झर्रा क्षेत्री
स्वरूप

झर्रा क्षेत्री वा कुलीन क्षेत्री नेपालको क्षेत्रीहरूमध्ये शुद्ध कुलमा शुद्व क्षत्राणीका गर्भबाट जन्मेका क्षत्रिहरू हुन् । झर्राको अर्थ शुद्ध हो । झर्रा क्षेत्रीभित्र क्षत्रिय उत्पत्ति भएका क्षेत्रीहरूलाई लिइन्छ । आफ्नाे रक्त शुद्धता कायम राख्नलाई झर्रा क्षत्रि कुलमा नै बिवाहाबारी चलाउने परम्परा छ ॥ केही परिचित झर्रा क्षेत्रीहरू मुख्तियार भीमसेन थापा, बडाकाजी अमरसिंह थापा, अभिमान सिंह बस्न्यात, काजी नरसिंह बोहरा, शिवराम सिंह बस्न्यात, सरदार रामकृष्ण कुँवर, काजी रणराज सिंह बोहरा, अभिमान रोकाया आदि हुन् ॥