नुवाकोटको गोरु जुधाउने जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोरु जुधाउने जात्रा नुवाकोट जिल्लाको तारुका गाविसको वडा नम्बर ५ स्थित चन्दनीमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने परम्परागत जात्रा हो। किम्बदन्ति अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको हो। हाल तारुकामा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले उक्त जात्रा आयोजना गरिन्छ। उक्त जात्रामा नुवाकोट आसपासका धादिङ, रसुवा, चितवन,कास्की,काठमाडौँ लगायतका स्थानबाट दर्शकहरू आउने गर्दछन।