बट्टुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बट्टुक
बट्टुकको एक तस्बिर
प्रकाररोटी
उत्पत्ति स्थाननेपाल
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल
मुख्य सामग्रीहरूसिल्टुङको पिठो, नुन, सागका ट्यान्द्रा, आदि ।

बट्टुक एक नेपाली परम्परागत स्वादिष्ट रोटीको परिकार हो । यो रोटी विशेष गरेर नेपाली समुदायमा दशै तिहारका बेला बढी प्रयोग हुने गर्दछ । साथै यो रोटी माघे संक्रान्तिका दिन पनि उत्तिकै प्रयोग गरिन्छ ।

बनाउने तरिका[सम्पादन गर्नुहोस्]

खान तयार पारिएको दुईवटा बट्टुकको तस्बिर

यस बट्टुक बनाउनका लागि सबैभन्दा पहिले सिल्टुङको पिठो आवस्यक पर्दछ । सिल्टुङको पिठोमा आवश्यक अनुसार नुन, सागका मसिना ट्यान्द्राहरू, आदिको प्रयोग गरेर मुसिन्छ । र बाक्लोसँग मुसेको मिश्रित पिठोलाई डल्लो पारे थिचेर सानो वृत आकारमा बनाइन्छ । त्यहि वृत्त आकारको पिठोको मिश्रति रूपलाई तातिरहेको तेलका वा घ्युमा पकाए पछि बट्टुक तयार हुने गर्दछ ।

अवसर[सम्पादन गर्नुहोस्]

बट्टुक मुख्य गरी नेपाली समुदायमा दशैं, तिहार जस्ता ठूला चाड पर्वहरूमा प्रयोग गरिने गरिन्छ ।

सेल रोटी नेपाली समुदायहरूको विशेष खालको एक परिकार हो । यो नेपाली समुदायमा दशै तिहारमा मात्र नभई माघे संक्रान्ति लगायत अन्य साना ठूला पर्वहरूमा समेत प्रयोग गरिने गर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]