खप्तड गोल्डकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खप्तड गोल्डकप
खप्तड गोल्डकपको आधिकारिक लोगो
स्थापना२०७३
क्षेत्रनेपाल धनगढी
समूह सङ्ख्या१२ टिम (२०७४)
वर्तमान विजेतामनाङ- मर्स्याङ्दी क्लब
(२ औं उपाधि)
सबैभन्दा सफल क्लबमनाङ- मर्स्याङ्दी क्लब
(२ औं उपाधि)
खप्तड गोल्डकप २०७८

खप्तड गोल्डकप (अन्यनाम:-आइस सुदूरपश्चिम खप्तड गोल्डकप) नेपालको धनगढी जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो। यस प्रतियोगिताको सुरूवात वि.स. २०७३ सालदेखि भएको थियो। सुदूरपश्चिमाञ्चल-११ फुटबल क्लबले सञ्चालन गर्ने यो प्रतियोगिता धनगढी रङ्गशालामा आयोजना हुने गर्दछ। पछिल्लो पटक २०७३ सालको संस्करणमा विभागीय टिम नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई फाइनलमा १-० गोल अन्तरले पराजित गर्दै पहिलोपटक खप्तड गोल्डकपको उपाधि जितेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

यस फुटबल प्रतियोगिताको सुरूवाट वि.स. २०७३ सालबाट भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणम‌ै यो प्रतियोगिता नेपाली घरेलु फुटबल प्रतियोगिताहरूकै सर्वाधिक महङ्गो प्रतियोगिता भएको थियो। जुन सर्वाधिक महङ्गो प्रतियोगिता नेपाल आर्मी क्लबले जितेको थियो। विजेताले त्यतिबेला कुल रकम रू.११,११,११११ प्राप्त गरेको थियो। तर यो प्रतियोगिताको सर्वाधिक धनराशिको किर्तिमानभने लगत्तै भएको इटहरी गोल्डकपले टोडेको थियो। यस्तै २०७५ सालको संस्करणमा पनि खप्तड गोल्डकप नेपाली मोफसल घरेलु फुटबल प्रतियोगिताको सर्वाधिक ठूलो वा धेरै धनराशिको प्रतियोगिता भएको थियो।

यो खप्तड गोल्डकपको पहिलो संस्करण मनाङ- मर्स्याङ्दी क्लबले संकटा क्लबलाई फाइनलमा १-० ले जितेको थियो। यस्तै दोस्रो संस्करण को प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले टाइब्रेकरमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ५-४ गोल अन्तरले जितेको थियो। यस्तै तेस्रो संस्करणमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १-० गोलअन्तरले पराजित गरेको थियो।

विजेताहरू[सम्पादन गर्नुहोस्]

संस्करण वर्ष (वि.स.) विजेता उप-विजेता गोल अन्तर
प्रथम २०७३ मनाङ- मर्स्याङ्दी क्लब सङ्कटा क्लब १-०
दोस्रो २०७४ नेपाल आर्मी क्लब सशस्त्र प्रहरी बल क्लब ०-०
(५-४)
तेस्रो २०७५ नेपाल पुलिस क्लब थ्री स्टार क्लब १-०
चौथो २०७६ सुदुरपश्चिम-११ थ्री स्टार क्लब १-०
पाँचौ २०७८ मनाङ- मर्स्याङ्दी क्लब फ्रेन्डस् क्लब ३-१

उत्कृष्ट क्लब प्रदर्शनी[सम्पादन गर्नुहोस्]

क्रं.स. टिम विजेता उपविजेता विजेता वर्ष
१. मनाङ मर्स्याङ्दी क्लब २०७३
२. नेपाल आर्मी क्लब २०७४
३. नेपाल पुलिस क्लब २०७५
४. सुदुरपश्चिम-११ २०७६
५. थ्री स्टार क्लब _
६. सशस्त्र प्रहरी बल क्लब _
७. सङ्कटा क्लब _
८. फ्रेन्डस् क्लब

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

२०७४ सालको प्रतियोगिता अनुसार नगद पुरस्कार वितरणहरू

  • प्रथम :(रू.११,११,१११)
  • द्वितीय :(रू.५,५५,५५५)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]