टेलेनर पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलेनर पाकिस्तान
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगदूरसञ्चार
स्थापितसन् २००४
केन्द्रीय कार्यालयइस्लामाबाद, पाकिस्तान
सेवा क्षेत्र
पाकिस्तान
मुख्य व्यक्ति
इर्फान वहाब खान (प्र.का.अ)
उत्पादनहरूमोबाइल टेलिफोन, इन्टरनेट,उपकरण
मूल सङ्गठनटेलिनर
सहायक कम्पनीहरूटेलिनर बेङ्क
वेबसाइटwww.telenor.com.pk

टेलेनर पाकिस्तान (उर्दु: ٹیلی نار پاکستان‎) प्रा.लि, टेलिनर फोरजीको रूपमा पुनर्गठीत पाकिस्तानको दोस्रो सबैभन्दा ठूलो सेलुलर र डिजिटल सेवा प्रदाता हो। यो एक प्रख्यात बहुराष्ट्रिय नर्वेली दूरसञ्चार कम्पनी टेलिनर समूहको स्वामित्व रहेको छ।

टेलिनर पाकिस्तानको प्रधान कार्यालय

यो कम्पनी टेलिनरको सहायक कम्पनी हो जसले स्क्यानडिनाभिया र एसियाका गरी ८ प्रमुख बजारहरूमा आवाज, डाटा, सामग्री र मोबाइल सञ्चार सेवाहरूको अन्तर्राष्ट्रिय प्रदायकको भूमिका निभाएको छ। टेलिनरले सन् १८८५ मा एक सार्वजनिक कम्पनीको रूपमा आफूलाई स्थापित गरेको थियो ।[१][२] इरफान वाहाब खान अगस्ट २०१६ देखि टेलेनर पाकिस्तानको वर्तमान कार्यकारी अधिकृत हुन् । हाल, टेलिनर पाकिस्तानका ४४ मिलियन ग्राहकहरू रहेका छन् र पाकिस्तान मा २८% बजार साझेदारी गरेको छ र १,९०० भन्दा अधिक कर्मचारीहरु छन्।[३] सन् २००५ मा यसको सुरुवात पछि, कम्पनीले पाकिस्तानमा ३.५ अरब डलर भन्दा बढी लगानी गरेको छ र ३०० बिलियन पाकिस्तानी रुपैया देशलाई प्रत्यक्ष वा प्रत्यक्ष रूपमा राष्ट्रिय उत्थानमा भुक्तानी गरेको छ । हाल यसको मुख्यालय पाकिस्तानको इस्लामाबादमा अवस्थित छ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

टेलिनरले अप्रिल २००४ मा विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सेवाहरू पाकिस्तानमा उपलब्ध गराउन एक इजाजतपत्र प्राप्त गरेको थियो, र १५ मार्च २००५ मा कराची, इस्लामाबाद र रावलपिन्ढी लगाएतका व्यावसायिक सेवा सुरु गरेको थियो । यसले २३ मार्च २००५ मा लाहोर, फैसलाबाद र हैदराबादका शहरहरूमा आफ्नो सेवाहरूलाई विस्तार गरेको थियो। टेलिनर पाकिस्तानको मुख्यालय इस्लामाबादमा छ भने पेशावर, लाहोर, फैसलाबाद, मुलतान, हैदराबाद, क्यूटा र कराची लगाएतका सहरहरूमा क्षेत्रीय कार्यालयहरु रहेका छन्।

टेलिनर पाकिस्तानको औपचारिक उद्घाटन इस्लामाबादमा आयोजित भएको थियो जसमा पाकिस्ताननका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ मुख्य अतिथि थिए र टेलिनर समूहका अध्यक्ष र कार्यकारी जोन फ्र्रेड्रिक बक्सास, टेलेनर पाकिस्तानका पूर्व प्रमुख कार्यकारी अधिकृत टोर जोनसनपनि उपस्थित थिए। उद्घाटनमा पहिलो फोन पूर्व राष्ट्रपति परवेज मुशर्रफद्वारा नर्वेका प्रधानमन्त्रीलाई जेनेन्स स्टोलटेनबर्गलाई गरिएको थियो, जुन समयमै उनी अष्ट्रेलियाको भ्रमण रहेका थिए। पाकिस्तानका प्रधानमन्त्री "साहिद खकन अब्बासी"द्वरा १ नोभेम्बर २०१७ मा टेलिनर पाकिस्तानको '३५४' नामक नयाँ मुख्यालय उद्घाटन गरिएको थिए जसको लागत ८० मिलियन अमेरिकी डलर रहेकोे थियो।[५]

सेवा क्षेत्र[सम्पादन गर्नुहोस्]

टेलेनर पाकिस्तानको सेवा शहरी र ग्रामीण क्षेत्रमा ८०% भन्दा अधिक पाकिस्तानको जनसङ्ख्यामा पुगेको छ जसमा ८०% ३ जी र ७०% ४ जी सेवा पुगेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "टेलेनर समूह", टेलेनर समूह, अन्तिम पहुँच २०१८-१०-२३ 
  2. "इर्फान वहाब खान टेलेनर पाकिस्तानका कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका छन्", टेक जुस (नेपालीमा), २०१६-०६-१४, अन्तिम पहुँच २०१८-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२३ मिति
  3. "पाकिस्तानका दूरसञ्चार सूचकाङ्क", डब्ल्यू डब्ल्यू डब्ल्यू डट पिटिए डट जिओभि डट पिके, अन्तिम पहुँच २०१८-१०-२३ 
  4. "कम्पनीको अवलोकन", टेलिनर डटकम डट पिके (नेपालीमा), अन्तिम पहुँच २०१८-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३० मिति
  5. "प्रधानमन्त्रीले उद्घाटन गरे टेलिनरको कार्यालय", द नेसन (अङ्ग्रेजीमा), २०१७-११-०२, अन्तिम पहुँच २०१८-१०-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट