हेमन यात्री
हेमन यात्री | |
|---|---|
कवि | |
| जन्म | वि.सं २०३८।५।९ रमितेखोला, मोरङ |
| राष्ट्रियता | |
| शिक्षा | एम.ए. |
| पेशा | लेखन, |
| चिनारीको कारण | कविता, गीत |
उल्लेखनीय कार्य | आंशुको मुल्य, पहाड मसितै यात्रा गर्छ |
| गृहनगर | टांडी, मोरङ |
हेमन यात्री (अङ्ग्रेजी: Heman Yatri), जन्म वि.सं. २०३८।५।९ (तदनुसार १९८१ अगष्ट २५) नेपाली कवि, गीतकार हुन् ।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]पिता बोम प्रसाद राई तथा माता सुकुमाया चाम्लिंगका कोखबाट वि.सं २०३८।५।९ मा मोरङको टांडीमा जन्म लिएका हुन् । केटाकेटी छंदा गाउंमा प्रकाश कोविदको उपन्यासहरु खुबै पढ्ने कवि यात्री मनपर्ने विधा भनेको कविता नै हो । आफ्नो लेखन यात्रा निरन्तर रहने बताउने कवि हेमन जिन्दगीलाई यात्राको संज्ञा दिने दिएकाले आफ्नो नामको पछाडि यात्री उपनाम राखेका छन् । [२]
शिक्षा एवम कार्य जीवन
[सम्पादन गर्नुहोस्]मोरङको रमिते खोलाका श्री टाडी माध्यमिक विद्यालय उतरेबाट वि.सं. २०५७ मा एस.एल.सी. उत्तीर्ण गरी उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट एम.ए. पूरा गरेका छन् । उनी विविध समयमा विभिन्न रेडियो कार्यक्रमहरूमा साहित्यिक कार्यक्रमका संचालक समेत रहेका छन् । विभिन्न साहित्यक सङ्घ संस्थासंग आवद्ध यात्री विशेषत धरानका साहित्यिक संस्था कलरवका संस्थापक सदस्य समेत रहेका छन् र सो संस्था अन्तर्गत सक्रिय रूपमा स्थानिय तथा राष्ट्रिय कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।
लेखनशैली
[सम्पादन गर्नुहोस्]
आमाको गीत : २
हिउँदे बतासको लैवरीमा
थपडि बजाइरहेछन् चिउरीका पातहरु
भर्लेनि पाखामा कोरस आलापिरहेछन् ।
नजिकै बगिरहेको छ चिपचिपे खोला
आमा रुखबाट ओर्लेर कुवा बनाउँछिन्
र कुवाको ऐनामा
युद्धमा बेपत्ता छोराको अनुहार देख्छिन् ।
यतिन्जेल आफ्नै अनुहार राम्ररी नदेखेको आमाले
आफैलाई छोराजस्तो देखेर
निकैबेर के के सोचिरहिन् ... र?
