अमर कल्याण उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जापानी राजदूतको स्वागतमा अमर कल्याण उच्च मावि
जापानी राजदूतको स्वागतमा अमर कल्याण उच्च मावि
जापानी राजदूतको स्वागतमा अमर कल्याण उच्च मावि
जापानी राजदूतको स्वागतमा अमर कल्याण उच्च मावि

अमर कल्याण उच्च मा. वि. इलाम जिल्लाको नयाँबजार गाविसमा पर्ने एक माध्यमिक विद्यालय हो। यो विद्यालयको स्थापना २०११ सालमा स्वयंभू सिद्ध पाठशालाको रूपमा भएको थियो।

बालागुरूले नाङ्गो पहाड नाघी को रूपमा रहेको डाँडामा बस्ती बसाई नयाँबजार नामाकरण गरेपछि प्राथमिक स्कूलको रूपमा यस विद्यालयको स्थापना भएको थियो। पछि निम्न माध्यमिक विद्यालय हुँदै २०४० सालदेखि यो माध्यमिक विद्यालय बनेको हो। २०६० सालदेखि यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद् बाट सम्बन्धन लिई १०+२ कक्षा सञ्चालन गर्न सुरू गरेको हो। यस विद्यालयमा कक्षा १ देखि १० सम्म नेपाली तथा अङ्ग्रेजी विषयमा पठन पाठन हुन्छ। हाल मानविकी, शिक्षा शास्त्र, वाणिज्य विषयमा कक्षा ११ र १२ को पनि पढाई हुन्छ। २०५९ सालको प्रवेशिका परीक्षाको परिक्षाफलमा यो विद्यालयले जिल्लाकै सबैभन्दा उत्कृष्ट नतीजा ल्याएको थियो।

यस विद्यालयमा नयाँबजार लगायत जोगमाई, प्याङ, नाम्सालिङ, सोयाङ लगायतका गाविसबाट विद्यार्थीहरू पढ्न आउँछन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]