अहली संयुक्त बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अहली संयुक्त बेङ्क
मौलिक नाम
البنك الأهلي المتحد
उद्योगबेङ्किङ, वित्तीय सेवा
केन्द्रीय कार्यालय,
शाखा सङ्ख्या
१४७ शाखा
सेवा क्षेत्र
बहराइन
कुवेत
संयुक्त अरब इमिरेट्स
संयुक्त अधिराज्य
इजिप्ट
इराक
ओमान
लिबिया
मुख्य व्यक्ति
मेसाल अब्दुलाजीज अलोथम्यान[१][२]
(अध्यक्ष)
एडेल एल-लब्बान[३]
(प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूवित्तीय सेवा
सेवाहरूबेङ्किङ
परिचालन आय
वृद्धि १.१२ अर्ब अमेरिकी डलर (सन् २०१८)
वृद्धि ०.९४ अर्ब अमेरिकी डलर (सन् २०१८)
कुल सम्पत्तिवृद्धि ३५.५ अर्ब अमेरिकी डलर (सन २०१८)
कुल इक्विटीवृद्धि ३.९ अर्ब अमेरिकी डलर (सन् २०१८)
कर्मचारी सङ्ख्या
३,९०१ [४]
वेबसाइटhttps://www.ahliunited.com


अहली संयुक्त बेङ्क अरबी: البنك الأهلي المتحد ‎ बहराइनमा आधारित एक क्षेत्रीय बेङ्क हो।[५] यसको प्रधान कार्यालय राजधानी मनामामा अवस्थित छ र यो बहराइनको सबैभन्दा ठूलो बेङ्क हो।[६][७] यो मध्य पूर्वसंयुक्त अधिराज्य गरी ८ देशहरूमा अवस्थित छ। अहली बेङ्कका साधारण सेयरहरू २००८ अगष्ट देखि बहराइन सेयर बजारमा सूचीबद्ध छन्[८] भने कुवेत सेयर बजार जुन २००६ देखि सूचीबद्ध छन्।[९]

इतिहास[सम्पादन गर्नुहोस्]

अहली संयुक्त बेङ्कले मे २००० मा कुवेतको संयुक्त बेङ्क र अल-अहली वाणिज्य बेङ्क बीच समायोजन पछि स्थापना भएको थियो र यसलाई खुद्रा बेङ्किङ अनुमति पत्र बहराइनको केन्द्रित बेङ्कले प्रदान गरेको थियो। समायोजन पछि, दुबै निकायहरू अहली संयुक्त बेङ्कको पूर्ण स्वामित्वमा परिणत भएका छन्।

सञ्चालन[सम्पादन गर्नुहोस्]

अहली संयुक्त बेङ्कले खुद्रा बेङ्किङ, संयुक्त बेङ्किङ , कोषागार र लगानी सेवा, निजी बेङ्किङ र सम्पत्ति व्यवस्थापन सेवा र इस्लामिक बेङ्किङ उत्पादनहरू र सेवाहरूको प्रदान गर्दछ। यसको अतिरिक्त, समूहले दुबै परम्परागत र एकात्मकता योजनाहरूमा जीवन बीमाका उत्पादनहरूको प्रदान गर्दछ।

सन् २०१६ मा, अहली संयुक्त बेङ्कले दुबईमा श्रेणी १ अनुमति पत्र अन्तर्गत अहली संयुक्त बेङ्क लिमिटेड मार्फत संयुक्त अरब इमिरेट्समा आफ्नो कार्य सुरू गरेको थियो।[१०]


सन् २०१८ मा, अहली संयुक्त बेङ्कले बहराइनको श्रम कोष, ताम्किनसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो, बहराइनमा योग्य मध्यम तथा ठूला आकारका उद्यमहरूलाई अनुदानमा ४० लाख दिनार प्रदान गरेको थियो।[११]

प्रमुख सेयरधनीहरू[सम्पादन गर्नुहोस्]

१) सामाजिक सुरक्षाको लागि सार्वजनिक संस्थान - कुवेत (१८.६७%)[१२]

२) सामाजिक बीमा सङ्गठन - बहराइन (१०.०१%)

तमदिन लगाजी कम्पनी - कुवेत (७.७१%)

व्यवसाय विभाग[सम्पादन गर्नुहोस्]

अहली संयुक्त बेङ्क समूहका सञ्चालनहरू चार मुख्य व्यवसाय विभाग हुन्। सम्पूर्ण विभागहरूले इस्लामी वित्त उत्पादहरूको प्रदान गर्दछन् जसमा संयुक्त बेङ्कसङ, कोषागार र लगानी, खुद्रा बेङ्किङ, निजी बेङ्किङ र सम्पत्ति व्यवस्थापन समावेश छन्।[१३][१४]

इस्लामी वित्त[सम्पादन गर्नुहोस्]

