विभूतिशाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विभूति शाही आठबिस राज्यका अन्तिम राजा रणउद्दीम शाहीका सगोत्री रुकुमे राजकुमार हुन् । यिनी चन्द्रवंश, अत्रिगोत्र, समाल कूल र शाही/शाह घरानाका हुन् । बि.स. १८४३ . मा गोरखालीले आठबिस राज्य कब्जा गर्दा राजा रणउद्दीम शाही काटिएका थिए । दशैको पूजापाठ चल्दैगर्दा रुकुमे राजपरिवारमा आपसी बिवाद बढ्दै गयो । राजा राज शाहीलाई श्रीदत्त शाही र राजकुमार विभूति शाही लगायतको टिमले तरवार प्रहार गरी हत्या गरे । श्रीदत्त शाहीले आफू राजा भएको घोसना गरे । राजा राज शाहीको पक्षलाई यो कार्य पटक्कै मन परेको थिएन । सोही पक्षले गोर्खाली फौजलाई खबर गरे । रुकुममा गोर्खाली फौजको प्रबेश भएपछि राजा श्रीदत्त शाही र राजकुमार विभूति शाही लगायतको समूह भागेर मुसिकोट भन्डारीकाडा पुगे । लुक्दै बसेको बेला राजकुमार विभूति शाहीले जुम्लाका शोभान शाहीसँग गुप्तिरूपमा भेट गरेका थिए । बि.स.१८४६ मा डोटी, अछाम, जुम्ला, बॉफीआठबिसमा एकैपटक आआफूले विद्रोह गरी गुमेका राज्य स्वतन्त्र बनाउने मत अनुसार राजकुमार विभूति शाही विश्वासपात्र गोले बटाला (बिष्ट/काजी), रीठे चनारा, ग्वामे ढोली सहित खदीको बाटो हुदै आठबिसकोट प्रवेश गरेका थिए । आठबिस राज्य स्वतन्त्र भएको घोषणा गरी बसेको केही समयमै गोरखाली सेना त्यहाँ प्रवेश गरयों । दांजे गाउँबाट गोर्खाली सेना अगाडि बढेको सुइको पाएपछि ठुलाकोट दरवारबाट आठबिसे झराल सेना पनि बाटो छेक्न तयारी भयो । हालको मारिकाट्टे(दमाइ गाउँ) मा घम्साघम्सी लड़ाई चल्यो । आठबिसे सेनाका सेना नायक जैधन बिष्ट, धाकरे बिष्ट, माजे सुराकी लगायत धेरैको ज्यान गयो । रगतको खोला नै बग्यो । विभूति शाही जोगीको भेष धारण गरी बेपत्ता भए । आठबिसेको धन, सम्पतिमा लूट चल्यो । करिब १२ वर्षसम्म जोगीको भेषमा लुक्दै भाग्दै हिडेका विभूति शाही नेपाल सरकारबाट सम्पति र सत्ता बाहेक ज्यान माफी पाएपछि पुनः आठबिसकोटमा जोगीकै रूपमा आई बिजारे देउतिमा पुगेर शीर(कपाल) मुण्डन गरी गृहस्थ जीवनमा प्रबेश गरे । यिनका सन्तान आठबिसे शाह खलक हुन । हाल यिनीहरु धेरै संख्यामा फैलिएर रहेका छन् । बंशावलीमा उल्लेख भए अनुसार यिनी अघि र यिनी पछिको पुस्ताक्रम यस प्रकार छः

  1. राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा बि.स.१६००)
  2. राजा जगमल्ल बम
  3. राजा श्रीमल्ल बम
  4. राजा सयरूप बम शाही
  5. राजा महान शाही
  6. राजा मदन शाही
  7. राजा नरसिंह शाही
  8. राजा पिर्थी शाही
  9. राजा रूपा शाही
  10. राजा जगती शाही
  11. राजा हिरण शाही
  12. राजा रणउद्दीम शाही (यिनका पालामा नेपाल एकीकरण भयो)
  13. राजकुमार विभूति शाही
  14. अम्मर शाही
  15. जसु शाही
  16. सेतु शाही
  17. दुन्दु शाही शाह
  18. शेरबहादुर शाह
  19. दिपेन्द्रबहादुर शाह
  20. बीरेन्द्रकुमार शाह
  21. मणि राज शाह(प्रभातबिक्रम शाह)
  22. अभि बिक्रम शाह

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

१. शाह, मणि : आठबिसे समाल बंशावली

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]