साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
व्यवसाय प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
---|---|
उद्योग | बैङ्किङ |
स्थापित | २०६५ फागुन ११ |
केन्द्रीय कार्यालय | कालिकानगर, बुटवल |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | थानेश्वर पौडेल (अध्यक्ष) प्रकाश पौडेल (कार्यकारी अधिकृत)[१] |
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो।[२] यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]साइन डेभलपमेन्ट बैंक लिमिटेडको रूपमा यसको स्थापना २०६५ फागुन ११ गते पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र रुपन्देही जिल्लाको बुटवल भएको थियो। विसं २०६९ चैत ४ गते गुल्मी क्षेत्रबाट रेसुङ्गा विकास बैंकसँग गाभिएपछि यस विकास बैंकको नाम परिवर्तन गरी साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड राखिएको थियो र यसको सेवा क्षेत्र १० जिल्लामा विस्तार गरिएको थियो। विसं २०७३ जेठ २९ गते प्युठान जिल्लाको गौमुखी विकास बैंकमा गाभिएको थियो। विसं २०७६ आश्विन २७ गते भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ति गरी २०७६ माघ १० गते राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति गरिएको थियो। यसको प्रधान कार्यालय बुटवलमा रहेको छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ मनोज रेग्मी (१४ वैशाख २०८१), "शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओमा प्रकाश पौडेल पुनः नियुक्त", बैङ्किङ समाचार (नेपालीमा)।
- ↑ "शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बन्यो राष्ट्रियस्तरको विकास बैंक, निक्षेप संकलन २६ अर्ब ८२ करोड…!", अर्थ सरोकार (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३।
- ↑ "Introduction", साइन रेसुङ्गा डेभलपमेन्ट बैंक (नेपालीमा), १४ वैशाख २०८१।