अहली संयुक्त बेङ्कले इस्लामी बेङ्किङ सहायक, अहली संयुक्त बेङ्क केएससिपि, अहली युनाइटेड बैङ्क (संयुक्त अधिराज्य) मार्फत शरिया अनुरूप बेङ्किङ सेवाहरू प्रदान गर्दछन्। अप्रिल २०१० मा, कुवेत र मध्य पूर्व बेङ्कलाई पूर्ण शरिया-अनुरूप इस्लामिक बेङ्किङ संस्थामा रूपान्तरण गरिएको थियो, र यसको नाम अहली संयुक्त बेङ्क केएससीमा परिवर्तन गरिएको थियो। त्यसपछि समूहले सन् २०१३ को पहिलो त्रैमासिकमा ओमानमा एक सहयोगी मार्फत इस्लामी बेङ्किङ सेवाहरूको सुरूवात गरेको थियो। अहली संयुक्त बेङ्को समूहले अल इस्लाम नामबाट औपचारिक रूपमा इस्लामी बेङ्किङ सेवाको सुरूवात गरेको थियो।[१५][१६][१७]

संस्थाहरू[सम्पादन गर्नुहोस्]

१)अहली संयुक्त बेङ्क बिएससी[१८]

२) अहली संयुक्त बेङ्क बिएससी (दुबई शाखा)[१९]

३) अहली संयुक्त बेङ्क (संयुक्त अधिराज्य)[२०]

४)अल हिलाल इस्लामी बेङ्क [२१]

५) अहली संयुक्त बेङ्क (इजिप्ट)[२२]

६) अहली संयुक्त बेङ्क केएससिपि [२३]

७)अहली बेङ्क एसओएजी

८) इराक बाणिज्य बेङ्क [२४]

  • वाणिज्य र लगानीको लागि संयुक्त बेङ्क

क्षेत्रीय पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

१) सन् २००९ – मध्य पूर्वको उत्कृष्ट बेङ्कको रूपमा पुरस्कृत – विश्वव्यापी वित्त[२५]

२) सन २०१२ – उत्कृष्टताको लाग युरोमनि पुरस्कार[२६]

सन् २०१४ – खाडी सहयोग परिषद्को उत्कृष्ट क्षेत्रीय पुरस्कार – पूँजी वित्त अन्तर्राष्ट्रिय[२७]

सन् २०१६ – वर्षको उत्कृष्ट मध्य पूर्व बेङ्क – द बेङ्कर[२८]

सन् २०१६ – खाडी सहयोग परिषद्को उत्कृष्ट क्षेत्रीय पुरस्कार – पूँजी वित्त अन्तर्राष्ट्रिय[२९]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. [१]
  2. [२]
  3. [३]
  4. [४]"التقرير السنوي للبنك الأهلي المتحد" 
  5. [५]
  6. "يقول البنك الأهلي القطري إن المساهم الرئيسي يبيع معظم الأسهم", रेउटर्स, २८ नोभेम्बर २०१२, अन्तिम पहुँच २८ मे २०१५ 
  7. [६]"نظرة عامة على البنك الأهلي المتحد" 
  8. "البنك الأهلي المتحد", बहराइन बोरुसा, २०००, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २२ सेप्टेम्बर २०१९ मिति
  9. "البنك الأهلي المتحد الملف الشخصي", बोरुसा कुवेत, २६ जुन २००६, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०२० मिति
  10. "Ahli United Bank launches operations in DIFC", गल्फ न्युज News, २३ मार्च २०१६, अन्तिम पहुँच २ अक्टोबर २०१९ 
  11. ""تمكين" و "البنك الأهلي المتحد" يوقعان محفظة بقيمة مليون دينار بحريني لدعم الشركات البحرينية", तमकिन, १३ मार्च २०१८, अन्तिम पहुँच २ अक्टोबर २०१९ 
  12. "البنك الاهلي المتحد", बहराइन बोर्स, २०१९, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१९ 
  13. "البنك الاهلي المتحد البوابة", अल बवाबा, २०१९, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१९ 
  14. "Fitch Affirms Bahrain's Ahli United Bank and Subsidiaries' IDRs; Downgrades AUB's VR", रेउटर्स, १० सेप्टेम्बर २०१९, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१९ 
  15. "Ahli United Bank", इस्लामीक मार्केट्स आइक्यु, २९ जुलाई २०१९, अन्तिम पहुँच १४ अक्टोबर २०१९  वेब्याक मेसिन अभिलेखिकरण १४ अक्टोबर २०१९ मिति
  16. "Ahli United Bank Overview", बहराइन क्लियर, २०१९, अन्तिम पहुँच १४ अक्टोबर २०१९ 
  17. "अहली संयुक्त बेङ्क बहराइन", बेङ्क ट्र्याक, २०१९, अन्तिम पहुँच १४ अक्टोबर २०१९ 
  18. [७]
  19. [८]
  20. https://www.ahliunited.com/uk/
  21. [९]
  22. [१०]
  23. [११]
  24. [१२]
  25. "WORLD'S BEST BANKS 2009", ग्लोबल फाइनान्स, १६ सेप्टेम्बर २००९, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 
  26. "Awards for Excellence 2012: Awards medals table", युरोमनी, ५ जुलाई २०१२, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 
  27. "Best Regional Bank, GCC, 2014: The CFI.co Award Winner is Ahli United Bank B.S.C.", क्यापिटल फाइनान्स इन्टरनेसनल, २०१४, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 
  28. "The Banker's Bank of the Year Awards 2016", द बेङ्कर, ८ डिसेम्बर २०१६, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 
  29. "Ahli United Bank: Best Regional Bank GCC 2016", क्यापिटल फाइनान्स इन्टरनेसनल, २०१७, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९