कागबेनी (चलचित्र)
कागबेनी | |
---|---|
निर्देशक | भूषण दाहाल |
लेखक | प्रशान्त रसाइली |
आधारित | "द मङ्किज पज" लेखक: विलियम वार्क ज्याकोब्स |
निर्माता | भास्कर ढुङ्गाना, नाकिम उद्दिन, राजेश सिद्धी |
मुख्य कलाकार | नीमा रुम्बा, सौगात मल्ल, दिया मास्के, हानिफ मोहम्मद, पूजा गुरुङ |
छायाङ्कन | विदुर पाण्डे |
वितरक | क्वेस्ट इन्टरटेन्मेन्ट |
प्रदर्शन मिति | २०६४ पुष २७ |
अवधि | १३० मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
कागबेनी[१] २०६४ पुष २७ मा प्रदर्शनमा आएको एक नेपाली चलचित्र हो, जुन विलियम वार्क ज्याकोब्सको सन् १९०२ को डरलाग्दो लघुकथा द मङ्किज पजमा आधारित थियो।[२][३] कागबेनी भूषण दाहालको निर्देशनमा बनेको चलचित्र हो।[४] चलचित्रको नाम मुक्तिनाथबाट दुई घण्टाको पैदल दूरीमा रहेको कालीगण्डकी उपत्यकाको पर्यटकीय स्थल कागबेनीबाट लिइएको हो। कागबेनीलाई नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने चलचित्र मानिन्छ, किनकि यो नेपालको पहिलो सफल गैरव्यावसायिक चलचित्रको रुपमा हेरिएको छ जसले चलचित्र उद्योगमा आफ्नो छाप छोड्न सफल भएको थियो। नेपाली समीक्षकहरूले अहिले गैरव्यावसायिक चलचित्रलाई 'कागबेनी पछिका चलचित्र' भनेर व्याख्या गर्ने गरेका छन्। सिनेमामा छायाङ्कनलाई एक महत्वपूर्ण तत्वको रूपमा प्रकट गर्ने थोरै नेपाली चलचित्रहरूमध्ये कागबेनी पनि एक थियो।[५]
उत्पादन
[सम्पादन गर्नुहोस्]चलचित्र निर्माताहरूले अमेरिकी कम्पनी सिलिकन इमेजिङबाट उच्च परिभाषा डिजिटल क्यामेराहरू ल्याएका थिए र सम्पूर्ण टोली जोमसोम तर्फ प्रस्थान गरेका थिए। मुस्ताङ जिल्लाको कागबेनी, जोमसोम, मार्फा र स्याङमा ३० दिनसम्म लगातार छायङ्कन गरिएको थियो।
चलचित्र निर्माताले पहिलो पटक त्यस प्रकारको क्यामेरा प्रयोग गरेकाले चलचित्र निर्माणमा केही प्राविधिक समस्या देखिएको थियो।[६]
पात्रहरू
[सम्पादन गर्नुहोस्]- सौगात मल्ल रमेशको रूपमा
- दिया मास्के ताराको रूपमा
- नीमा रुम्बा कृष्णको रूपमा
- हानिफ मोहम्मद विष्णुको रूपमा
- पूजा गुरुङ पेमाको रूपमा
- विवेक गुरुङ बरदानको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kagbeni", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१।
- ↑ Dixit, Kunda (२०२२-०४-१४), "Coming of age with Kagbeni", Nepali Times, मूलबाट २०२२-०४-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-१४।
- ↑ "Kagbeni, when wishes come true", Boss Nepal (अङ्ग्रेजीमा), मूलबाट २०२१-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-३० मिति
- ↑ "Behind the camera", The Himalayan Times, २००८-०१-०२, मूलबाट २०१५-११-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०२।
- ↑ Khadgi, Ankit (२०२०-०४-१३), "Nepali films to watch if you missed them in theatres", The Kathmandu Post (Englishमा), मूलबाट २०२०-१०-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०२।
- ↑ Aryal, Mallika (२००८-०१-०४), "Aiming high with Kagbeni", Nepali Times, मूलबाट २०२२-०३-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२०।