गणेशप्रसाद रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेशप्रसाद रिजाल
गणेशप्रसाद रिजाल
Member of Parliament of Nepal
कार्यकाल
२७ मे १९५९ – १६ डिसेम्बर १९६०
प्रधानमन्त्रीविश्वेश्वरप्रसाद कोइराला
एकाधिपतिराजा महेन्द्र
व्यक्तिगत विवरण
जन्म(१९२०-०५-११)मे ११, १९२०[१]
पाँचथर, नेपाल
मृत्यु४ अप्रिल १९९८(1998-04-04) (उमेर ७७)
दमक, नेपाल
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
राजनीतिक दलनेपाली काङ्ग्रेस
जीवन साथीकमला रिजाल
अभिभावक(हरू)जयनारायण रिजाल(बाबु)
जलपा रिजाल(आमा)
आफन्तहरूसुमन पोखरेल(नाति)
पेशाराजनीति

गणेशप्रसाद रिजाल अङ्ग्रेजी: Ganesh Prasad Rijal, (१९७७-२०५४) नेपाली राजनीतिज्ञ थिए । उनको जन्म वि.सं. विक्रम सम्वत १९७७ जेठ ८ गते तदनुसार सन् ११ मे १९२० मा भएको थियो । उनी राणा शासनको विरुद्ध वि.सं. २००७ सालको क्रान्तिमा होमिएका थिए र २०१५ सालको पहिलो प्रतिनिधि सभाको चुनावमा निर्वाचित भइ प्रतिनिधि सभा सदस्य (सांसद) समेत भएका थिए ।[२]

वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले निर्वाचित मन्त्रीमण्डल र संसदलाई भंग गरी संविधानलाई विघटन गरे र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सहित उनका निकटतम सरकारी सहयोगीहरूलाई बन्दी बनाए । राजा महेन्द्रले शासन हत्याएपछि रिजाल नेपाली काङ्ग्रेसका अरु नेता तथा कार्यकर्ताहरुसहित भारत निर्वासित भए । निर्वासन समयमा उनी भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङ्ग र नक्सलबारीमा गई बसे । वि.सं. २०३१ सालमा सरकारबाट आममाफी भएपछि उनी स्वदेश फर्के र दमक र काठमाडौँ बसी राजनीतिक जीवन शुरु गरे ।[३][४][५]

हृदयाघातको कारणले वि.सं. २०५४ साल चैत्र २२ गते शनिवारका दिन दमक, झापामा रिजालको मृत्यु भयो ।[६]

सन्दर्भ सामग्री‍‍[सम्पादन गर्नुहोस्]

  1. "Ganeshprasad Rijal" (अङ्ग्रेजीमा), Geni, अन्तिम पहुँच २०१९-०४-०७ 
  2. नेपाल गजेट, भाग ३ : निर्वाचन आयोगको सूचना, श्री ५ को सरकार, बैशाख २८ गते २०१६ साल। 
  3. तुलाधर, दमनराज (१९८०), (Englishमा), काठमाडौँ: लक्ष्मी प्रकाशन, पृ: ३४०।  |title= रितो (सहायता)
  4. कोइराला, विश्वेश्वर प्रसाद (२०५७), काठमाडौँ: हिमाल बुक्स, पृ: १६७।  |title= रितो (सहायता)
  5. जोशी, अंगुरबाबा (जनवरी १९५८), Parliamentary Affairs (Englishमा) (Oxford) XII (3): 311–319। 
  6. "Death of Ganesh Prasad Rijal", Geni.com, १९९८-०४-०४, अन्तिम पहुँच २०१९-०२-१९ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू