बझाङ राज्य
बझाङ राज्य | |
---|---|
विसं १५०३–विसं १८४८ | |
राजधानी | व्यासीकोट दरबार |
सरकार | राजतन्त्र |
राजा | |
इतिहास | |
• स्थापना | विसं १५०३ विसं १५०३ |
• विलयकाल | विसं १८४८ विसं १८४८ |
अचेल | बझाङ जिल्ला |
|
बझाङ बाइसी राज्य थियो। खस राज्य खण्डित भएर १५०३ मा निर्माण भएको यस राज्य बहादुर शाहको नायबीकालमा नेपालमा विलय भएको थियो। बझाङका राज्यलाई रजौटाको मान्यता दिइएको थियो।
नामाकरण
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]बझाङ राज्यको स्थापना १५०३ मा भएको थियो ।
वि सं १८४८ मा नेपालसँग आश्रय सन्धी गरेको हुँदा वार्षिक रू ५०१/- सिर्तो तिर्ने गरी रजौटा थमौती भएको थियो ।
श्री ५ महेन्द्रबाट विसं २०१७ मा राज्य रजौटा ऐन, २०१७ लागू गरियो । राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागू भएपछि सबै राज्यहरू खारेज भएका थिए । यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताग, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटालाई मान्यता दिएको थियो ।[१]
बझाङ काण्ड
[सम्पादन गर्नुहोस्]बझाङी युवराज ओमजंगबहादुर सिंहले इलाका अदालतको विरोध गरेका थिए । राज्य अदालत कायमै राख्नुपर्ने उनको माग थियो । इलाका अदालत गठन पछि बझाङमा न्यायाधिश उत्तमकुमार पोखरेल आएका थिए । तर बझाङ पुगेका न्यायाधीश पोखरेललाई ओमजंगबहादुरले असहयोग गरेका थिए । ओमजंगले राज्य अदालतका कागजात न्यायाधीश पोखरेललाई नबुझाई बझाङ, झुटेडाको ज्यान मुद्दामा सिंह आफैँले फैसला गरेका थिए ।
राज्यको चौकिल्ला
[सम्पादन गर्नुहोस्]पूर्व तर्फ बाजुरा, सान्नी, जुम्ला राज्य
पश्चिम तर्फ डोटी राज्य
दक्षिण तर्फ थलहरा राज्य
उत्तरतर्फ तिब्बतको खोजरनाथ पुस्तक्याढुङ्गा र मानसरोवर
राजाको वंश
[सम्पादन गर्नुहोस्]- वंश : चन्द्रवंशी
- गोत्र :कश्यप गोत्र
राजाको वंशावली
[सम्पादन गर्नुहोस्]चित्र | राजा | राज्यकाल सुरु | राज्यकाल अन्त्य | कैफियत | ||
१ | शक्तिसिंह | सस्थापक
विसं १५०३ |
||||
२ | सुजानसिंह | |||||
३ | भाउसिंह | |||||
४ | भीमसिंह | |||||
५ | पृथ्वीसिंह | |||||
६ | जितारीसिंह | |||||
७ | इन्द्रसिंह | |||||
८ | दिलीपसिंह | |||||
९ | महेन्द्रसिंह | |||||
१० | रतनीसिंह | |||||
११ | कल्याणसिंह | |||||
१२ | अमरसिंह | |||||
१३ | समुद्रसिंह | |||||
१४ | रघुनाथसिंह | |||||
१५ | गजराजसिंह | |||||
१६ | भूपेन्द्रसिंह | |||||
१७ | विक्रमबहादुरसिंह | |||||
१८ |
|
जयपृथ्वीबहादुर सिंह | ||||
१९ | देवीजङ्गबहादुरसिंह | |||||
