बुढानीलकण्ठ स्कूल
बुढानीलकण्ठ स्कूल नेपालको सार्वजनिक आवासीय स्कूल हो। यो काठमाडौंको ८ किलोमिटर उत्तर तर्फ शिवपुरीको फेदीमा अवस्थित छ । [१] बुढानीलकण्ठ मन्दिर बाट यसको नामाकरण गरिएको हो जुन नजिकै अवस्थित छ।
नेपालको सबै ७७ वटै जिल्लाहरुमा प्रवेश परीक्षा पछि यहाँका एक तिहाई विद्यार्थीहरूलाई योग्यता र आवश्यकताको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । [२]
इतिहास
[सम्पादन गर्नुहोस्]बुढानीलकण्ठ विद्यालयको स्थापना सन् १९७२ मा नेपाल र बेलायत सरकार बीचको संयुक्त लगानीको रूपमा भएको थियो। सन् १९८० मा यहाँका विद्यार्थीहरूको पहिलो टोलीले एसएलसी परिक्षा (राष्ट्रिय परीक्षा जुन ब्रिटिश ओ-लेभलको बराबर हो)मा सामेल भएएका थिए। सन् १९८३ मा, अंग्रेजी भाषालाई बुढानीलकण्ठ स्कुलको शिक्षाको आधिकारिक भाषा बनाइयो। क्याम्ब्रिज विश्वविद्यालयको ओ-लेवल र ए लेभल कार्यक्रम क्रमश १९८५ र १९८६ मा सुरु गरिएको थियो।
सन् १९९४ मा बेलायती व्यवस्थापनले उक्त प्रशासन नेपाली व्यवस्थापनलाई हस्तान्तरण गर्यो।
अवलोकन
[सम्पादन गर्नुहोस्]स्कुल ५ औं कक्षा देखि ए-लेभल सम्मका १० देखि १९ वर्ष उमेरका विद्यार्थीहरूको लागि पूर्ण अव्वसीय स्कुल हो।
शिक्षाविद्
[सम्पादन गर्नुहोस्]प्रशासन
[सम्पादन गर्नुहोस्]विद्यालयका प्रधानाध्यापक (हेडमास्टर / प्रिन्सिपल)हरूको सूची निम्नानुसार छ:
- जोन बी टायसन, हेडमास्टर (१९६६ )
- पीटर जे वाकेम्यान, हेडमास्टर (१९७२-१९७७)
- केन जोन्स, हेडमास्टर (१९७८-१९८२)
- डा। तेज रत्न कन्सकार, कार्यवाहक प्रधानाध्यापक (१९८३)
- जोन टायसन, हेडमास्टर (१९८३-१९८८)
- ब्रायन गार्टन, हेडमास्टर (१९८९-१९९२)
- थोमस सोप्निल , हेडमास्टर (१९९२-१९९४)
- सत्यनारायण राजभण्डारी, प्रिन्सिपल (१९९४-१९९५)
- नारायण प्रसाद शर्मा, प्रिन्सिपल (१९९६-२०१२)
- केशर खुलाल, प्रिन्सिपल (२०१३-२०१९)
- होम नाथ आचार्य, प्रिन्सिपल (२०१९-देखि आज सम्म)
उल्लेखनीय पूर्व विद्यार्थीहरू
[सम्पादन गर्नुहोस्]- दीपेन्द्र वीर विक्रम शाह देव (स्वर्गीय राजा )
- निराजन वीर विक्रम शाह (स्वर्गीय अधिराजकुमार)
- नवीन के भट्टराई (गायक)
- पारस वीर विक्रम शाह, नेपालका पूर्व युवराजधिराज
- उज्वल थापा, विवेकशील नेपाली [३] पूर्व अध्यक्ष
- भुसन दाहाल (मिडिया व्यक्तित्व)
- बरटिका एम राई (गायक / गीतकार / कवि)
- स्वर्णिम वाग्ले ( राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष)
- करुण थापा (मिडिया र आईटी विशेषज्ञ)
- डा. मलखलाल श्रेस्ठ (प्रसिद्ध heart surgeon)
- जीवन बहादुर शाही (पुर्ब मुख्यमन्त्री - कर्णाली प्रदेश)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Archived copy", मूलबाट २०१०-१०-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-२९ मिति
- ↑ "About Us - Budhanilkantha School", Bnks.edu.np, अन्तिम पहुँच ६ मार्च २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३ सेप्टेम्बर २०११ मिति
- ↑ "About Ujwal Thapa", WhyNepal.com, अन्तिम पहुँच ६ मार्च २०१९। वेब्याक मेसिन अभिलेखिकरण ९ मार्च २०१९ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बुढानिलकण्ठ स्कूल वेबसाइट
- WikiNepal मा बुधनीलकन्ठस्कूल वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-०८ मिति