यान्देक्स खोज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान्देक्स खोज
साइटको प्रकार
वेब सर्च इन्जिन
उपलब्ध भाषाबहुभाषिक
मालिकयान्देक्स
सर्जकArkady Volozh
Arkady Borkovsky
Ilya Segalovich
युआरएलYandex.com
अलेक्सा क्रमह्रास २३ (अप्रिल १८ २०१८)[१]
व्यवसायिकहो
दर्ताएच्छिक

यान्देक्स खोजी रुसी: Я̀ндекс एक रुसी वेब सर्च इन्जिन हो‌। यस सर्च संयन्त्रको मालिक यान्देक्स निगम हो। लाइभ इन्टरनेटका अनुसार जनवरी २०१५ मा यसले रूसमा ५१.२% खोज ट्राफिक पैदा गरेको थियो।[२]

बारेमा[सम्पादन गर्नुहोस्]

यसमा रहेको खोजी प्रविधिले १४०० भन्दा बढी सहरहरूमा स्थानीय खोजी परिणाम प्रदान गर्दछ। यान्डेक्स खोजीले समानान्तर खोज पनि समावेश गर्दछ जसले मुख्य वेब सूचकाङ्क र विशेष जानकारीका स्रोत, समाचार, किनमेल, ब्लग, तस्बिर र एकल पृष्ठमा भिडियो सहितका परिणामहरू प्रस्तुत गर्ने गर्दछ।

यानडेक्स सर्च (खोज) वास्तविक-समय प्रश्नहरूको उत्तरदायी छ। यसमा केहि अतिरिक्त सुविधाहरू पनि समावेश गरिएका छन्: तुरुन्त जवाफ, जुन थप जानकारी प्रदान गर्दछ (उदाहरणका लागि, खेल परिणामहरू), हिज्जे परीक्षक र यसमा रहेको एन्टिभाइरसले भाइरसहरू पत्ता लगाँउदछ।[३]

मे २०१० मा, यानडेक्सले, यानडेक्स डटकम नामक बिटा (परीक्षण) संस्करण मञ्चको शुरुवात गरेको थियोे जसमा यसले गैर रूसी भाषामा पनि खोज्न मिल्ने सुविधा प्रदान गरेको छ। [४]

खोज परिणामहरू व्यक्तिगत कम्प्युटर, मोबाइल फोन, ट्याब्लेट र अन्य डिजिटल उपकरणहरूबाट पहुँचयोग्य गरिएका छन्। वेब खोजी बाहेक, यानडेक्स विशेष खोज सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछ।

सन् २००९ मा यानडेक्सले, म्याट्रिक्सनेटको शुभारम्भ गरेको थियोे जसले खोज परिणामहरूको सापेक्षतामा सुधार गरेको थियोे।[५]

जुलाई २१, २०१७ मा पहिलो निस्कासनका साथ, ब्रेभ वेब ब्राउजरले यानडेक्सलाई यसको एक पुनर्निर्धारित सर्च इन्जिनको रूपमा प्रस्तुत गरेको थियोे।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यानडेक्स डटरू साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच अगस्ट २४, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-०२ मिति
  2. "वेबसाइट तथ्याङ्क "Сайты Рунета"", लाइभ इन्टरनेट डटरू, अन्तिम पहुँच मार्च २, २०१५ 
  3. "एसइसी: यानडेक्सको दर्तन प्रणाली" 
  4. म्याट म्याकगी, सर्च इन्जिन ल्यान्ड रुसी सर्च इन्जिन यानडेक्स विश्वव्यापी रूपमा स्थापित भएको छ अभिगमन मिति २०११-०४-३०
  5. म्याट्रिक्सनेट: खोज गुणस्तरको एक नयाँ लेभल अभिगमन मिति २०११-०४-३०
  6. "गिटहबको पृष्ठमा ब्रेभ ब्राउजर", गिटहब, अन्तिम पहुँच १० अगस्ट २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]