स्वर्णिम वाग्ले
डा. स्वर्णिम वाग्ले | |
|---|---|
आधिकारिक चित्र, २०८२ | |
| अर्थ मन्त्री | |
| पद बहाली २०८२ चैत १३ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| प्रधानमन्त्री | बालेन्द्र शाह |
| उपराष्ट्रपति | राम सहाय यादव |
| पूर्वाधिकारी | रामेश्वर प्रसाद खनाल |
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०८२ चैत १२ | |
| पूर्वाधिकारी | आफैँ |
| निर्वाचन क्षेत्र | तनहुँ १ |
| कार्यकाल २०८० वैशाख १५ – २०८२ भदौ २७ | |
| पूर्वाधिकारी | रामचन्द्र पौडेल |
| निर्वाचन क्षेत्र | तनहुँ १ |
| व्यक्तिगत विवरण | |
| जन्म | |
| नागरिकता | नेपाल |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी (वि.सं २०८०–वर्तमान) |
| अन्य राजनीतिक संलग्नता | नेपाली काङ्ग्रेस (वि.सं २०८० सम्म)[१] |
| जीवनसाथी | शशी वाग्ले |
| सन्तान | १ |
| अभिभावक |
|
| मातृ शिक्षाप्रतिष्ठान | बुढानीलकण्ठ स्कूल लन्डन स्कुल अफ इकोनोमिक्स (अर्थशास्त्र) हार्भर्ड विश्वविद्यालय (सार्वजनिक प्रशासन) अस्ट्रेलियन नेसनल युनिभर्सिटी (विद्यावारिधि) |
| पेशा | राजनीतिज्ञ, अर्थशास्त्री |
| वेबसाइट | swarnimwagle |
डा. स्वर्णिम वाग्ले नेपाल सरकारका अर्थमन्त्री हुन् । विश्वविख्यात अर्थशास्त्रीका रूपमा चिनिएका डा.वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति पनि हुन्। पार्टीमा तेश्रो वरियता र सरकारमा दोश्रो वरियता सहित उनी देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालीरहेका छन् । उनि यसअघि न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय ब्युरोमा मुख्य आर्थिक सल्लाहकारको रूपमा कार्यरत थिए।[२]
उनी २०८० वैशाख १० गते देखि २०८२ भदौसम्म प्रतिनिधि सभामा पहिलो पटक सदस्य थिए। तत्कालीन बहालवाला सांसद राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ १ निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनबाट उनी भारी मतले निर्वाचित भएका थिए।[३] उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन्।[४] र फेरि २०८२ फागुन २१ को निर्वाचनमा उनी तनहुँ-१ बाटै भारी मतले निर्वाचित भइ आफ्नै पार्टीको एकल सरकारका रणनीतिक व्यक्तित्वका रूपमा सरकार चलाइरहेका छन्।
प्रारम्भिक जीवन र शिक्षा
[स्रोत सम्पादन गर्नुहाेस्]वाग्लेले उच्च शिक्षा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर (मास्टर) पूरा गरेका छन् र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्।
करियर
[स्रोत सम्पादन गर्नुहाेस्]वाग्लेले नेपाल सरकारअन्तर्गत राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको रूपमा सेवा गर्दै स्वास्थ्य, शिक्षा, र दिगो विकासका क्षेत्रमा काम गरेका छन्। UNDP मा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा, उनले एशिया प्रशान्त क्षेत्रका देशहरूको आर्थिक नीति निर्माणमा योगदान पुर्याएका थिए।
अनुसन्धान र अकादमिक योगदान
[स्रोत सम्पादन गर्नुहाेस्]उनले सामाजिक समावेशीता र आर्थिक नीति सम्बन्धी अनुसन्धान गरेका छन् र विश्वभरका विभिन्न शैक्षिक जर्नलहरूमा लेख प्रकाशित गरेका छन्।
राजनीतिमा योगदान
[स्रोत सम्पादन गर्नुहाेस्]वाग्ले नेपाली राजनीतिमा पनि संलग्न छन् र हाल प्रतिनिधि सभा सदस्यको रूपमा कार्यरत छन्। उनका आर्थिक नीति सम्बन्धी दृष्टिकोणले नेपाली राजनीतिमा आधुनिक र दिगो दृष्टिकोण थपेको छ।
राजनीतिक जीवन
[स्रोत सम्पादन गर्नुहाेस्]२०२३ को मार्चमा, नेपाली कांग्रेसको दशकौंसम्म सदस्य रहेका वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको हातबाट ‘अपमान’ भएको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए। तनहुँ १ को उपनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।[५]
तनहुँ १ मा भएको उपनिर्वाचनमा वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ८७ मतले पराजित गर्दै ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए।[६]
सन्दर्भ सामग्रीहरू
[स्रोत सम्पादन गर्नुहाेस्]- ↑ https://kathmandupost.com/national/2023/03/30/economist-swarnim-wagle-quits-nepali-congress
- ↑ "Swarnim Waglé", Swarnim Waglé (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०२-०४।
- ↑ "Swarnim Wagle elected from Tanahun-1", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-२६।
- ↑ "Dr. Swarnim Waglé | Department of Economic and Social Affairs", sdgs.un.org, अन्तिम पहुँच २०२५-११-१७।
- ↑ "Economist Wagle quits Congress ‘after constant humiliation by the Deubas’", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०४-१२।
- ↑ Republica, "RSP's Dr Swarnim Wagle wins by-election in Tanahun-1 with a wide margin", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-२६। अभिलेखिकरण २०२३-०५-०२ वेब्याक मेसिन