्ध छन् – त्यहाँ हुने कला र साहित्यसम्बन्धी गतिविधीहरूले त्यहाँका साहित्यकार र कलाकारहरूले ।
अतः भाषा, साहित्य र कलाको संरक्षण संवर्दन एवम प्रवर्दन गर्न उत्साहित धराने युवाहरूको जमातले स्थापना गरेको साहित्यक संस्था कलरवको जन्म वि.सं. २०६७ सालमा र विधिवत रूपमा वि.सं. २०७० मा भएको हो ।
विगत चार वर्षदेखि कला, साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल कलरवमा आवद्ध कविहरूको टिमले कविता विधालाई बिषेश महत्त्व दिएर कलरव प्रकाशन गृह सञ्चालन गरेको छ । यो प्रकाशन गृहले साहित्यको सबै विधालाई समेटेपनि बिषेश गरी ओझेलमा परेको कविता विधालाई महत्त्व दिएर पुस्तकहरु प्रकाशन गर्ने जनाएको छ । कलरवमा आवद्ध युवा कविहरु हेमन यात्री, सुदीप पाख्रिन, सञ्जिव राई, राजेश बिद्रोही र चेवन राई मिलेर गृह सञ्चालनमा ल्याएका हुन् ।[१]
उद्देश्य
[सम्पादन गर्नुहोस्]१. नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा दर्शनको संरक्षण साथै विकाशमा टेवा पुर्याउने
२. धरानमा रहेका नेपाली भाषा, साहित्य तथा कलाको अवस्थाको प्रचार प्रसार अन्तर्राष्ट्रिय स्तरमा गर्ने
३. भाषा, साहित्य तथा कला मार्फत धरान तथा वरपरका स्थानहरूको पर्यटन प्रवद्र्धन गर्ने
कलरवले गरेका केही प्रमुख कामहरु
[सम्पादन गर्नुहोस्]- २०६७ चैत मसान्तमा डाँडाबजार, धनकुटा जिल्लामा “विम्ब र रंगहरूको यात्रा” नाममा उक्त स्थानलाई पर्यटन प्रवर्धन गर्ने हिसाबले साहित्य तथा कला सम्बन्धी विविध कार्यक्रमहरू गरेको
- २०६८ को असोजमा कवि राजेश विद्रोहीद्वारा लिखित ‘जिन्दगीः इन्द्रधनुषी सपनाहरु’ नामक कविता मञ्चन र उक्त कवितामाथि पूर्वका विभिन्न कलाकारहरुद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी
- २०६८ को जेठ महिनामा भुटानी स्रष्टाहरूमाथि केन्द्रित विशेष कार्यक्रम
- २०६९ को साउन महिनामा सङ्गीतको धूनमा पूर्वका विभिन्न चर्चित कलाकारहरुद्वारा पेन्टिङ
- २०६८ को फागुनमा कवि चन्द्र घिमिरेको एकल कविता वाचन
- २०६७ को फागुनमा चर्चित चित्रकार प्रनोद दत्तको एकल चित्रकला प्रदर्शनी
- २०७० जेठ २६ गते पूर्वका ६ जना कथाकारहरुद्वारा प्रत्यक्ष कथा वाचन कार्यक्रम तथा उक्त कथाहरूमाथि बनाइएका चित्रहरूको प्रदर्शनी
- २०७० असोज १२ गते अन्तर्देशीय काव्य सम्मेलन काव्य साँघु[२]
- २०७० फाल्गुण १० गते, 'गरिमा सम्मान' पुरस्कार प्राप्त कविता "महाभारतकी मैच्यांग" का- कवि फूलमान बलको "एकल कविता वाचन" कलरव धरान र फ्यान क्लब अफ रमेश क्षितिजको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन [३]
- २०७१ जेठ ३१ गते कवि राजा पुनियानीको कविता-कृतिमाथि चर्चा [४]
- २०७१ आषाढ ७ गते निबन्धकार कुमारी लामाको कृति "उज्यालो अन्धकार" विमर्श कार्यक्रम [५]
- २०७१ भाद्र २१ र २२ गते सुनसरीको इटहरीमा 'राष्ट्रिय कविता उत्सव- २०७१' सम्पन्न गरियो । जस अन्तर्गत पहिलो दिन कविता प्रतियोगिता, प्रतिनिधि कविता गोष्ठी र प्रतियोगी १५ कवितामा पूर्वका १५ चित्रकारहरूले चित्र बनाएका थिए । दोश्रो र अन्तिम दिन 'इन्द्रेणी साहित्य' नामको कार्यपत्र प्रस्तुत, साहित्यमा सांस्कृतिक विम्बहरूको प्रयोग र नेपाली कविताको आगत भन्ने विषय माथि विमर्श गरिएको थियो ।[६]
- २०७१ माघ ७ गते सैनिक भवन, धरानमा गायक तथा सङ्गीतकार राइमन राईको "कविता Unplugged" शीर्षकमा "एकल गायन" तथा उक्त गायनमा चित्रकार महेन्द्र राईद्धारा Live Painting कार्यक्रम सम्पन्न [७]
- २०७१ फाल्गुण २ (February 14, 2015) गते कवि विमल गुरुङ स्मृति पुस्तकालयमा, बुद्ध चौक, धरानमा प्रेम कविताहरु ‘आफ्नै छाया पछ्याएर’ को विमोचन[८]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ कलरवले प्रकाशन गृह सञ्चालन गर्ने, MeroDharan, December 22, 2014 वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १५, २०१६ मिति
- ↑ अन्तर्देशिय काव्य साँघु हुने वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- ↑ एकल वाचनमा फूलमान[स्थायी मृत कडी]
- ↑ ‘अर्को लस्कर’ लिएर आए राजा पुनियानी वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०९ मिति
- ↑ कुमारी लामाको‘उज्यालो अन्धकार’बारे धरानमा विमर्श वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०९ मिति
- ↑ इटहरीमा राष्ट्रिय कविता महोत्सव, MeroDharan वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१३ मिति
- ↑ जनकऋषि राई, नयाँ प्रयोगमा कलरव, ClicKDharan वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०५ मिति
- ↑ प्रेम कविताहरु ‘आफ्नै छाया पछ्याएर’ को विमोचन, MeroDharan वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०२ मिति