बहार (राग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहार
ठाटकाफी
समयबसन्त ऋतुको जुनसुकै समय, त्यस बाहेक मध्य रातमा
आरोहण'न सा म, ग म न न सा'
अवरोहणसा' न प, म प ग म रे सा
वादी
सम्वादीसा
पर्यायवाचीमलहार

बहार भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई बसन्त ऋतुको जुनसुकै समय र सो बाहेक मध्य रातमा गाइने गरिन्छ।[१]यो राग काफी ठाटदेखि निस्कन्छ।

परिचय[सम्पादन गर्नुहोस्]

यो एक चञ्चल प्रकृतिको राग हो। प्राचीन ग्रन्थमा यो रागको उल्लेख भेटिदैन, तसर्थ यो राग बहारको रचना मध्य कालमा भएको मानिन्छ। सङ्गीत मर्मज्ञहरू यो राग बागेश्वरी, अडाना र मियाँ मल्हारको मिश्रणबाट रचना भएको विश्वास गर्दछन्। यो रागको चलन (अलङ्कार) सप्तकको उत्तर अङ्ग तथा तार सप्तकमा हुने कारण उत्तरासङ्ग प्रधान राग अन्तर्गत राखिएको छ। यो रागको गायन समय मध्य रात्रि हो यद्यपि बसन्त ॠतुमा यसलाई कुनै समयमा गाउने परम्परा छ।

विशेषता[सम्पादन गर्नुहोस्]

  • थाट- काफी
  • जाति- षाडव-षाडव
  • स्वर- गन्धार कोमल, दुवई निषादको प्रयोग, आरोहमा रे, अवरोहमा ध स्वर निषेध
  • वादी स्वर- म
  • संवादी स्वर- सा
  • गायन-वादन समय - मध्य रात्रि
  • न्यासको स्वर- सा,म और प
  • सम्प्रकृति राग-मियाँ मल्हार
  • आरोह- 'न सा म, प ग म न ध न सा'
  • अवरोह- सा' न प, म प ग म रे सा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]