राजबाडी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजबाडी
রাজবাড়ী জেলা
बङ्गलादेशको नक्शामा राजबाडी जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा राजबाडी जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°४२′N ८९°३०′E / २३.७०°N ८९.५०°E / 23.70; 89.50निर्देशाङ्कहरू: २३°४२′N ८९°३०′E / २३.७०°N ८९.५०°E / 23.70; 89.50
देश बङ्गलादेश
विभागढाका विभाग
सरकार
 • राजबाडी-१ का संसद सदस्यकाजी करामात आली (बङ्गलादेश अवामी लिग)
 • राजबाडी-२ का संसद सदस्यजालुकी हाकिम
क्षेत्रफल
 • जम्मा१,११८.८ किमी (४३२�० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१,०४९,७७८
 • घनत्व९४०/किमी (२४००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा३९.८१%[१]
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
हुलाक कोड
७७००
वेबसाइटwww.rajbari.gov.bd

राजबाडि (बङ्गाली: রাজবাড়ি জেলা) बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यो जिल्लाको नाम यस क्षेत्रका प्रख्यात शासक राजा सुर्जो कुमार गुह रोयको नााबाट राखिएको थियो जसले यस क्षेत्रमा आफ्नो दरबारको स्थापना गरेका थिए।[१][२]

भूगोल[सम्पादन गर्नुहोस्]

राजबाडि जिल्ला बङ्गलादेशको मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २२°४०' देखि २३°५०' उत्तर अक्षांश र ८९°१९' देखि ९०°४०' पूर्वी देशान्तरणमा अवस्थित छ। राजबाडि जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १११८.८ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई पाबना जिल्लाले उत्तर, फरिदपुरमगुरा जिल्लाले दक्षिण, मानिकगञ्ज जिल्लाले पूर्व र कुष्टिया जिल्ल र झिनाइदह जिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा नदि यस जिल्लाका प्रमुख नदि हो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो भने तात्कालिक समयमा यस जिल्लामा सङ्ग्राम परिषद्को पनि स्थापना गरिएको थियो। २१ र २२ अप्रिलका दिन पाकिस्तानी सेना र बङ्गलादेशको लागि लडिरहेका लडाकु बीचको युद्धमा ६ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। पाकिस्तानी सेनाले माझपारा, रामकोल र मथुरानगर जस्ता गाउँहरूमा १० मानिसको हत्या गरेका थिए भने सेनाले कयौं घरटहराहरूमा आगजनी पनि गरेका थिए। नोभेम्बर महिनामा भएको पाकिस्तानी सेना र स्वतन्त्र लडाकु बीचको युद्धमा बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी सेनाको हातहतियारहरू कब्जा गर्न सफल भएका थिए। अहलिदीपुर गाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको एक युद्धमा ९ जना पाकिस्तानी सेनाहरू मारिएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ९५१९०६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४८९५५७ छ भने महिलाको जनसङ्ख्या ४६२३४९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८४७६१६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०३६६४ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १७३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४५३ रहेको छ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.८४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१९% मजदुरी, व्यापार र उद्योगमा १.५९%, वाणिज्यमा १४.३६%, सञ्चार र यातायातमा ४.४१%, रेमिटेन्समा ०.६%, निर्माण क्षेत्रमा २.०२%, अन्य क्षेत्रमा ६.४१%, धार्मिक सेवा ०.१७% र अन्य ६.१५% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय राजबाडि जिल्लाको स्थापना सन् १९८४ मा भएको थियो। पहिला यो जिल्ला जशोर जिल्लाको एक भाग थियो। सन् १८११ मा फरिदपुर जिल्लाको स्थापना पछि राजबाडि पनि त्यहि जिल्लामा गाभिएको थियो भने हाल राजबाडिमा रहेका उपजिल्लाहरू अन्य जिल्लाका उपजिल्लाका रूपमा रहेका थिए भने पाङ्शा प्रहरी थाना पाबना जिल्लामा रहेको थियो। सन् १९५९ मा भर्खरै स्थापना भएको कुमारखाली उप विभाग अन्तर्गत पाङ्शा र बालियाकाण्डी उपजिल्ला गाभिएका थिए। सन् १८७१ मा गोलन्द उप विभागको स्थापना भएको थियो जसमा पाङ्शा र राजबाडि अवस्थित थिए भने उक्त उप विभागको सदरमुकाम राजबाडिमा स्थापना भएको थिय‍ो। गोलन्द पछि सन् १९८४ मा जिल्लामा।परिणत भएको थियो भने यसलाई राजबाडिमा नामसारी गरिएको थियो। यस जिल्लामा हाल ४ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला पाङ्शा (४१४.२४ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला गोयालन्द (१४९.०३ वर्ग किलोमिटर) हो। ढाका विभाग अन्तर्गतका १७ जिल्ला मध्ये राजबाडि क्षेत्रफलका आधारमा १५अौँ स्थानमा रहेको छ भने बङ्गलदेशको ६४ जिल्ला मध्ये यो ५६अौँ स्थानमा रहेको छ।[३][४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३९.८१% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४३.६६% छ भने महिलाको साक्षरता दर ३५.७५% रहेको छ। यस जिल्लामा ४ व्यवसायीक शिक्षण केन्द्र, २१ कलेज, १ आयुर्वेदिक कलेज, ९९ माध्यमिक विद्यालय, ४०८ प्राथमिक विद्यालय, ९ सामुदायिक विद्यालय, ४२ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; राजबाडि सरकारी क्याम्पस (सन् १९६१), राजबाडि सरकार उच्च विद्यालय (सन् १८९२), पाङ्शा कलेज (सन् १९६९), बालियाकाण्डी उच्च विद्यालय (सन् १९१७) आदि हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ মোঃ শরিফুল ইসলাম (सन् २०१२), "রাজবাড়ী জেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "রাজবাড়ী জেলা তথ্য", अन्तिम पहुँच ६ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१४ मिति
  3. AL men appointed administrators
  4. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারি ২০১৫), "রাজবাড়ী সরকারি উচ্চ বিদ্যাড়য়ের লাল ভবনের ঐতিহ্য", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]