सामग्रीमा जानुहोस्

सेल रोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेल रोटी
प्रकाररोटी
उत्पत्ति स्थाननेपाल
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल, भारत
मुख्य सामग्रीहरूचामलको पिठो, पानी, चिनी, मैदा, दुध, नौनी, आदि

सेल रोटी सेल रोटी नेपालको परम्परागत मिठाई हो। यो चामलको पिठो, दूध, चिनी र घ्यू मिसाएर गोलाकार आकारमा तारेको हुन्छ। विशेष गरी तिहार जस्ता पर्वमा सेल रोटी बनाइन्छ। यसले हाम्रो संस्कृति र परिवारको एकता झल्काउँछ। नेपाल लगायत भारतका सिक्किम, दार्जिलिङ तथा भुटान मा पनि सेल रोटी प्रचलित रहेको छ।

बनाउने तरिका

[सम्पादन गर्नुहोस्]

यस सेल रोटी छोटकरी भन्नू पर्दा चामलको पिठोबाट बनाउने गरिन्छ। यस सेल रोटि बनाउदा चामलको पिठोमा आवश्यक अनुसार दूध, घ्यूँ, तेल, चिनी, नौनी, सुजी, मैदा तथा अन्य आवश्यक सामाग्रीहरूको मीश्रण गरी आवश्यक पानीमा मुस्ने गरिन्छ। []त्यसपछि मुसेर राखिएको गिलो तरल मिश्रति पिठोलाई तातिएको तेल तथा घ्यूमा हालेर पकाइन्छ।

सेल रोटीलाई सामान्य कोठा तापक्रममा २० दिनससम्म भण्डारण गर्न सकिन्छ। सेल्टो रोटी प्रायः घरबाट टाढा रहेका पारिवारिक सदस्यहरूलाई विशेष उपहारको रूपमा वा पूजामा प्रसादको रूपमा प्रयोग हुँदै आइरहेको छ।

सेल रोटी मुख्य गरी नेपाली समुदायमा दशैं, तिहार जस्ता ठूला चाड पर्वहरूमा प्रयोग गरिन्छ।

सेल रोटी नेपाली समुदायहरूको विशेष खालको एक परिकार हो। यो नेपाली समुदायमा दशै तिहारमा मात्र नभई माघे संक्रान्ति लगायत अन्य साना ठूला सम्पुर्ण खाले पर्वहरूमा प्रयोग हुँदै आइरहेको छ।

सेल रोटी नेपाल लगाएत भारतका दार्जिलिङ, सिक्किम तथा सिलिगुडी जस्ता ठाउँहरूमा पनि प्रसिद्ध रहेको छ ।[]

दृश्य कुञ्ज

[सम्पादन गर्नुहोस्]

नेपाली सेल रोटीका तस्बीरहरू

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रतिलिपी", मूलबाट २०२१-०७-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-२२-०६ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २०११-०७-१४ वेब्याक मेसिन
  2. सेल रोटी अभिलेखिकरण २०१२-०६-०६ वेब्याक मेसिन वि अल नेपाली

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]