बुढानीलकण्ठ स्कूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुढानीलकण्ठ स्कूल नेपालको सार्वजनिक आवासीय स्कूल हो। यो काठमाडौंको ८ किलोमिटर उत्तर तर्फ शिवपुरीको फेदीमा अवस्थित छ । [१] बुढानीलकण्ठ मन्दिर बाट यसको नामाकरण गरिएको हो जुन नजिकै अवस्थित छ।

नेपालको सबै ७७ वटै जिल्लाहरुमा प्रवेश परीक्षा पछि यहाँका एक तिहाई विद्यार्थीहरूलाई योग्यता र आवश्यकताको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । [२]

इतिहास[सम्पादन गर्नुहोस्]

बुढानीलकण्ठ विद्यालयको स्थापना सन् १९७२ मा नेपाल र बेलायत सरकार बीचको संयुक्त लगानीको रूपमा भएको थियो। सन् १९८० मा यहाँका विद्यार्थीहरूको पहिलो टोलीले एसएलसी परिक्षा (राष्ट्रिय परीक्षा जुन ब्रिटिश ओ-लेभलको बराबर हो)मा सामेल भएएका थिए। सन् १९८३ मा, अंग्रेजी भाषालाई बुढानीलकण्ठ स्कुलको शिक्षाको आधिकारिक भाषा बनाइयो। क्याम्ब्रिज विश्वविद्यालयको ओ-लेवल र ए लेभल कार्यक्रम क्रमश १९८५ र १९८६ मा सुरु गरिएको थियो।

सन् १९९४ मा बेलायती व्यवस्थापनले उक्त प्रशासन नेपाली व्यवस्थापनलाई हस्तान्तरण गर्‍यो।

अवलोकन[सम्पादन गर्नुहोस्]

स्कुल ५ औं कक्षा देखि ए-लेभल सम्मका १० देखि १९ वर्ष उमेरका विद्यार्थीहरूको लागि पूर्ण अव्वसीय स्कुल हो।

शिक्षाविद्[सम्पादन गर्नुहोस्]

प्रशासन[सम्पादन गर्नुहोस्]

विद्यालयका प्रधानाध्यापक (हेडमास्टर / प्रिन्सिपल)हरूको सूची निम्नानुसार छ:

  1. जोन बी टायसन, हेडमास्टर (१९६६ )
  2. पीटर जे वाकेम्यान, हेडमास्टर (१९७२-१९७७)
  3. केन जोन्स, हेडमास्टर (१९७८-१९८२)
  4. डा। तेज रत्न कन्सकार, कार्यवाहक प्रधानाध्यापक (१९८३)
  5. जोन टायसन, हेडमास्टर (१९८३-१९८८)
  6. ब्रायन गार्टन, हेडमास्टर (१९८९-१९९२)
  7. थोमस सोप्निल , हेडमास्टर (१९९२-१९९४)
  8. सत्यनारायण राजभण्डारी, प्रिन्सिपल (१९९४-१९९५)
  9. नारायण प्रसाद शर्मा, प्रिन्सिपल (१९९६-२०१२)
  10. केशर खुलाल, प्रिन्सिपल (२०१३-२०१९)
  11. होम नाथ आचार्य, प्रिन्सिपल (२०१९-देखि आज सम्म)

उल्लेखनीय पूर्व विद्यार्थीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Archived copy", मूलबाट २०१०-१०-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-२९ मिति
  2. "About Us - Budhanilkantha School", Bnks.edu.np, अन्तिम पहुँच ६ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३ सेप्टेम्बर २०११ मिति
  3. "About Ujwal Thapa", WhyNepal.com, अन्तिम पहुँच ६ मार्च २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]