झर्रा क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथवरसिंह थापा, झर्रा क्षेत्री

झर्रा क्षेत्री वा कुलीन क्षेत्री नेपालको क्षेत्रीहरूमध्ये शुद्ध कुलमा जन्मिएका क्षेत्रीहरू हुन् । झर्राको अर्थ शुद्ध हो । झर्रा क्षेत्रीभित्र क्षत्रिय उत्पत्ति भएका क्षेत्रीहरूलाई लिइन्छ । जसरी बाहुनजातिभित्र उपाध्याय बाहुन कुलीन मानिन्छ, त्यस्तै रूपमा क्षेत्री भित्र झर्रा क्षेत्रीलाई लिइन्छ । केही परिचित झर्रा क्षेत्रीहरू मुख्तियार भीमसेन थापा, बडाकाजी अमरसिंह थापा, अभिमान सिंह बस्न्यात, शिवराम सिंह बस्न्यात, सरदार रामकृष्ण कुँवर, आदि हुन् ।

आजको समयमा झर्रा क्षेत्री भनि विभेद गरिदैन ।