खोले
स्वरूप
प्रकार | खाना परिकार |
---|---|
उत्पत्ति स्थान | नेपाल |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | नेपाल |
मुख्य सामग्रीहरू | पिठो, सागपात, सिस्नु, नुन, पानी, खुर्सानी आदि । |
खोले एक प्रकारको पुरानो नेपाली खाना वा तरकारीको परिकार हो । खोले परिकारलाई गरिबहरूले खाने खानाका रूपमा नेपाली समुदायमा हेर्ने गरिन्छ ।
साथै गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पीठोलाई पकाएर बनाइएको बाक्लो झोल तथा कुँडोलाई पनि खोले भन्ने गरिन्छ ।
बनाउने तरिका
[सम्पादन गर्नुहोस्]मकैको पीठो, कनिका, सागपात, सिस्नु आदि मिसाएर आवश्यक रूपमा नुन, खुर्सानी हाली पानीमा केही बेर उमालेर खोले बनाइन्छ । विशेषगरि खोले सिस्नो पानी उमालेर नुन हाली पनि तयार पारिन्छ ।
प्रयोग
[सम्पादन गर्नुहोस्]यो खोले कष्टले जीवननिर्वाह गर्ने दुःखी तथा अत्यन्तै गरिब वर्गहरूले तरकारीको रूपमा प्रयोग गर्ने गर्दछन् ।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेपाली शब्दकोष
खोलेसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।