डग हल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डग हल अमेरिकाको न्यू ह्याम्सर राज्यको प्रतिनिधिसभाका पूर्व सदस्य हुन्। उनको पूरा नाम डगलस हल हो। हलको जन्म सन् १९४३ मे ११मा भएको हो। उनले लोअर मेरिअन हाइस्कूल पढे। स्टानफोर्ड विश्वविद्यालयबाट इलेक्ट्रीकल इन्जिनियरिङ सकेका हुन्। उनले अमेरिकी स्वयंसेवी संस्था पिस कोर्प अन्तर्गत नेपाल गएर काम पनि गरेका छन्।

नेपालसँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

उनले सन् १९६८-१९६९मा नेपालमा विज्ञानअङ्ग्रेजी पढाए। उनी दरबार हाइस्कूलआनन्द कुटीमा शिक्षक थिए। पिस कर्प स्वयंसेवक भएर उनी नेपाल पुगेका थिए। अनि उनलाई अमेरिकी सहयोग नियोग (युएसएआइडी)मा सल्लाहकार बनाइयो। उनले विज्ञान कसरी पढाउनुपर्छ भन्ने सिकाए। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का धेरैथरि काम गरे। नेपालको न्यू एरा नामक संस्था स्थापना गर्ने धेरैजनामध्ये उनी एक हुन्।

न्यू ह्याम्सरमा सक्रिय[सम्पादन गर्नुहोस्]

पाँच वर्ष नेपाल बसेर अमेरिका फर्केपछि न्यू ह्याम्सर राज्यमा ३० वर्ष काम गरे। न्यू ह्याम्सर सेन्टर फर पब्लिक स्टडिज संस्थामा कार्यकारी निर्देशक भएर काम गरे। हल सन् १९८६ देखि सन् १९९४ सम्म न्यू ह्याम्सर राज्यको प्रतिनिधिसभा सदस्य रहे। त्यसपछि राज्यको आर्थिक समितिमा ६ वर्ष रहे। सन् १९९६मा नेपालको बजेट बनाउने सहयोगी-विज्ञका रूपमा तीन साताका लागि उनी नेपाल पुगे।

अमेरिकामा नेपालीलाई सहायता[सम्पादन गर्नुहोस्]

सन् २००६मा हल सेवानिवृत्त भए। फुर्सदमा अहिले उनी अमेरिका आएका नेपाली मुलका भुटानीलाई सहायता गर्दै छन्। अङ्ग्रेजी बोल्न नजान्नेका लागि नेपाली-अङ्ग्रेजी-नेपाली डिक्सनरी प्रोजेक्ट चलाएका छन्। उनले पत्रकार राजेश कोइरालासँग मिलेर 'अमेरिकामा बसोबास' (सहयोगी पुस्तक, सन् २०१२) तयार पारेका छन्। डा. कमलराज अधिकारीले तयार पारेको संक्षिप्त अङ्ग्रेजी–नेपाली नेपाली–अङ्ग्रेजी शब्दकोशको सम्पादन गरेका छन्।

उनी अलिअलि नेपाली बोल्छन् र धेरै बुझ्छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]