प्राकृतिक ग्याँस
प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन (जस्तै इथेन, प्रोपेन) ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड , वा हिलियमको केहि अंश[१] रहेको हुन्छ[२]। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। यो अन्य जीवावशेष इन्धन /जीवाश्म ईन्धनको साथ पाइन्छ। यो करोडौं वर्ष पहिले पृथ्वीमा बस्ने मृत प्राणीहरूको क्षय र बिघटन भएको पदार्थबाट बन्छ।[३] यो ग्यासियस अवस्थामा फेला पर्दछ। सामान्यतया, यो मिथेन, इथेन, प्रोपेन, ब्युटेन, पेन्टाइनको मिश्रण हो, जसमा मीथेन ८० देखि ९०% सम्म हुन्छ पाइन्छ। यसको अतिरिक्त, सल्फर, पानी वाष्प, जस्ता केही अशुद्धिहरू पनि भेट्टाइन्छ।
उपयोग
[सम्पादन गर्नुहोस्]मल-खाद निर्माण
[सम्पादन गर्नुहोस्]प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको लागि तिक्ताति/ अमोनियाको मुख्य आवश्यक तत्व हो।[४]
विद्युत उत्पादन
[सम्पादन गर्नुहोस्]प्राकृतिक ग्यास कोजेनेरेसन, ग्यास टर्बाइन र स्टिम टर्बाइनको माध्यमबाट बिद्युत उत्पादबको प्रमुख स्रोत हो। प्राकृतिक ग्यासलाई वायु तथा सौर्य उर्जा जस्ता नविकरणीय उर्जा सँग जोड्न समेत उपयुक्त मानिन्छ।[५] र जलविद्युत प्लान्टको पिक लोड मा परिपूर्ति गर्न प्रयोग गर्न सकिन्छ। अधिकांश ग्रिड पिकिङ पावर प्लान्ट र केही अफ-ग्रिड इन्जिन जेनेरेटरले प्राकृतिक ग्यासको उपयोग गर्छ। विशेष गरि स्टिम टर्बाइन रहेको ग्यास टर्बाइनलाई कम्बाइन साइकल मोडमा चलाउँदा उच्च दक्षता हासिल गर्न सकिन्छ। प्राकृतिक ग्यासलाई अरु इन्धन, जस्तै तेल र कोइला भन्दा सफा मानिन्छ। प्राकृतिक ग्यास बल्दा कोइलाको भन्दा कम प्रति उर्जा कम कार्बनडाइअक्साइड उत्सर्जन गर्छ। प्राकृतिक ग्यासले कोइलाको तुलनामा प्रति किलोवाट घन्टा आधा कार्बन डाइअक्साइड उत्पादन गर्छ।[६] यातायातको लागि, प्राकृतिक ग्यासले पेट्रोलियमको तुलनामा ३०% कार्बन डाइअक्साइड उत्पादन गर्छ। अमेरिकी उर्जा सुचना प्रशासन (The US Energy Information Administration) ले विश्वमा २०१२ मा, कार्बन डाइअक्साइडको मिलियन मेट्रिक टन उत्सर्जनको रिपोर्ट पेश गरेको थियो:[७][clarification needed]
- प्राकृतिक ग्यास: 6,799
- पेट्रोलियम : 11,695
- कोइला: 13,787
प्राकृतिक ग्यासबाट बिजुलि उत्पादन १९७३मा ७४० टेरावाट घन्टा बाट २०१४ मा ५१४० टेरावाट घन्टा पुगेको छ। यो वैश्विक बिद्युत उत्पादनको २२% बिजुलि र कोइलाबाट उत्पादन हुने बिजुलीको लगभग आधा हिस्सा बिजुली हो। [८] संसार भर कोइलाको प्रयोग घटाउने प्रयासको कारण धेरै देशहरू कोइलाबाट प्राकृतिक ग्यास तिर मोडिएका छन्।
नगर ग्यास वितरण
[सम्पादन गर्नुहोस्]घरेलु ग्यास उपयोग
[सम्पादन गर्नुहोस्]यातायात
[सम्पादन गर्नुहोस्]सफा प्राकृतिक ग्यास (सि.एन.जी) अन्य गाडीको इन्धन पेट्रोल, डिजेल भन्दा सफा र सस्तो मानिन्छ। [९]
उद्योग कलकारखानामा इन्धनको रुपमा
[सम्पादन गर्नुहोस्]हाइड्रोजन ग्यास उत्पादन
[सम्पादन गर्नुहोस्]प्राकृतिक ग्याँस हाइड्रोजन उत्पादन गर्न प्रयोग गर्न सकिन्छ, प्रतिक्रिया रूपमा देखाइएको छ:[१०]
The reaction is strongly endothermic (ΔHSR = 206 kJ/mol).
