मेन्डी काप्रिस्तो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेन्डी काप्रिस्तो
जुलाई २००९ मा काप्रिस्तो
व्यक्तिगत विवरण
वास्तविक नाममेन्डी ग्रेस काप्रिस्तो
जन्म (1990-03-21) २१ मार्च १९९० (उमेर ३४)
मानहाइम, पश्चिम जर्मनी
उत्पत्तिब्युस्ताद, जर्मनी
विधापप, नृत्य-पप, आत्मीय, समकालीन आर एन्ड बी
पेशागायिका, गीतकार, नृत्य, मोडल
सक्रिय वर्षसन् २००१–हा
लेबलस्टारवाच (सन् २००६ –२०१२)
इएमआई (सन् २०१२)
युनिभर्सल (सन् २०१४–हाल)
सहयोगीमनरोस
वेबसाइटmandycapristo-music.de
Capristo's signature

मेन्डी ग्रेस काप्रिस्तो (जर्मनेली: Mandy Capristo) (जन्म: २१ मार्च १९९०, मानहाइम) एक जर्मनेली गायिका तथा गीतकार हुन्। उनी सन् २००६ मा युवती साङ्गीतिक समूह मनरोसको एक सदस्यको रूपमा चर्चामा आएकी थिइन्। उनीहरू सन् २००६ मा एक जर्मनेली वास्तविक दूरदर्शन शृङ्खला पपस्टार्सका सहभागी थिए र सन् २०११ देखि उक्त समूहको विघटन भए देखि यता उनी एकल गायिकाको रूपमा लोकप्रिय छिन्।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

बाल्यकाल र व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

काप्रिस्तोको जन्म २१ मार्च १९९० मा जर्मनीको मानहाइममा भएको थियो। उनी पश्चिम जर्मनीको ब्युस्तादमा हुर्किएकी थिइन्। उनकी आमा पेशाले एक सचिव थिइन् भने उनका बुबा इटालीयाली मूलका एक व्यापार प्रतिनिधि थिए। काप्रिस्तोका एक दाजु छन् जसको जन्म सन् १९८६ मा भएको थियो। उनका बाबुआमा उनी किशोरावस्थामा प्रवेश गर्ने बेलामा छुट्टिएका थिए। उनले सानो उमेर देखिनै खेलकुद, नृत्य र पियानो बजाउनका लागि कक्षा लिएकी थिइन् र उनले पढ्दा पढ्दै उक्त शोकलाई एक व्यवसायी ढङ्गमा ढाल्नका लागि विद्यालय छोडिकी थिइन्। उनी इसाई परिवारमा जन्मिएकी हुनाले उनले सानो उमेर देखिनै त्यस क्षेत्रको सङ्गीत गाउन मन पराउँथिन्।[२]

सन् २००१-२००५: किडि कन्टेस्ट[सम्पादन गर्नुहोस्]

काप्रिस्तो ४ वर्षको उमेरमै गाउन र नृत्य गर्न थालेकी थिइन्। सन् २००१ मा, काप्रिस्तोका सङ्गीत शिक्षकले उनलाई अस्ट्रियामा भएको किडि कन्टेस्टका लागि प्रवेश गराएका थिए। उक्त प्रतियोगिताको उपाधि उनले आफ्नो गीत "Ich wünsche mir einen Bankomat" मार्फत हात पार्न सफल भएकी थिइन् भने उक्त गीत लगत्तै किडि कस्टेस्ट संस्करण ७ (सन् २००१) को शीर्ष स्थानको गीत बन्न सफल भएको थियो। त्यसपछि उनी ताबालुगा तिभी नामक कार्यक्रममा देखा परेकी थिइन् र उनले सन् २००२ को संस्करणको किडि कस्टेस्टको गीति सङ्गालोका लागि मास्कितो नामक गीतलाई कैद गराएकी थिइन्। यो गीत अस्ट्रियामा शीर्ष स्थानमा आएको थियो। त्यसपछि उनी अस्ट्रियाको प्रसारक ओआरएफद्वारा बालबालिकाहरूका लागि निर्माण गरिएको दूरदर्शन शृङ्खला ग्लुबसाउगामा देखा परेकी थिइन्।[३]

सन् २००६-२०१०: मनरोस[सम्पादन गर्नुहोस्]

काप्रिस्तो, मनरोसको साथ, सन् २००७

सन् २००६ मा, काप्रिस्तोले जर्मनेली वास्तविक दूरदर्शन शृङ्खला पपस्टार्समा भाग लिने निर्णय लिएकी थिइन्। प्रतियोगिताको फाइलनमा, दर्शकहरूले काप्रिस्तोलाई दूरभाष मत प्रक्रियाका आधारमा युवती समूह मनरोसको सदस्य बन्नका लागि छनोट गरेका थिए।[४] सोही कार्यक्रमबाट सिन्ना गिमुअ र बाहार किजिलका साथ मनरोसको स्थापना भएको थियो जसमा उनी प्रमुख गायिका थिइन्। प्रतियोगिताबाटै उक्त समूह चर्चामा आएको थियो। समूहले आफ्नो पहिलो एकल प्रस्तुत सेमको सार्वजनिक गरेको थियो जुन जर्मनेली एकल चार्टको शीर्ष स्थानमा पुगेको थियो भने उक्त गीतको युरोप भरि यसका २,००,००० भन्दा बढी प्रतिलिपीहरू बिक्री भएका थिए र त्यस वर्षको राम्रो बिक्री गर्न सफल एकल गीतको रूपमा पनि परिचित बनेको थियो।[५] समूहले डिसेम्बर २००६ मा आफ्नो पहिलो गीति सङ्गालो टेम्प्टेसन जारी गरेको थियो जुन जर्मनेली चार्टको शीर्ष स्थानमा उक्लन सफल भएको थियो र मिडिया कन्ट्रोल चार्ट्सले यसलाई दुई पटक प्लेटिनम प्रमाणित गरेको थियो।[६] सन् २००६ पछि, समूहले टेम्प्टेसन, स्ट्रिक्लि फिजिकल, आइ एम, लेडी लाइक लगायतका चार गीति सङ्गालोहरू जारी गरेको थियो। उनीहरूको चौथो गीति सङ्गालो शीर्ष १० मा चार्टमा प्रवेश गरेको थियो। उनीहरूको एकल सेम र हट समर शीर्ष स्थानमा कायम रहेको थियो। कुल रूपमा, समूहले एघार एकल जारी गरेको थियो जुन एघार मध्ये सात जर्मनेली चार्टमा शीर्ष १० मा पुगेको थियो। सन् २००८ मा, उनीहरूले आफ्नो पहिलो पुरस्कार हट समरको साथ सर्वश्रेष्ठ एकलको लागि प्राप्त गरेका थिए भने सन् २००९ मा सर्वश्रेष्ठ साङ्गीतिक समूहको तर्फबाट उनीहरूले पुरस्कार जितेका थिए।[७] सन् २००७ मा, जर्मनेली पत्रिका एफएमएचले विश्व १०० कामुक महिलाहरूको श्रेणीमा उनलाई दशौँ स्थानमा राखेको थियो। जुन २०१० मा उनी एफएचएम पत्रिकाको जर्मनेली संस्करणको आवरणमा चित्रित गरिएको थियो।

२५ नोभेम्बर २०१० मा, मनरोसले आफुहरू छुट्टिई एकल गायिकाको रूपमा काम गर्न चाहेको घोषणा गरेका थिए। दूरदर्शनमा मनरोसको रूपमा उनीहरूको उपस्थिति २७ फेब्रुअरी २०११ अस्ट्रिया नेक्स्ट टप मोडलमा भएको थियो जसमा उनीहरूले आफ्नो एकल लाइक अ लेडी प्रस्तुत गरेका थिए।[८]

काप्रिस्तो (सन् २०१२ मा)

सन् २०११- हाल (एकल गायिकाको रूपमा)[सम्पादन गर्नुहोस्]

सन् २०११ मा मनरोस नामक साङ्गीतिक समूहको विघटन भए पछि, काप्रिस्तोले भविष्यमा कुनै एक एकल परियोजनाहरूमा काम गर्ने घोषण गरेकी थिइन्।[९][१०][११] उनी कस्मेटिक ब्रान्ड बि यु को महत्त्वपूर्ण योगदानकर्ता भएकी थिइन् र उक्त कस्मेटिक ब्रान्डको एक व्यापार मेलामा उनीहरूको योजनाबद्ध एकल साङ्गीतिक सङ्गालोबाट ओभररेट र बी यु लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन्।[१२] पिटर मफेसँगको सहकर्यमा उनले "Die Zeit hält nur in Träumen an" नामक गीत कैद गरेकी थिइन् जुन वेतन दास नामक कार्यक्रममा प्रस्तुत गरिएको थियो।[१३] अक्टोबर २०१२ मा, काप्रिस्तो पिटर मफेसँग ताबालुगा भ्रमणमा गएकी थिइन्। पिटर मफेसँगको एकल गीत जर्मनेली चार्टको ८६ अौँ स्थानमा आएको थियो।[१४]

मार्च २०१२ मा, मेन्डीले आफ्नो " द वे आई लाइक इट" नामक पहिलो एकल गीतको घोषण गरेकी थिइन् जसलाई लेखन र निर्माण डेभिड जोस्टले गरेका थिए जसलाई १३ अप्रिलमा सार्वजनिक गरिएको थियो।[१५] उनको पहिलो गिती सङ्गालोको नाम ग्रेस राखिएको थियो।[१६] यसले जर्मनेली चार्टमा ८ अौँ स्थान प्राप्त गरेको थियो भने यसलाई संयुक्त अधिराज्यमा पनि सार्वजनिक गरिएको थियो।उक्त गिती सङ्गालो २७ अप्रिल मा नयाँ रेकर्ड लेबल इएमआई र स्टारवाच इन्टरटेन्मेन्टबाट जारी गरिएको थियो।[१७] उनको दोस्रो एकल क्लोजरलाई रोबिन ग्रुबर्त र मार्टिन टिङभलले संयुक्त रूपमा लेखेका थिए।

१४ मार्च २०१२ मा, उनले व्यवसायीक नर्तक स्तेफानो तेर्राजिनोसँग नृत्य कार्यक्रम लेट्स डान्सको जर्मनेली संस्करणमा नृत्य प्रस्तुत गरेकी थिइन्। [१८]

सन् २०१६ मा, उनले आफ्नो नाम ग्रेस काप्रिस्तोमा परिवर्तन गरी वान वुमन आर्मी नामक गीत जारी गरेकी थिइन् जसलाई अमेरिकी गीतकारहरूले लेखेका थिए।[१९] उक्त गीतले मध्यम सफलता हासिल गर्न सफल भएको थियो। उनले २८ अक्टोबर २०१६ मा, इटालीयाली गायक मार्को मेङ्गोनीसँग "Ricorderai l'Amore" नामक गीत जारी गरेकी थिइन्। डिसेम्बर २०१६ मा, उनी हेनेन फिस्चर सोमा देखा परेकी थिइन्।[२०] अक्टोबर २०१७ मा उनले एक साङ्गीतिक कार्यक्रममा सहभागीता जनाएकी थिइन्।[२१]

अक्टोबर २०१८ मा, उनले आफ्नो नाम मेन्डी काप्रिस्तोमै कायम गरी गाषक लारसितोसँग सि एस आमोर नामक गीत जारी गरेकी थिइन्।[२२] फेब्रुअरी २०२० मा, उनी सत्रुम दे लिबमा निर्णायकको भूमिकामा देखा परेकी थिइन्।[२३][२४]

सामाजिक संलग्नता[सम्पादन गर्नुहोस्]

सन् २००७ मा काप्रिस्तो हिंसाको विरुद्धमा आयोजना गरिएको रात्रिकालिन साङ्गीतिक कार्यक्रम "Schau nicht weg!"मा देखा परेकी थिइन्। [२५] उक्त हिंसा विरोधि कार्यक्रम ब्राभो नामक पत्रिकाद्वारा सञ्चालित एक अभियान हो।[२६] यस कार्यक्रमको उद्देश युवा युवतीहरूलाई सामाजिक रूपमा द्वन्द्व वा बदमाशी जस्ता समस्यहरूसँग जुध्नु हो। [२७] सन् २००८ मा काप्रिस्तो बालबालिकाहरूका लागि सङ्घीय कोषको राजदूत बनेकी थिइन्।[२८] यसको लागि, फेसन बनावटकर्ताहरूले वातावरणलाई अनुकूलित पार्नका लागि दिगो सामग्रीहरूको साथ विशेष किसिमका पोशाकहरू बनाएका थिए।[२९] यसका अतिरिक्त, उनी सन् २०११ यता पूर्वी अफ्रिकामा रहेका भोकमरीका पीडितहरूलाई जर्मनीको राहतमा संलग्न भएकी थिइन्।[३०] सन् २०१७ देखि उनी बालबालिका र किशोर किशोरीहरूलाई कुलतमा फस्नबाट जोगाउनका लागि एक कार्यक्रममा संलग्न भएकी थिइन्।[३१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् २००८ मा उनी र्‍यापर के वानसँग सम्बन्धमा रहेकी थिइन्। काप्रिस्तोले सन् २०१३ मा जर्मनेली फुटबल मेसुट ओजिलसँग सम्बन्ध कायम गरेकी थिइन्।[३२] सन् २०१४ मा ओजिल अर्को महिलासँग संलग्न भएको खबर पाएपछि उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। [३३] १२ नोभेम्बर २०१५ मा, बर्लिनमा भएको बाम्बी पुरस्कार समारोहमा ओजिल र काप्रिस्तो एकसाथ देखा परेका थिए।[३४] ओजिल र काप्रिस्तोद्वारा उर्ध्वभरण गरिएको इन्स्टाग्रामको एक तस्वीरले उनीहरू फिर्ता आएको सुझाव दिएको थियो।[३५] तथापि, सन् २०१७ मा, काप्रिस्तो र ओजिल अलग भएको पुष्टि भएको छ।[३६]

साङ्गीतिक सङ्ग्रहहरू[सम्पादन गर्नुहोस्]

गिती सङ्गालो[सम्पादन गर्नुहोस्]

  • ग्रेस (सन् २०१२)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Neue Popstars: MONROSE sind Mandy, Bahar & Senna!", अन्तिम पहुँच २४ नोभेम्बर २००६ 
  2. "Kiddy Contest Kids - Kiddy Contest Vol. 8 - austriancharts.at", austriancharts.at, अन्तिम पहुँच २१ नोभेम्बर २०१० 
  3. "Kiddy Contest Kids – Kiddy Contest Vol. 8", austriancharts.at, अन्तिम पहुँच २०१६-०४-०५ 
  4. "FHM-Ranking Jessica Alba zur „Sexiest Woman 2007“ gewählt", Focus.de, अन्तिम पहुँच २०१२-०३-०९ 
  5. Bericht bei Welt.de
  6. unterhaltung.t-online.de = [त्रुटि: अज्ञात अभिलेख युआरएल] अभिलेखिकरण [मिति अनुपस्थित] मिति
  7. "Mandy in sexy Bademode", unterhaltung.t-online.de, २ जुन २०१०, मूलबाट ५ जुन २०१०-मा सङ्ग्रहित। 
  8. "MONROSE geben Trennung bekannt! | Monrose", monrose.de, २५ नोभेम्बर २०१०, मूलबाट २५ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण २५ जुन २०११ मिति
  9. "Mandy Capristo at THE DOME", RTL2, अन्तिम पहुँच १२ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण ३ जुन २०१२ मिति
  10. "Mandy Capristo", Musicflash, अन्तिम पहुँच १२ मार्च २०१२  = Archive.today अभिलेखिकरण १० जुलाई २०१२ मिति
  11. "Mandy Capristo setzt solo auf EMI Music und Starwatch Entertainment", Musikwoche, अन्तिम पहुँच ११ अप्रिल २०१२  वेब्याक मेसिन अभिलेखिकरण १४ अप्रिल २०१२ मिति
  12. "Grace Capristo: Ist ihre Single gefloppt? | GALA.de", gala.de (de-DEमा), अन्तिम पहुँच ८ अक्टोबर २०१६ 
  13. "Marco Mengoni and Grace Capristo: Ricorderai l'Amore (Remember The Love)" 
  14. Mandy Capristo first two Songs from her Solo Album युट्युबमा हेर्नुहोस्
  15. Bericht bei bild.de
  16. Capristo singt bei The Dome वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-०३ मिति
  17. mandycapristo-fanclub.de = [त्रुटि: अज्ञात अभिलेख युआरएल] अभिलेखिकरण [मिति अनुपस्थित] मिति
  18. mandycapristo-fanclub.de = [त्रुटि: अज्ञात अभिलेख युआरएल] अभिलेखिकरण [मिति अनुपस्थित] मिति
  19. Schweizer-Charts
  20. mandycapristo-music.de = [त्रुटि: अज्ञात अभिलेख युआरएल] अभिलेखिकरण [मिति अनुपस्थित] मिति
  21. Die Synchronsprecher in Das Geheimnis Der Feenflügel वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-२४ मिति
  22. Laut.de: Mandy gegen die Musikmafia
  23. ""Sturm der Liebe": M. Capristo - Sturm der Liebe - ARD | Das Erste" (जर्मनेलीमा), अन्तिम पहुँच २०२०-०२-०६ 
  24. Mandy Capristo wird zu „Prinzessin Jasmin“ bild.de vom 30. Juli 2018
  25. Capristo mit Monrose gegen Gewalt
  26. "Capristo und Monrose Botschafterinnen für Kinderhospiz", २०१६-०४-०५। [dead link]
  27. "Mandy Capristo - 'The Way I Like It' | Popjustice", Popjustice (अङ्ग्रेजीमा), २३ मे २०१२, अन्तिम पहुँच ८ अक्टोबर २०१६ 
  28. Capristo für das Klima[dead link]"Mandy capristo", २०१९-०४। [dead link]
  29. Spenden für Ostafrika
  30. "Popstar Mandy Capristo Beehrt Sunny Mountain", kappl.com, २०१३-०१-०९, मूलबाट २०१३-०४-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०४-०५  = Archive.today अभिलेखिकरण २०१३-०४-११ मिति
  31. DAK-Gesundheit: Grace Capristo unterstützt DAK-Kampagne „bunt statt blau“ gegen Komasaufen. presseportal.de, 16. Februar 2017, abgerufen am 27. Juni 2017.
  32. "Interview mit Spielemagazin.de"  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-२४ मिति
  33. Bericht über Schulabbruch bei bild.de
  34. Capristos Religion
  35. "Capristo und Kay One" 
  36. Mesut Özil und Mandy Capristo sind wieder ein Paar

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]