हसन नसरूल्लाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हसन नसरूल्लाह(अरबी: حسن نصر الله [ħasan nasˤrɑɫɫɑh]; born 31 August 1960) लेबनानको विद्रोही समूह हिजबुल्लाहका नेता हुन् ।

हसन नसरूल्लाह लेबनानको राजनैतिक तथा अर्धसैनिक समुह हिजबुल्लाहका तेश्रो र हालका नेता हुन । उनका पूर्ववर्ती अब्बास अल-मुसावी इजरायली डिफेन्स फोर्सको निसाना मा परेर फेब्रुअरी १९९२ मा मारिए पछि उनले सो समुहको नेतृत्व गर्दै आएका छन् ।.[१] उनको कार्यकालमा , हिजबुल्लाहलाई अमेरिका, युरोपेली सङ्घ र केहि राष्ट्रहरूले आतंककारी सङ्गठन घोषणा गरे । रसिया हिजबुल्लाहलाई बैधानिक राजनैतिक समुह मान्छ ।[२] चीन यो विषयमा तटस्थ छ तर हिजबुल्लाहसँग सम्पर्क कायम गरिरहेको छ ।[३]

नसरूल्लाह १९८२ को लेबनान युद्धपछी हिजबुल्लाह समुहमा जोडिए । १९८९ मा हसन नसरूल्लाह धार्मिक अध्धयनको लागि इरान गएका थिए । [४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हिजबुल्लाह", cfr.org, अन्तिम पहुँच १९ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ मार्च २०१६ मिति
  2. ' हमास आतंकी समुह होइन:रसिया'
  3. ओंर नसाब, 'लेबनानका लागि चिनियाँ राजदुत,' वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-३० मिति 4 May Al-Akhbar, 2012
  4. Tucker & Roberts 2008.
  5. "मुख्य खेलाडीको प्रोफाइल- हसन नसरूल्लाह", Beirut, IRIN, २००६, अन्तिम पहुँच ८ अक्टोबर २०१६ 
  6. Thiel, Tobias, हसन नसरूल्लाह, अन्तराष्ट्रिय इतिहास विभाग, पृ: ७।