सामग्रीमा जानुहोस्

व्यासीकोट दरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्यासीकोट दरबार
सामान्य विवरण
वास्तुकलाको ढाँचानेपाली
सहरकोटडाँडा, बझाङ
राष्ट्र नेपाल
निर्माणकार्यको थालनीविसं १५०२
सम्पन्नवि सं १५०२
भत्काइएको२०५७
लागतथाह नभएको
ग्राहकबझाङी राजा शक्ति सिंह
प्राविधिक विवरण
बनावट-

विसं १५०२ तिर तत्कालीन बझाङी राजा शक्ति सिंहले निर्माण गर्न लगाएका थिए । बझाङी राजाले यही दरबारबाट करिब चार सय वर्ष राज्य चलाएको विभिन्न अभिलेखमा उल्लेख छ । उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजंगबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख छ । १९९५ मा उनको मृत्युपछि १९९६ मा जेठा पुत्र रामजंगबहादुर सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य चलाएका थिए । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए ।

उक्त दरबारमा बझाङ राज्यसम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्तिलगायतका विभिन्न पुरातात्विक र ऐतिहासिक सामग्री छन् ।

बझाङमै निर्मित इँटाद्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेकामा १९९० को भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठे बनाएको स्थानीय बूढापाकाको भनाइ छ । वि.सं २०२३ मा आएको भूकम्पले हल्लाएपछि उक्त दरबारका केही भित्ता चर्किएका थिए ।

वि.सं २०५७ मा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनी गरेर त्यहाँका केही धातु, मूर्तिसमेत लुटेर लगेको थिए ।

दरबारको चारैतिर भगवती, व्रजेश्वर, महादेव, मष्टा, कालाढुंगोलगायत विभिन्न देवी-देवताका मन्दिर छन् । कोट दरबारमा प्रत्येक वर्ष बडादसैँ, गौरापर्व र चैते दसैँमा पूजाआजा गर्ने प्रचलन छ ।


व्यासी गाविसको चौधानपाटा नजिकैको कोटडाँडामा रहेको उक्त दरबार बझाङको नामकरणसँग पनि जोडिएको छ । यो दरबार रहेको डाँडामा पटक-पटक बज्रपात हुने भएकाले यस ठाउँलाई बज्रांग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारको दाबी छ । यो डाँडामुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्तियुक्त खनिज रहेकाले चट्याङ पर्ने गरेको छ । []



हालको छविसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मालगायत गाउँपालिका र जयपृथ्वी नगरपालिकाको दृश्यसमेत देखिने यो दरबारबाट देखिन्छ । []

  1. सेती अञ्चलको इतिहासबारे पूर्णप्रकाश नेपाल 'यात्री' को पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ ।
  2. खण्डहर दरबार वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२५ मिति