पशु तथा माछा आहार
[सम्पादन गर्नुहोस्]प्राकृतिक ग्यासलाई मिथाइलोकोकस क्याप्सुलेटस ब्याक्टेरिया बाट भरपुर मात्रामा प्रोटिन भएको पशु तथा माछा आहार व्यवसायिक स्तरमा उत्पादन हुन्छ। [११][१२][१३]
वातावरणीय प्रभाव
[सम्पादन गर्नुहोस्]हरित गृह ग्यास प्रभाव
[सम्पादन गर्नुहोस्]प्रशोधन गर्दा र बाल्दा, प्राकृतिक ग्यासले प्रति जुल तेल भन्दा २५-३०% कम र कोइला भन्दा ४०-४५ % कम कार्बन डाइअक्साइड उत्सर्जन गर्छ।[६] यसले अन्य हाइडोकार्बनको तुलनामा कम विषाक्त प्रदुषक उत्पादन गर्छ।[६][१४] यद्यपि, अन्य प्रमुख जिवास्म उर्जाको तुलनामा, प्राकृतिक ग्यासले उत्पादन र ढुवानीमा धेरै उत्सर्जन गराउँछ।[१५][१६]
१०० वर्ष भन्दा धेरैको हरितगृह प्रभावको हिसाबमा, प्राकृतिक ग्यासको उत्पादन र प्रयोगले मानवीय हरित ग्यासको पाँचको १ ओगट्छ र यसको हिस्सा तीब्र रुपले बढीरहेको छ। विश्वव्यापी रुपमा, २०२० मा प्राकृतिक ग्यासको प्रयोगबाट (फ्लेरिङ सहित) लगभग ७.८ बिलियन टन कार्बन डाइ अक्साइड CO2 उत्सर्जन भयो, भने कोइला र तेलको प्रयोग बाट क्रमश १४.४ र १२ बिलियन टन उत्सर्जन भएको थियो। [१७] आइ.इ.ए ले उर्जा क्षेत्र (तेल, प्राकृतिक ग्यास, कोइला बायो इनर्जी) ४० % मानवीय मिथेन उत्सर्जनको लागि जिम्मेवार रहेको अनुमान गरेको छ। [१८] आइ.पिसिसि छैटौ एस्सिसमेन्ट रिपोर्ट अनुसार, प्राकृतिक ग्यासको खपत २०१५ देखि २०१९ को बीचमा १५% ले वृद्धि भएको जबकी तेल र तेल उत्पादको खपतमा ५% ले वृद्धि भएको जनाएको छ।[१९]
नयाँ ग्यास पाइपलाइनहरूको निरन्तर वित्तीयकरण र निर्माणको हिसाबले जीवाश्म हरितगृह ग्यासहरूको ठूलो उत्सर्जन भविष्यमा ४० देखि ५० वर्षसम्म बन्द हुन सक्छ। [२०] अमेरिकाको टेक्सास राज्यमा मात्रै, पाँचवटा नयाँ लामो-दूरी ग्यास पाइपलाइनहरू निर्माणाधीन छन्, पहिलो पटक २०१९ मा प्रवेश गर्ने सेवाको साथ,[२१] र अन्य २०२०–२०२२ मा अनलाइन आउने तालिका छ।[२२]
यसको हरितगृह उत्सर्जन कम गर्न, नेदरल्याण्ड्सले २०५० सम्म देशका सबै घरहरूका लागि प्राकृतिक ग्यासबाट टाढाको संक्रमणलाई अनुदान दिइरहेको छ। एम्स्टर्डममा, २०१८ पछि कुनै नयाँ आवासीय ग्यास खाताहरूलाई अनुमति दिइएको छैन, र सहरका सबै घरहरू २०४० सम्ममा छेउछाउका औद्योगिक भवनहरू र सञ्चालनहरूबाट थप गर्मी प्रयोग गर्न रूपान्तरण हुने अपेक्षा गरिएको छ।[२३]
संयुक्त राज्य अमेरिकाका केही शहरहरूले नयाँ घरहरूका लागि ग्यास हुकअप निषेध गर्न थालेका छन्, राज्यका कानूनहरू पारित भएका छन् र या त विद्युतीकरण आवश्यक छ वा स्थानीय आवश्यकताहरूलाई निषेध गर्न विचाराधीन छ।[२४] युके सरकारले आफ्नो जलवायु लक्ष्यहरू पूरा गर्न वैकल्पिक घर तताउने प्रविधिहरू पनि प्रयोग गरिरहेको छ।[२५] आफ्नो व्यवसाय जोगाउन, संयुक्त राज्य अमेरिकामा प्राकृतिक ग्यास उपयोगिताहरूले स्थानीय विद्युतीकरण अध्यादेशहरूलाई रोक्न कानूनहरूको लागि लबिङ गर्दै छन्, र नवीकरणीय प्राकृतिक ग्यास र हाइड्रोजन इन्धनलाई बढावा दिइरहेका छन्।[२६]
कावन डाइअक्साइड उत्सर्जन
[सम्पादन गर्नुहोस्]अन्य प्रदुषक
[सम्पादन गर्नुहोस्]प्राकृतिक ग्यासले अन्य जिवाष्म इन्धन भन्दा निकै कम सल्फर डाइअक्साइड उत्सर्जन गर्छ।[१४] प्राकृतिक ग्यासको जलनबाट हुने प्रदुषकको सुची निम्नानुसार छ :[६][२७]
Pollutant (lb/million Btu)[६] | प्राकृतिक ग्यास | तेल | कोइला |
---|---|---|---|
कार्बनडाइअक्साइड | ११७ | १६४ | २०८ |
कार्बन मोनोअक्साइड | ०.०४० | ०.०३३ | ०.२०८ |
सल्फर डाइअक्साइड | ०.००१ | १.१२२ | २.५९१ |
नाइट्रोजन अक्साइड | ०.०९२ | ०.४४८ | ०.४५७ |
धुलो | ०.००७ | ०.०८४ | २.७४४ |
पारो | ० | ०.०००००७ | ०.००००१६ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४।
- ↑ "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४।
- ↑ "Electricity from Natural Gas", मूलबाट २०१४-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-१०।
- ↑ Mulvaney, Dustin (२०११), Green Energy: An A-to-Z Guide, SAGE, पृ: ३०१, आइएसबिएन 978-1-4129-9677-8।
- ↑ Matthew L. Wald (१० अप्रिल २०१३), "New Solar Process Gets More Out of Natural Gas", The New York Times।
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ "Natural Gas and the Environment", NaturalGas.org, मूलबाट ३ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१३। वेब्याक मेसिन अभिलेखिकरण ३ मे २००९ मिति
- ↑ "World Carbon Dioxide Emissions from the Use of Fossil Fuels", U.S. Energy Information Administration (eia), मूलबाट २३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०५।
- ↑ "2014 data?", International Energy Agency, पृ: २४, मूलबाट ५ अप्रिल २०१५-मा सङ्ग्रहित।
- ↑ "Alternative Fuels Data Center: Natural Gas Vehicle Emissions", afdc.energy.gov, अन्तिम पहुँच २०१९-०९-०१।
- ↑ Liu, Ke; Song, Chunshan; Subramani, Velu, सम्पादकहरू (२००९), Hydrogen and Syngas Production and Purification Technologies, आइएसबिएन 9780470561256, डिओआई:10.1002/9780470561256।
- ↑ "BioProtein Production", मूलबाट १० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१८। वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१९ मिति
- ↑ "Food made from natural gas will soon feed farm animals – and us", अन्तिम पहुँच ३१ जनवरी २०१८।
- ↑ "New venture selects Cargill's Tennessee site to produce Calysta FeedKind® Protein", अन्तिम पहुँच ३१ जनवरी २०१८।
- ↑ १४.० १४.१ Mikkal Herberg, "Natural Gas in Asia: History and Prospects", The National Bureau of Asian Research, (written for 2011 Pacific Energy Summit)।
- ↑ Cooney et al. (2014): Life Cycle Greenhouse Gas Perspective on Exporting Liquefied Natural Gas from the United States. National Energy Technology Laboratory, US Department of Energy.
- ↑ Rosselot, Kirsten S.; Allen, David T.; Ku, Anthony Y. (२०२१-०७-०५), "Comparing Greenhouse Gas Impacts from Domestic Coal and Imported Natural Gas Electricity Generation in China", ACS Sustainable Chemistry & Engineering (अङ्ग्रेजीमा) 9 (26): 8759–8769, आइएसएसएन 2168-0485, डिओआई:10.1021/acssuschemeng.1c01517।
- ↑ Ritchie, Hannah; Roser, Max (११ मे २०२०), "CO2 emissions by fuel", Our World in Data, अन्तिम पहुँच २०२१-०१-२२।
- ↑ "Global Methane Tracker 2022 – Analysis", IEA (en-GBमा), अन्तिम पहुँच २०२२-०४-०३।
- ↑ Canadell, Josep G.; Scheel Monteiro, Pedro; Costa, Marcos H.; Cotrim da Cunha, Leticia et al. (२०२१), "Chapter 5: Global carbon and other biogeochemical cycles and feedbacks", IPCC AR6 WG1 2021 ।
- ↑ "North American drilling boom threatens big blow to climate efforts, study finds", The Guardian, २०१९-०४-२५।
- ↑ "Gulf Coast Express Pipeline placed in service ahead of schedule", Business Wire, २०१९-०९-२४, अन्तिम पहुँच २०१९-१२-३१।
- ↑ "Natural Gas Flaring and Venting: State and Federal Regulatory Overview, Trends, and Impacts", U.S. Department of Energy, २०१९-०६-०१, अन्तिम पहुँच २०१९-१२-२९।
- ↑ "Van der Pekbuurt gaat als eerste Amsterdamse wijk van het aardgas af" (नेदरल्यान्डेलीमा), १ अक्टोबर २०१८।
- ↑ "Dozens Of US Cities Are Banning Natural Gas Hookups In New Buildings — #CancelGas #ElectrifyEverything", ९ मार्च २०२१।
- ↑ "Heat in Buildings", अन्तिम पहुँच २०२१-०८-०९।
- ↑ Jeff Brady; Dan Charles (फेब्रुअरी २२, २०२१), "As Cities Grapple With Climate Change, Gas Utilities Fight To Stay In Business", NPR।
- ↑ "Gas vs Coal", global greenhouse warming, अन्तिम पहुँच २०११-०२-०६।