अन्तर्राष्ट्रिय योग दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१६ चण्डीगढ मा अन्तर्राष्ट्रिय योग दिवस

आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।
योगश्चित्तवृत्ति निरोधः ।।योगसूत्र ।।
चित्त वृत्तिको निरोध नै योग हो । यो भनाई हो पतञ्जलिको । योगको उद्देश्य चित्त वृत्तिहरुको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउनु नै योग हो ।
यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् । त्यस पछि अनेक व्याख्या गरिएको छन् । जैन गुरु हेमचन्द्रले यसलाई जैन धर्मको ध्यानविधिमा प्रयोगमा ल्याएका हुन् । अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।
यसलाई योग र ध्यानका आधारको रुपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो ।

विश्व योग दिवस[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय योग दिवसलाइ विश्व योग दिवसपनि भनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइने भएको हो्।[१]

योगका केही प्रचलनहरु[सम्पादन गर्ने]

वर्तमान समयमा योगका केही वर्तमान प्रचलनहरु यस प्रकार छन्

  1. विपश्यना ध्यान,
  2. कुण्डिलीनी ध्यान,
  3. राजयोग ध्यान,
  4. भावातीत ध्यान
  5. सक्रिय ध्यान
  6. ज्योतिध्र्यान
  7. सहजध्यान
  8. सुदर्शन ध्यान

योग र ध्यानबाट फाइदा[सम्पादन गर्ने]

योगलाई आज शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले सर्वाधिक महत्त्वपूर्ण मानिन्छ । यूरोपका देशहरुले योगासन गर्नका लागि सार्वजनिक स्थलहरु निर्माण गरेका छन् । खडी देशहरुमा योगासनको माध्यमबाट शयकडौं मानिसहरुले स्वास्थ्यलाभ गरिरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरालाई आधुनिक चिकित्सापद्धति र व्यवस्थापन शास्त्रका दृष्टिले समेत स्वकार गरिएको छ–

  • राम्रो स्वास्थ्य
  • कार्यक्षमतामा वृद्धि
  • चिन्ताबाट छुटकारा
  • मानसिक शान्ति
  • रोग प्रतिरोध क्षमतामा वृद्धि
  • तन, मन र आत्मा बीचको लयात्मकता
  • अनावश्यक विचारबाट मुक्ति
  • सकारात्मक सोचको विकास
  • ऊर्जाको केन्द्रीकरण
  • आन्तरिक शक्तिको सञ्चार
  • आफ्नो परिस्थितिलाई ठीक ठीक बुझ्ने क्षमताको विकास
  • आत्म ज्ञान प्राप्ति

पतञ्जलि योग सूत्रको संक्षेप[सम्पादन गर्ने]

तर पतञ्जलिले दिएका जम्मा १९५ सूत्र छन् । यसलाई उनले चार खण्डमा विभाजित गरेका छन्– १. समाधि पाद ५१ २. साधन पाद ५५ ३. विभूति पाद ५५ ४. कैवल्यपाद ३४ पतञ्जलि योगसूत्रमा योगका आठ चरणलाई निम्नलिखित प्रकारले बताइएको छ ।

अष्टाङ्गयोगYoga Meditation Pos-410px.png

अष्टाङ्गयोगयोग

१. यम २. नियम ३. आसन ४. प्राणायाम ५. प्रत्याहार ६. धारणा ७. ध्यान ८. समाधि

यम[सम्पादन गर्ने]

भनेको अठोट हो । यसका लागि व्यक्तिले निम्नलिखित आचरण गर्नु पर्छ
अहिंसा, अस्तेय, सत्य, ब्रह्मचर्य, अपरिग्रह

नियम[सम्पादन गर्ने]

अर्को चरण हो नियम यसका निम्नलिखित पांच नियम छन् शुद्धता, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणिधान

आसन[सम्पादन गर्ने]

यी सबै प्राप्ति पछि स्थिर र सुख आसनमा बसेर ध्यान गर्नु पर्छ । यसका लागि ओंकार सहायक हुन्छ ।

प्राणायाम[सम्पादन गर्ने]

प्राणायाम श्वास पश्स्वास क्रिया हो । श्वास प्रश्वास क्रियालाई शान्त भएर हेर्नु पर्छ यो नै प्राणायाम हो । यसका लागि विस्तारै सांस भित्र तान्ने, शरीर भित्र एक छिन राख्ने र विस्तारै बाहिर निकाल्ने यी ती क्रिया गरिन्छ ।

प्रत्याहार[सम्पादन गर्ने]

