अर्णव गोस्वामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्णव गोस्वामी
सन् २०११ मा अर्णव गोस्वामी
जन्मअर्णव गोस्वामी
(1973-03-07) ७ मार्च १९७३ (उमेर ५१)
गुवाहाटी, असम, भारत
शिक्षाहिन्दु कलेज (बिए)
सेन्ट अन्थोनी कलेज, अक्सफोर्ड (एमए)
सिड्नी कलेज, क्यामब्रिज विश्वविद्यालय
पेशा
  • टाइम्स नाउका प्रमुख सम्पादक (सन् २००६–२०१६)
  • रिपब्लिक टिभीका प्रमुख सम्पादक (सन् २०१७–हाल)
कार्यकालसन् १९९५–हाल
संस्थानरिपब्लिक टिभी
उल्लेखनीय श्रेय (हरू)
द न्युजआओर
फ्राङ्की स्पिकिङ विथ अर्णव
द डिबेट विथ अर्णव गोस्वामी
नेसन वान्ट टु नो
जीवनसाथीसाम्यव्रत राय गोस्वामी
सन्तान

अर्णब गोस्वामी (जन्म ७ मार्च १९७३ ) रिपब्लिक मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सम्पादक समेत रहेका एक भारतीय समाचार वाचक हुन्। [१] [२] गोस्वामीको रिपब्लिक मिडिया नेटवर्कले हाल अङ्ग्रेजीमा रिपब्लिक टिभी, हिन्दीमा रिपब्लिक भारत र बङ्गालीमा रिपब्लिक बाङ्ला भन्ने तीनवटा च्यानलहरूको स्वामित्व राख्दछ। [३] [४]

रिपब्लिक टिभी भन्दा पहिले गोस्वामी सन् २००६ देखि सन् २०१६ सम्म टाइम्स नाउ र इटी नाउको प्रमुख सम्पादक थिए। [५] [६] यस अघि उनले एनडिटिभी र द टेलिग्राफमा पनि काम गरिसकेका थिए। सन् २०१६ नोभेम्बरमा गोस्वामीले टाइम्स नाउको प्रमुख सम्पादकको रूपमा राजीनामा दिएका थिए। [७] [८] उनको स्वामित्व रहेको समाचार च्यानल रिपब्लिक टिभीले सन् २०१७ को मे महिनाबाट प्रशारण सुरु गरेको थियो। [९] [१०] [११]

प्रारम्भिक जीवन र परिवार[सम्पादन गर्नुहोस्]

गोस्वामीको जन्म गुवाहाटीमा सन् १९७३ मार्च ७ मा[१२] एक आसामी परिवारमा [१३] [१४] मनोरञ्जन गोस्वामी र सुप्रभा गैन गोस्वामीको सन्तानको रूपमा भएको थियो। [१५] उनको बुबा, मनरञ्जन गोस्वामी सन् १९६० को सुरुवातमा भारतीय सेनामा भर्ती हुँदै लगभग ३० वर्ष सेनामा सेवा गरेपछि उनी कर्नलको रूपमा सेवानिवृत्त भएका थिए। [१६] [१७] सेवानिवृत्त भएपछि उनी भारतीय जनता पार्टीमा सामेल हुँदै गुवाहाटी क्षेत्रका लागि सन् १९९८ को लोकसभा चुनावमा पार्टीको असफल उम्मेदवार बनेका थिए। [१८] उनले विभिन्न पुस्तकहरू लेख्दै सन् २०१७ मा असम साहित्य सभा पुरस्कार प्राप्तकर्ता बनेका थिए। अर्णवकी आमा सुप्रभा गैन-गोस्वामी एक लेखिका हुन्।

उनका बुवा हजुरबुबा रजनीकान्त गोस्वामी वकिल थिए। [१४]

गोस्वामीका मामा सिद्धार्थ भट्टाचार्य गुवाहटी पूर्वी निर्वाचन क्षेत्रबाट भाजपाका लागि असाम विधान सभा सदस्य छन्। सन् २०१५ सम्म उनले भाजपाको असाम एकाइको नेतृत्व गरेका थिए। [१९] [२०]

गोस्वामीको विवाह साम्यव्रत राय गोस्वामीसँग भएको थियो। उनी पत्रकारिता र रिपब्लिक टिभीको सह-मालिक पनि हुन्। [२१] [२२] यस दम्पतीको एक छोरा चे गोस्वामी छ जसको नाम क्रान्तिकारी चे ग्वेभाराको नामबाट राखिएको हो। [२३] [२४]

शिक्षा[सम्पादन गर्नुहोस्]

एक सेना अधिकारीका छोरा गोस्वामीले भारतको विभिन्न भागका विद्यालयहरूमा भर्ना भएका थिए। उनले दिल्लीको सैन्य शिविरको सेन्ट मेरी विद्यालयबाट १०औँ कक्षाको परीक्षा उत्तीर्ण गर्दै जबलपुर सैन्य शिविरको केन्द्रीय विद्यालयबाट १२औँ कक्षाको परीक्षा उत्तीर्ण गरेका थिए। [२५] गोस्वामीको दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट समाजशास्त्रमा स्नातक तह पुरा गरेका थिए। [२६] [२७] गोस्वामीले आफ्नो स्नातकोत्तर तह सन् १९९४ मा सामाजिक शास्त्रमा अक्सफोर्ड विश्वविद्यालयको सेन्ट अन्थोनी कलेजबाट पुरा गरेका थिए। [२८]

पत्रकारिता जीवन[सम्पादन गर्नुहोस्]

टेलिग्राफ र एनडिटिभी[सम्पादन गर्नुहोस्]

गोस्वामीले पत्रकारको रूपमा कोलकातामा 'द टेलिग्राफ'बाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए। [२९] पत्रकारिता सुरु गरेको एक वर्षपनि नबित्दै उनी दिल्लीमा एनडिटिभीमा पत्रकारिताका लागि गएका थिए। [३०] [३१] [१४] गोस्वामी सन् १९९६ देखि सन् २००६ सम्म एनडिटिभीको हिस्सा थिए। [३२]

विवाद र आलोचना[सम्पादन गर्नुहोस्]

सम्मान[सम्पादन गर्नुहोस्]

सन् २००८ मा पत्रकारिता उत्कृष्टताका लागि गोस्वामीले रामनाथ गोयङ्का पुरस्कार जितेका थिए। [३३] सन् २०१९ डिसेम्बरमा उनी सर्वसम्मतिले न्युज ब्रोडकास्टिङ सङ्घ अध्यक्षको रूपमा निर्वाचित भएका थिए।[३४] [३५] [३६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bureau, Adgully, "Republic Media Network strengthens the top management team", adgully.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ जुलाई २०२० 
  2. Jha, Lata (६ मे २०१९), "Arnab Goswami buys back Republic Media shares from Asianet", Livemint (अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ अगस्ट २०२० 
  3. Banerjee, Swagata (७ मार्च २०२१), "Arnab Goswami gives 5 reasons as to why he launched Republic Bangla; WATCH", Republic World (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ मार्च २०२१  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०२१ मिति
  4. "Arnab to anchor Debate on R. Bangla, only anchor ever to host daily shows in 3 languages", Republic World (अङ्ग्रेजीमा), ४ मार्च २०२१, अन्तिम पहुँच ७ मार्च २०२१ 
  5. Lunch with the FT: Indian TV news anchor Arnab Goswami, Financial Times, James Crabtree (1 May 2015)
  6. Times Network accepts Arnab Goswami's resignation, The Economic Times (8 November 2016)
  7. Mohan, Kshitiz, "Arnab Goswami's Republic TV To Launch On 6 May", BW Businessworld 
  8. "Arnab Goswami India's Inquister", Open Magazine, अन्तिम पहुँच १२ अक्टोबर २०२० 
  9. Team, BS Web (६ मे २०१७), "Arnab Goswami's Republic TV launched; here's how to watch it live on phone", Business Standard, India., अन्तिम पहुँच ६ मे २०१७ 
  10. Team, BS Web (५ मे २०१७), "Arnab Goswami's Republic first Indian news channel to air live on Hotstar", Business Standard, India., अन्तिम पहुँच ६ मे २०१७ 
  11. "Arnab Goswami: India's most loved and loathed TV anchor", BBC News, २२ नोभेम्बर २०२०, अन्तिम पहुँच २२ नोभेम्बर २०२० 
  12. Anupam Kher [@AnupamPKher] (७ मार्च २०१७), "Happy birthday dear #ArnabGoswami. Wishing you long & healthy life & all the happiness. Your courage is infectious.:) #BothBornOnTheSameDate" (ट्विट), अन्तिम पहुँच ३१ अगस्ट २०१९ट्विटरद्वारा। 
  13. "Interview in News time Assam", News Time Assam। 
  14. १४.० १४.१ १४.२ "The Soil Beckons", outlookindia.com, अन्तिम पहुँच ४ अगस्ट २०११ 
  15. "Books Released", The Sentinel (Guwahati), १८ फेब्रुअरी २०१४, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  16. "Manoranjan Goswami passes away", The Assam Tribune Online, अन्तिम पहुँच ६ अगस्ट २०२०  वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०२० मिति
  17. "The Sentinel", २ सेप्टेम्बर २०१५, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०२०  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  18. "BJP finally a force to reckon with in Assam", The Indian Express (Guwahati), ६ मार्च १९९८। 
  19. Team, NL, "Arnab Goswami's BJP connection in Assam", Newslaundry (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० मे २०१६ 
  20. "The Assam Tribune Online", assamtribune.com, अन्तिम पहुँच २२ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०२० मिति
  21. "Arnab's Republic of Investors: Who is funding Goswami and what that means", The News Minute, १३ जनवरी २०१७, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१९ 
  22. "Swamy wants 'Republic' to know", The Telegraph (Kolkata) (अङ्ग्रेजीमा), २६ जनवरी २०१७, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१९ 
  23. "The Lighter Side Of Arnab Goswami", Man's World (magazine), १३ अप्रिल २०१७, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१९ 
  24. Seth, Suhel (२ नोभेम्बर २०१६), "Citizen Goswami: How Arnab Caught the Nation's Imagination", TheQuint (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ नोभेम्बर २०२० 
  25. Bureau, BW Online, "Arnab Goswami Quits TimesNow Turns Entrepreneur", BW Disrupt 
  26. "Arnab Goswami Quits TimesNow", BW Online Bureau – www.businessworld.in, १ नोभेम्बर २०१६। 
  27. "HINDU COLLEGE University Of Delhi", hinducollege.ac.in 
  28. "Speakers of 2015", Confederation of Indian Industries- CII, २५ अक्टोबर २०१६।  वेब्याक मेसिन अभिलेखिकरण ६ फेब्रुअरी २०१७ मिति
  29. Choudhary, Vidhi (१ नोभेम्बर २०१६), "Arnab Goswami resigns from Times Now", Livemint (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ अगस्ट २०२० 
  30. "Arnab Goswami's last day at Times Now: Anchor won't host The Newshour anymore, says CEO which was for a stint less than a year", FirstPost, १८ नोभेम्बर २०१६। 
  31. "All about Arnab Goswami and his channel, Republic TV", NewsGram (en-USमा), ९ जनवरी २०१८, अन्तिम पहुँच २३ अक्टोबर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २३ अक्टोबर २०१९ मिति
  32. hermesauto (२ नोभेम्बर २०१६), "Arnab Goswami, loud news anchor of India's prime-time English debate show, quits", The Straits Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ अगस्ट २०२० 
  33. "Rng Past Awards", rngfoundation.com, अन्तिम पहुँच ११ डिसेम्बर २०१९ 
  34. "Arnab Goswami elected president of News Broadcasters Federation's governing board", Scroll.in (en-USमा), अन्तिम पहुँच २९ डिसेम्बर २०१९ 
  35. "News Broadcasters Federation elects Arnab Goswami as governing board president", The Hindu (en-INमा), PTI, ८ डिसेम्बर २०१९, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २९ डिसेम्बर २०१९ 
  36. Seshu, Geeta (३१ जुलाई २०१९), "No, Republic TV-led News Broadcasters Federation is not fighting 'Lutyens Media'", Newslaundry, अन्तिम पहुँच ९ जनवरी २०२० 

 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]