कुवामा देखिएको अनुहार आफ्नै आँसुले लतपतिएपछि
आमा झस्किदै पटुकीको फेरो समातेर
छोराको सम्झना पोखिएको आँखाका डील पुछिछन्
र खोलाको चेप्टेढुंगामा बसेर
छोराले लेख्न सिकाएको आफ्नै नाम
लेख्तै-मेट्तै गर्छिन् ।
सम्झना बिस्तारै भाग्दै-भाग्दै जान्छ
आमा पारिपटिृ पश्चिम फर्किएको
कटुसको झ्याङमा घडी हेर्छिन्
पात-पातमा पँहेलो घाम झुन्डिएको देखेर
डँडाल्नोभरि हरियो गीतको भारी बोकेर घर फिर्छिन् ।
साँझपख घरमुन्तिरको बूढो खरबारीमा
हँसिया बोकेर हिँडेकी आमा
खै ! किन हो,
खरबारीमा बसेर गुनगुनाउन थालिन्-
"सरमा-सर सिक्रेटै खानू कैंचिमार बकासको
कैंचिमार बकास खोलेर हेर्दा छ माया क-कसको
यसरी उमेरको पचपन्न वर्षपछि
पहिलोपटक आमाले रुँदै-रुँदै गाएको सुनेर
खरबारी आफै रोइरहेको छ ।
समय, परिवेश, जीवन, जीवनभोगाइ, देश, राष्ट्रियता विसंगति, यौन, अस्तित्व, विकृति, पराधीनता, विडम्बना, इत्यादि वरिपरि नै छन् यिनका कविता । ।[३] सुरुचिपूर्ण विम्ब-विधानयुक्त यात्रीका कविताले नेपालको सम्पन्न प्राकृतिक सौन्दर्य र मानिसबीच समन्वयलाई मौलिक रूपमा प्रस्तुत गरेको पाईन्छ । [४]
मौलिक सांस्कृतिक कथा, मिथक र प्राकप्रसंग पाईन्छन् यिनका कवितामा । आफ्नै संवेदना लेखिनुले, आफ्नै सांस्कृतिक कथा र मिथक लेखिनुले र आफ्नै समय लेखिनुले यिनका कविताले आफ्नै समाज, परिवेश, समय र संस्कृतिबाट दृष्य पाएका छन्, गहिराइ र कला पाएका छन्, आवाज र लय पाएका छन् । [५]
लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू
[सम्पादन गर्नुहोस्]कविता सङ्ग्रह : पहाड मसितै यात्रा गर्छ [६][७]
गजल-गीतसङ्ग्रह : आंशुको मुल्य[१]
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- 1 2 नेपाली कविताको समकालीन अनुहार : १, गरिमा, फागुण २०६९, p.112.
- ↑ नयां पत्रिका, २०६९ पौष १
- ↑ प्रसन्न घिमिरे, यात्रावृतान्त विशेष, गरिमा – ज्येष्ठ २०६९
- ↑ हरि अधिकारीे, कवितामा स्वागतयोग्य प्रवेश, नागरिक – शनिबार, ९ असार २०६९
- ↑ प्रसन्न घिमिरे, हेमनका गम्भीर कविताहरु, व्लाष्ट टाइम्स – आइतबार, १७ असार २०६९
- ↑ पहाड मसितै यात्रा गर्छ, रत्न पुस्तक भण्डार, काठमाडौँ ISBN 9789993309567.
- ↑ http://www.meroshopping.com/pahad-masitai-yatra-garchha-heman-yatri/ अभिलेखिकरण २०१५-०४-१३ वेब्याक मेसिन
- ↑ ढकाल र यात्री पुरस्कृत, कान्तिपुर, २०७१ वैशाख १४
- ↑ ढकाल र यात्री पुस्कृत, एभरेष्ट टाईम्स, Sunday, 27 April 2014[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आत्माको अभिब्याक्ति कबिता हो — कबि हेमन यात्री, इटहरी, २०७१ कार्तिक १९ गते अभिलेखिकरण २०१६-०३-०७ वेब्याक मेसिन
- हेमन यात्री : च्याटभ्यू - ३, राम अविकास अभिलेखिकरण २०१८-०९-३० वेब्याक मेसिन
- साहित्य ससार अभिलेखिकरण २०१५-०५-०३ वेब्याक मेसिन
- फेरि एक्लै, साताको साहित्य अभिलेखिकरण २०२५-०२-२१ वेब्याक मेसिन
- विवेचना हेमन यात्री, स्पन्दन डट कम अभिलेखिकरण २०१६-०४-०६ वेब्याक मेसिन
- हेमनको एकल, कान्तिपुर, मिति: २०७० असार १०
- आँखामा अर्जेन्टिना पाउँछु म धेरै धेरै, रातोपाटी, July 09, 2014
- शक्तिशाली उदय- आनन्द पी राई, हिमाल खबरपत्रिका
- बोली हमरी पूरबी : नेपाली कविताएँ, समालोचन अभिलेखिकरण २०१४-१२-३० वेब्याक मेसिन