इन्दिरा दाँगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्दिरा डाँगी
इन्दिरा डाँगी
जन्मइन्दिरा डाँगी
(1980-02-13) १३ फेब्रुअरी १९८० (उमेर ४४)
दतिया, मध्यप्रदेश, भारत
वासस्थानभोपाल, मध्यप्रदेश, भारत
राष्ट्रियताभारतीय
नागरिकताभारतीय
शिक्षाएम.ए.
पेशालेखन
चिनारीको कारणउपन्यास, कथा
उल्लेखनीय कार्य
हवेली सनातनपुर, एक सौ पचास प्रेमिकाएँ, आचार्य, शुक्रिया इमरान साहब
गृहनगरभोपाल
पुरस्कारसाहित्य अकादमी युवा पुरस्कार, भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कार

इन्दिरा डाँगी (अङ्ग्रेजी: Indira Dangi, जन्म १३ फरवरी १९८०) हिन्दी भाषाकी लेखिका हुन् ।[१] साहित्य अकादमी युवा पुरस्कार तथा भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कारलगायतका भारतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित दाँगीका कथाहरू नेपाली, अंग्रेजी, उर्दु, मलयालम, उडिया, तेलगु सन्थाली, कन्नड एवं मराठी भाषामा अनुदित भई विभिन्न ठाउँबाट प्रकाशित भएका छन् ।[२][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

इन्दिरा दाँगीले हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन् ।

कार्य जीवन[सम्पादन गर्नुहोस्]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालमा बसेर क्रियाशील रहेकी दाँगीका ‘हवेली सनातनपुर’ उपन्यास, ‘आचार्य’ नाटक तथा ‘एक सौ पचास प्रेमिकाएँ’ र ‘शुक्रिया इमरान साहब’ शीर्षकका दुई कथासङ्ग्रह प्रकाशित छन् ।[४]

कवि, गीतकार तथा अनुवादक सुमन पोखरेलद्वारा अनुवाद गरिएका दाँगीका केही प्रमुख कथाहरू नेपाली भाषामा अनुदित भई नेपाली पत्रपत्रिकाहरूमा छापिएका छन् ।[५][६][७][८]

लेखनशैली[सम्पादन गर्नुहोस्]

युवा कथाकार इन्दिरा दाँगीको भाषाशैली समृद्ध, संवेदनशील र समर्थवान मानिन्छन् । उनी कुनै पनि स्थितिमा वास्तविकताकासाथ सिर्जना गर्ने क्षमता राख्छिन् । उनका कतिपय कथाहरू अन्तिममा असम्भवजस्ता लाग्दा लाग्दै पनि सशक्त र विश्वसनीय बन्न पुग्छन् ।[९] उनका कथाहरू दैनिक दिनचर्याका जिन्दगी, सम्बन्धमा आउने जटिलताहरु र त्रासदीलाई चिर्दै अन्ततः सम्भावनातर्फ उन्मुख हुन्छन् ।[१०]

इन्दिरा दाँगीको भाषामा एक संयम वाचालपन छ र कथा विषयमा एक नयाँ रेंज । यी दुवै चीजले उनलाई अलग्गै पढिने कथाकारका रूपमा प्रतिष्ठित गर्दछ । भाषाको जादूले जब पाठकलाई तान्दछ तब पनि कथाकार सतर्क हुन्छन् कि कुन बिन्दुमा कस्तो कदम उठाउनुपर्दछ कि कथा अघि बढोस् र पात्रका नक्शा पनि अझ प्रष्ट होस् । संग्रहको पहिलो कथा 'लीप सेकेंड'को कथाकारको रूपमा उनलाई क्षमताको बानकीका रूपमा पढ्न सकिन्छ ।[११]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्नुहोस्]

उपन्यास[सम्पादन गर्नुहोस्]

  • हवेली सनातनपुर (भारतीय ज्ञानपीठ, 2014)[१२]
  • रपटीले राजपथ[३][९][१३]

कथा सङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • एक सौ पचास प्रेमिकाएँ (राजकमल प्रकाशन, 2013)[१४]
  • शुक्रिया इमरान साहब (सामयिक प्रकाशन, 2015)[२]

नाटक[सम्पादन गर्नुहोस्]

