सामग्रीमा जानुहोस्

गणेशप्रसाद रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेशप्रसाद रिजाल
गणेशप्रसाद रिजाल
Member of Parliament of Nepal
कार्यकाल
२७ मे १९५९  १६ डिसेम्बर १९६०
प्रधानमन्त्रीविश्वेश्वरप्रसाद कोइराला
राजश्रीराजा महेन्द्र
व्यक्तिगत विवरण
जन्म(१९२०-०५-११)मे ११, १९२०[]
मृत्यु४ अप्रिल १९९८(1998-04-04) (उमेर ७७)
नागरिकतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस
जीवनसाथीकमला रिजाल
अभिभावक(s)जयनारायण रिजाल(बाबु)
जलपा रिजाल(आमा)
Relativesसुमन पोखरेल(नाति)
पेशाराजनीति

Deprecated parameter primeminister

गणेशप्रसाद रिजाल अङ्ग्रेजी: Ganesh Prasad Rijal, (१९७७-२०५४) नेपाली राजनीतिज्ञ थिए । उनको जन्म वि.सं. विक्रम सम्वत १९७७ जेठ ८ गते तदनुसार सन् ११ मे १९२० मा भएको थियो । उनी राणा शासनको विरुद्ध वि.सं. २००७ सालको क्रान्तिमा होमिएका थिए र २०१५ सालको पहिलो प्रतिनिधि सभाको चुनावमा निर्वाचित भइ प्रतिनिधि सभा सदस्य (सांसद) समेत भएका थिए ।[]

वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले निर्वाचित मन्त्रीमण्डल र संसदलाई भंग गरी संविधानलाई विघटन गरे र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सहित उनका निकटतम सरकारी सहयोगीहरूलाई बन्दी बनाए । राजा महेन्द्रले शासन हत्याएपछि रिजाल नेपाली काङ्ग्रेसका अरु नेता तथा कार्यकर्ताहरुसहित भारत निर्वासित भए । निर्वासन समयमा उनी भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङ्ग र नक्सलबारीमा गई बसे । वि.सं. २०३१ सालमा सरकारबाट आममाफी भएपछि उनी स्वदेश फर्के र दमक र काठमाडौँ बसी राजनीतिक जीवन शुरु गरे ।[][][]

हृदयाघातको कारणले वि.सं. २०५४ साल चैत्र २२ गते शनिवारका दिन दमक, झापामा रिजालको मृत्यु भयो ।[]

सन्दर्भ सामग्री‍‍

[सम्पादन गर्नुहोस्]
  1. "Ganeshprasad Rijal" (अङ्ग्रेजीमा), Geni, अन्तिम पहुँच २०१९-०४-०७
  2. नेपाल गजेट, भाग ३ : निर्वाचन आयोगको सूचना, श्री ५ को सरकार, बैशाख २८ गते २०१६ साल।
  3. तुलाधर, दमनराज (१९८०), (Englishमा), काठमाडौँ: लक्ष्मी प्रकाशन, पृ: ३४०। |title= रितो (सहायता)
  4. कोइराला, विश्वेश्वर प्रसाद (२०५७), काठमाडौँ: हिमाल बुक्स, पृ: १६७। |title= रितो (सहायता)
  5. जोशी, अंगुरबाबा (जनवरी १९५८), Parliamentary Affairs (Englishमा) (Oxford) XII (3): 311–319।
  6. "Death of Ganesh Prasad Rijal", Geni.com, १९९८-०४-०४, अन्तिम पहुँच २०१९-०२-१९

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू