शिन्जि कागवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिन्जि कागवा
香川 真司
व्यक्तिगत जानकारी
पुरा नाम शिन्जि कागवा[१]
जन्म मिति (1989-03-17) १७ मार्च १९८९ (उमेर ३५)
जन्म स्थान कोबे, जापान
उचाइ १.७५ मि[२]
खेल्ने स्थान(हरू) आक्रमक मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या २३
युवा करियर
१९९४–१९९९ मारिनो एफसी
१९९९–२००१ कोबे फुटबल क्लब
२००१–२००५ मियागी बार्सिलोना एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६–२०१० सेरिजो ओसाका १२५ (५५)
२०१०–२०१२ बोरूसिया डर्टमन्ड ४९ (२१)
२०१२–२०१४ म्यानचेस्टर युनाइटेड ३८ (६)
२०१४– बोरूसिया डर्टमन्ड ९७ (२०)
अन्तर्राष्ट्रिय करियर
२००६–२००८ जापान यू-१९ (०)
२००७ जापान यू-२० (०)
२००८ जापान यू-२३ (०)
२००८– जापान ९५ (३१)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३ मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २ जुलाई २०१८

शिन्जि कागवा (जापानी: 香川 真司 Kagawa Shinji [kaɡaɰa ɕindʑi] (जन्म १७ मार्च १९८९) एक जापानी व्यावसायिक फुटबल खेलाडी हुन् जो जर्मन क्लब बोरूसिया डर्टमन्डजापान राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिबाट खेल्दछ्न् । बोरूसिया डर्टमन्डमा सम्मिलित हुनुभन्दा पहिले २०१० मा आफ्नै देशको क्लब सेरिजो ओसाकासँग आबद्ध भएपछि उनको पेशेवर फुटबल करियर सुरु भएको थियो । दुई वर्षपछि, कागवाले चार वर्षकोलागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धनको लागि हस्ताक्षर गरे । दुई वर्षपछि, उनी फेरि बोरूसिया डर्टमन्डमा फर्केका थिए । उनी आफ्नो दृष्टि, खेल्ने शैली, बल अघि लैजाने तरिका र एक उत्कृष्ट गोल गर्ने शैलीको लागि जानिन्छ्न् । कागवाले युइएफए क्लबका प्रतियोगिताहरूमा जापानी खेलाडीद्वारा सर्बाधिक उपस्तिथि र धेरै गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् ।

मे २००८ मा आफ्नो वरिष्ठ अन्तर्राष्ट्रिय पहिलो खेल खेलेका कागवाले, ८० भन्दा बढी उपस्थिति जनाएका छन् । २९ नोभेम्बर २०१२ मा, कागवालाई एसियाली फुटबल महासङ्घद्वरा अन्तरराष्ट्रीय खेलाडीको पुरस्कर दिइएको थियो ।[३]

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

कागावाले पाँच वर्षको उमेरमा फुटबल खेल्न थालेका थिए । उनी १९९९ देखि १९९९[४] सम्म मारिनो फुटबल क्लबसँग आबद्ध भएका थिए । १९९९ देखि २००१ सम्म कोबे एनके फुटबल क्लब र २००१ देखि २००५ सम्म एफसी मियागी बार्सिलोनामा आवद्ध भएका थिए ।[५][६][७][८]

सेरिजो ओसाका[सम्पादन गर्नुहोस्]

शिन्जि कागवालाई, सेरिजो ओसाका नामक जापानी क्लबले उनको प्रतिभा देखेर १७ वर्षको उमेरमा हस्ताक्षर गरायो । अरु खेलाडीहरू भन्दा बाहेक, उनी उच्च विद्यालयको स्नातक आघिनै पेशेवर अनुबन्धनमा हस्ताक्षर गर्ने पहिला जापानका खेलाडी थिए । सन् २००७ मा, उनले यस क्लबमा राम्रो सुरुवात गरेता पनि क्लबले जे लिग डिभिजन १ मा पदोन्नति हुन सकेन । सन् २००९ मा उनी जे लिग डिभिजन २ का सर्बधिक गोलकर्ता भएर ब्यापक ध्यान आकर्षित गर्न सफल भएका थिए ।

बोरूसिया डर्टमन्ड[सम्पादन गर्नुहोस्]

२०१०-११ सिजन[सम्पादन गर्नुहोस्]

२०१० को गृष्ममा, कागवालाई €३५०,००० मिलियनमा सेरेजोबाट बोरुसिया डर्टमन्डमा स्थानान्तरण गरियो । कागवाको सेरेजोसँग भएको सम्झौता अधिनै क्लब छाडेका कारण उनलाई अपेक्षाकृत न्यूनतम लागतमा सारिएको थियो र जसले उनलाई युरोपमा खेल्ने र सिक्ने मौका पाएका थिए ।

२३ अगस्ट २०१० मा, उनले बुन्डेसलिगा मा आफ्नो पहिलो उपस्थिति बनाए, उनको नयाँ क्लब डर्टमन्डमा यात्रा शुरू भयो । युइएफए युरोपा लिगमा क्लबको लागि कागवाले २ उत्कृष्ट गोल गरेपछि उनले आफ्नो प्रदर्शनीलाई कायम राखेका थिए । उनले बुन्डेसलिगामा उल्फबर्गको विरुद्ध पहिलो गोल गरेका थिए जुन खेल डर्टमन्डले २-० गोल अन्तरमा जितेको थियो । बुन्डेसलिगाको चिर प्रतिद्वन्दी साल्के ०४लाई उनकै सहायताले ३-१ गोल अन्तरले हराउदै उनी सबैको प्रसंसा पाएका थिए ।

कागवाले बुन्डेसलिगाको आधा सीजनको चोट लागेका कारण छुटाएका थिए । तर १८ खेलमा ८ गोल गर्न सफल थिए । सिजनको आधा खेलहरूमा उनको बलियो प्रयासले बुन्डेसलिगाको उपाधि बोरूसिया डर्टमन्डले हात पारेको थियो । उनलाई पनि बुन्डेसलिगा उत्कृष्ट ११ मा नामाङ्कित गरिएको थियो ।[९]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "प्रिमियर लिग, खेलाडीहरूको विवरण" (पिडिएफ), प्रिमियर लिग, ४ फेब्रुअरी २०१४, पृ: २२ औँ पृष्ठमा, अन्तिम पहुँच २६ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०८ मिति
  2. "२०१८ फिफा विश्वकप रुस – खेलाडीहरूको सुची" (पिडिएफ), फिफा डटकम, फिफा, ४ जुन २०१८, अन्तिम पहुँच ४ जुन २०१८ 
  3. "शिन्जि कागवालाई एएफसी अन्तर्राष्ट्रिय खेलाडी पुरस्करले सम्मानित गरिएको छ", इण्डिया टाइम्स डटकम, २९ नोभेम्बर २०१२, अन्तिम पहुँच ३० नोभेम्बर २०१२ 
  4. "शिन्जि कागवा प्रोफाइल" (Japaneseमा), KagawaShinji.com, अन्तिम पहुँच ५ जुन २०१२ 
  5. "शिन्जि कागवा – खेलाडीको इतिहास" (Japaneseमा), J-League Pro-Footballers Association, मूलबाट २६ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २६ जुन २०१० मिति
  6. "प्रोफाइल", शिन्जि कागवाको आधिकारिक वेबसाइट, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "卒団生 プロサッカー選手", एफसी मियागी बार्सिलोना, अन्तिम पहुँच ८ जुन २०१४ 
  8. "विश्वकप २०१४: जापान प्रोफाइल – शिन्जि कागवा", द गार्जियन, १ जुन २०१४, अन्तिम पहुँच ८ जुन २०१४ 
  9. "डर्टमन्डले बुन्डेसलिगाको उपाधि हात पारेको छ", dw-world.de, १४ मे २०११, अन्तिम पहुँच २० फेब्रुअरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]