२० | रामजङ्गबहादुरसिंह | |||||
२१ | ॐजङ्गबहादुरसिंह | |||||
२२ | ईश्वरीजङ्गबहादुरसिंह | माननीय न्यायाधीश | ||||
२३ | दीपकजङ्गबहादुरसिंह | २०३० वैशाख २५ [२] | ||||
२४ | विनोदविक्रमसिंह | २०६५ जेठ १५ सम्म | श्री ५ ज्ञानेन्द्रका भान्जा |
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]धुरीकर ६००० का अतिरिक्त ३६ कर, तिब्बतको व्यापार र खनिजको कर गर्दा वार्षिक २५००० भन्दा बढी आय थियो
बझाङ राज्यमा त्यतिबेला ‘छत्तिासी–बत्तिासी’ कर प्रचलनमा थिए। नदीघाट, तुइन, फटके तर्न ‘जगातो’ तिर्नुपथ्र्यो। नदीमा माछा मार्दा ‘दहत्तार–बहत्तार’ लाग्थ्यो। बझाङ राज्यको आफ्नै मुद्रा भने थिएन। मुग्लानतिरका ‘फर्कवादी’, ‘लसकरी’, ‘हाली–बरेली’, ‘दिल्ली महमदशाही’, पटना–लषनौ ‘नजीमावादी’ चाँदीका मुद्रा बझाङमा प्रचलित थिए।
राज्यको अर्थतन्त्र जनताबाट लिइने कर र दण्डकुण्डबाट असुलिने रैरकममा निर्भर थियो। सोही रकमबाट राज परिवारको भत्ता, खान्गीका साथै राज्यका कर्मचारीको तलब बेहोरिन्थ्यो। बझाङ राज्यमा त्यतिबेला ‘छत्तिसी–बत्तिसी’ कर प्रचलनमा थिए। नदीघाट, तुइन, फटके तर्न ‘जगातो’ तिर्नुपथ्र्यो। नदीमा माछा मार्दा ‘दहत्तर–बहत्तर’ लाग्थ्यो।
प्रशासन
[सम्पादन गर्नुहोस्]बझाङ राज्यको सर्वोच्च पदमा राजा थिए। राजालाई राजकाजमा राजकुमार, साहेबज्यू, चौतारिया, काजी, देवान, धर्माधिकारी, सरदार, हितहितान, रजबार, विन्त्यारु, नेव, देवान, छापदार, जिम्मुवाल–मुखियाले सघाउँथे। राजाका परामर्शदातामा चौतरियाको भूमिका हुन्थ्यो।
मुख्तियार र चौतरियामा राजाका भाइभैयार्द नियुक्त हुन्थे। बझाङ राज्यका मन्त्रीलाई ‘अमात्य’ र सल्लाहकारलाई ‘हितान’ भनिन्थ्यो। दरा–गर्खाहरूको रखबारी भारदारहरूलाई दिइन्थ्यो। काजी (मन्त्री) सरहको अर्को पद ‘देवान’ हुन्थ्यो। देवानमा राजपरिवार निकटका व्यक्ति नियुक्त हुन्थे। रोकाया, कार्की, अधिकारी, अडै, खड्गा, बुढा, बुढथापा, थापा (क्षेत्री), राना (क्षेत्री), महतारा, भण्डारी विभिन्न पदमा हुन्थे। राजाको सेरा फाँट हेर्नेलाई ‘अडै’ भनिन्थ्यो। ‘अधिकारी’ले दरागर्खाको प्रशासन चलाउँथे। कर–राजस्व ‘कार्की’ले असुल्थे। राज्यस्तरका पदाधिकारी ' रोकाया ' र ‘महतारा’ हुन्थे। खड्का, राना, थापा, बुढा, बुढथापा सैन्यसेवामा हुन्थे। पछि यी पदहरू थरमा परिणत भएका थिए। दरा गर्खामा मालपोत असुली मुखिया र जिम्मुवालले गर्थे। सूचना आदानप्रदानमा ओखेडा (कटुवाल)लाई खटाइन्थ्यो। बिहे–व्रतबन्ध, दसैं–तिहारजस्ता उत्सवमा नगर्ची, औजी र भेरवालहरूले बढाइँ गर्थे।