सामग्रीमा जानुहोस्

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्किङ
स्थापित२०६५ फागुन ११
केन्द्रीय कार्यालयकालिकानगर, बुटवल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
थानेश्वर पौडेल (अध्यक्ष)
प्रकाश पौडेल (कार्यकारी अधिकृत)[१]

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

साइन डेभलपमेन्ट बैंक लिमिटेडको रूपमा यसको स्थापना २०६५ फागुन ११ गते पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र रुपन्देही जिल्लाको बुटवल भएको थियो। विसं २०६९ चैत ४ गते गुल्मी क्षेत्रबाट रेसुङ्गा विकास बैंकसँग गाभिएपछि यस विकास बैंकको नाम परिवर्तन गरी साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड राखिएको थियो र यसको सेवा क्षेत्र १० जिल्लामा विस्तार गरिएको थियो। विसं २०७३ जेठ २९ गते प्युठान जिल्लाको गौमुखी विकास बैंकमा गाभिएको थियो। विसं २०७६ आश्विन २७ गते भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ति गरी २०७६ माघ १० गते राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति गरिएको थियो। यसको प्रधान कार्यालय बुटवलमा रहेको छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मनोज रेग्मी (१४ वैशाख २०८१), "शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओमा प्रकाश पौडेल पुनः नियुक्त", बैङ्किङ समाचार (नेपालीमा)। 
  2. "शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बन्यो राष्ट्रियस्तरको विकास बैंक, निक्षेप संकलन २६ अर्ब ८२ करोड…!", अर्थ सरोकार (नेपालीमा), १४ वैशाख २०८१। 
  3. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३ 
  4. "Introduction", साइन रेसुङ्गा डेभलपमेन्ट बैंक (नेपालीमा), १४ वैशाख २०८१।