  • आचार्य

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • साहित्य अकादमी युवा पुरस्कार - २०१५[१२][१५][१६][१७]
  • कलमकार कहानी पुरस्कार - २०१४
  • भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कार - २०१३
  • रमाकान्त स्मृति कहानी पुरस्कार - २०१३[१८][१९]
  • वागीष्वरी पुरस्कार - २०१३
  • सावित्री बाई फुले राज्य सेवा पुरस्कार - २०११
  • रामजी महाजन राज्य सेवा पुरस्कार - २०१०

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Bharatiya Jnanpith", Jnanpith.net, अन्तिम पहुँच २०१६-१२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२१ मिति
  2. २.० २.१ "review of the book shukriya imraan sahah by indira dangi", Aajtak.intoday.in, अन्तिम पहुँच २०१८-५-१५ 
  3. ३.० ३.१ "Raptiley Rajpath (Hindi Edition) Kindle Edition", amazon.com, अन्तिम पहुँच २०१८-५-२३ 
  4. Lalit Kumar, इन्दिरा दाँगी "Hindi Literature :: गद्य कोश :: हिन्दी साहित्य", Gadya Kosh, अन्तिम पहुँच २०१८-५-१५ 
  5. "बोतलको पानी", sahityasangraha.com, अप्रिल २९, २०१८, अन्तिम पहुँच २०१८-५-२१ 
  6. दाँगी, इन्दिरा (०८ बैशाख २०७५), "दाहिने आँखो (मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)", annapurnapost.com, अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच २०१८-०५-२१ 
  7. दाँगी, इन्दिरा (२५ मङि्सर २०७३), "बोतलको पानी (मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)", annapurnapost.com, अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच २०१८-०५-२१ 
  8. दाँगी, इन्दिरा (१२ साउन २०७५), "उडिहिँड्ने खुसी (मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)", annapurnapost.com, अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच २०१८-०८-०८ 
  9. ९.० ९.१ "किताब-विताब : प्रसिद्धि के 'रपटीले राजपथ' पर भटकी कथा", khabar.ndtv.com, बुधवार जनवरी १०, २०१८, अन्तिम पहुँच २०१८-५-२१ 
  10. मजहर, तहसीन (०१ जुलाई २०१६), "शुक्रिया इमरान साहब: इंदिरा दांगी की सधी हुई किस्सागोई", aajtak.intoday.in, आजतक, अन्तिम पहुँच २०१८-५-२१ 
  11. "एक सौ पचास प्रेमिकाएँ (सजिल्द)", pustak.org, भारतीय साहित्य सङ्ग्रह, अन्तिम पहुँच २०१८-५-२३ 
  12. १२.० १२.१ "इंदिरा दांगी को साहित्य अकादमी युवा पुरस्कार", naidunia.jagran.com, नइदुनिया, Wed, २४ Jun २०१५, अन्तिम पहुँच २०१८-५-२३ 
  13. "The Light of Letters: Best of Hindi Literature in 2017", thewire.in, अन्तिम पहुँच २०१८-५-२३ 
  14. "जानी-मानी कथाकारा इंदिरा दांगी के कथा सङ्ग्रह 'मेरी एक सौ पचास प्रेमिकाएं' का विमोचन", Bhaskar.com, Feb १०, २०१३, अन्तिम पहुँच २०१८-५-२१ 
  15. "Yuva Puraskar ::", SAHITYA Akademi, अन्तिम पहुँच २०१८-५-१५ 
  16. "भोपाल की इंदिरा दांगी को मिला साहित्य अकादमी का युवा पुरस्कार", Bhaskar.com, १९ नोभेम्बर २०१५, अन्तिम पहुँच २०१८-५-१५ 
  17. "इंदिरा डांगी समेत 23 लेखक सम्मानित", navabharat.com, नवभारत, १९th नोभेम्बर, २०१५, अन्तिम पहुँच २०१८-५-२३ [dead link]
  18. "इंदिरा दांगी को मिला रमाकांत कहानी स्मृति पुरस्कार", dnaindia.com, Monday, ०८ डिसेम्बर २०१४, अन्तिम पहुँच २०१८-५-२३ 
  19. "इंदिरा दांगी को रमाकान्त स्मृति कहानी पुरस्कार", Sasikmedia.com, १३ फेब्रुअरी २०१६, अन्तिम पहुँच २०१८-५-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]