यस विधिमा इन्द्रियलाई इन्द्रियार्थ गराउनु पर्छ । भोगले इन्द्रिय नभोगुन् बरु इन्द्रियले भोगलाई भोगुन् । प्रति आहार । हाम्रो आहारको गति विपरीत हुन जाओस् ।

धारणा[सम्पादन गर्ने]

प्रत्याहार पछि योगी अन्तर्मुख हुन थाल्छ । त्यसैले सूक्ष्म अति सूक्ष्म भित्रको शून्यमा ध्यान केन्द्रित गर्दै गर्न थाल्नु पर्छ । यसलाई धारणा भनिन्छ ।

ध्यान[सम्पादन गर्ने]

अन्तर्यामी ब्रह्ममा मन र चित्तलाई एकाग्रचित्त गराउनु नै ध्यान हो । यो क्रिया नभएर अक्रिया हो । यस अघिको प्रत्येक चरण क्रिया हो तर ध्यानमा पुगेपछि त्यही क्रिया अब अक्रिया हुन जान्छ ।

समाधि[सम्पादन गर्ने]

यस पछि आनन्दमय, ज्ञानमय, ज्योतिर्मय, शान्तिमय जुन स्वरुपमा पुगिन्छ त्यसपछि पूर्ण तृप्ति, र पूर्ण आनन्द प्राप्त हुन्छ । अर्थात् त्यसपछि केही पनि प्राप्त गर्न बांक िरहंदैन । त्यहां पुगिसकेको मन प्राण फेरि व्यवहारभूमिमा फर्कन गाह्रो हुनछ । यस अवस्थामा पुगेका योगीहरु कैयौं दिन खानपिन छोडेर त्यत्तिकै बस्न सक्छन् । जब ध्यान भंग हुन्छ उनीहरु पुनः जाग्रत हुन जान्छन् ।
यो धार्मिक ग्रन्थ मानिन्छ तर कुनै सम्प्रदायसंग यसको सम्बन्ध छैन । यो शारीरिक योग मुद्राको शास्त्र पनि होइन । यो आत्मा र परमात्माको योगको विषयमा मात्र हो । तर यसमा बताइएको समाधि प्राप्ति गर्ने अधिकार ईश्वरवादी र निरीश्वरवादी दुवैलाई छ ।
वर्तमान समयका अनेक सन्त महापुरुष र आध्यात्मिक गुरुहरुले पातञ्जल योग सूत्रका आधारमा ध्यानका विधिहरुको आधुनिक परिप्रेक्ष्यमा विकास गर्ने प्रयास गरेका छन् । स्वामी रामकृष्ण र स्वामी विवेकानन्दले ध्यानका विधिहरुको विकास गरे । यस बाहेक महर्षि अरविन्द, रमण महर्षि, महर्षि महेश योगी, सत्य साई, ओशो रजनीश, पाइलटबाबा, र रविशंकरजी महाराजले पनि ध्यान विधिका विकास गरेका छन् । तर वर्तमान समयमा योग र आसनलाई सार्वजनिक गरी अन्तर्राष्ट्रियकरण गर्ने श्रेय निश्चित रुपमा स्वामी रामदेव र आचार्य बालकृष्णलाई जान्छ । योगसंग सम्बन्धित साहित्य, चिकित्सापद्धति, प्रशिक्षक, आहार लगायत सबै कुरा आचार्य बालकृष्ण र स्वामी रामदेवले दिव्य योग मन्दिर र पतञ्जलि योग पीठको माध्यमबाट प्रदान गर्नु भएको छ । यसलाई योग दिवसको रुपमा अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्यता प्रदान गर्ने काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।

उपसंहार[सम्पादन गर्ने]

योगासनलाई जीवनमा उतार्ने र सो अनुसार हठयोग सम्प्रदाय सुरु गर्ने सन्त शंकरावतार गुरु गोरखनाथ नै हुन् । उनको सम्प्रदायलाई योग सम्प्रदाय भनिन्छ । भगवान् शिवदेखि गुरु गोरखनाथसम्मको योगदानलाई ध्यानमा राखेर नेपालका योग प्रेमी पोखरेलले अन्तर्राष्ट्रिय योग दिवस पुस १६ गते मनाउने परम्परा सुरु गरेका हुन् तर सं.रा.स.बाट अनुमोदन गराउन सरकारको प्रयास भएको थिएन । यसलाई योग दिवसको रुपमा अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्यता प्रदान गर्ने काम भारतले गरेको हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]