इबोला
इबोला | |
---|---|
विभाग: | Infectious diseases |
इबोला भाइरस रोग (EVD) वा इबोला रक्तस्रावी ज्वरो (EHF)इबोला भाइरस को कारणले हुने एक मानव रोग हो।
यो रोगको पहिचान पहिलो १९७६ मा इबोलाको नदी नजिकको एक गाउँमा गएको थियो यसको कारण यस रोगको नाम इबोला राखिएको हो। इबोला एक प्रकारको रोग हो जो रोजीसँग सम्पर्क गर्न मानिसलाई सर्ने गर्छ। यदी रोगीको पसिना, रगत वा श्वास प्रश्वासमा कोही मानिस आयो भने उसलाई टाइफाइड, कोलेरा, ज्वरो, मंसपेसिहरू दुख्ने र कपाल झर्ने गर्छ। इबोलाका रोगहरू ५० देखि ८० प्रतिशत मानिसको मृत्यु हुने गर्दछ।
लक्षणहरू
[सम्पादन गर्नुहोस्]यो रोगको लक्षण भाइरसको सम्पर्कमा आएपछिको दुई देखि तीन हप्ताको बीचमा देखिन सुरु हुन्छ, जसमा ज्वरो, शोर थ्रोट, मांसपेशी दुख्ने, र टाउको दुख्ने हुन्छ। विशेष गरी वाकवाकी, वान्ता, र झाडापाखाला देखा पर्नुका साथै, कलेजो र मृगैलाहरूको कार्य गर्ने क्षमता घट्दै गएको देखिन्छ। यस अवस्थामा, केही मानिसहरूमा रक्तस्राव हुने समस्याहरू सुरु हुन्छन्।[१]
कारण
[सम्पादन गर्नुहोस्]यो भाइरस संक्रमित जनावर (सामान्यतया बाँदरहरू वा फल चमेरोहरूको) रगत वा शारीरिक तरल पदार्थहरूको सम्पर्कमा आउनाले हुने गर्दछ।[१] प्राकृतिक वातावरणमा हावाको माध्यमबाट फैलिने कुराको प्रमाण भेटिदैँन।[२] फल चमेराहरू संक्रमित नभएपनि तिनीहरूमा भाइरस हुने तथा भाइरस सार्छन् भन्ने विश्वास गरिन्छ। मानिसमा संक्रमण भएपछि, यो रोग मानिसहरूका बीचमा सर्ने गर्दछ। उत्तरजीवी पुरुषहरूले यस रोगलाई वीर्य को माध्यमबाट झण्डै दुई महिनासम्म फैलाउन सक्छन्। पहिचान गर्नका लागि, त्यस्तै लक्षणहरू भएका अन्य रोगहरू जस्तै मलेरिया, हैजा र अन्य भाइरल रक्तस्रावी ज्वरोहरूलाई पहिले अलग गरिन्छ। रोगको पहिचानको पुष्टि गर्न रगतका नमूनाहरू एन्टिबडीज, आइरल RNA, वा स्वयम् भाइरसकै लागि परीक्षण गरिन्छ।[१]
रोकथाम
[सम्पादन गर्नुहोस्]रोकथाम अन्तर्गत रोगलाई संक्रमित बाँदरहरू र सुँगुरहरूबाट मानिसमा सर्न नदिने कुराहरू पर्दछन्। जनावरहरूमा संक्रमणको जाँच गरेर यदि रोग भएको पत्ता लाग्यो भने तिनीहरूलाई मारेर तिनीहरूको शरीरलाई समुचित रूपमा व्यवस्थित गरेर यसको रोकथाम गर्न सकिन्छ। मासुलाई राम्रोसँग पकाउनाले तथा मासुसँग सम्बन्धित काम गर्दा सुरक्षात्मक पोशाक लगाउनाले पनि यसमा सहयोगी हुन सक्छ, किनभने रोगी व्यक्तिहरूको वरिपरी हुँदा सुरक्षात्मक पोशाक लगाउने र हातहरू धुने गरिन्छ। रोगी व्यक्तिहरूका शारीरिक तरलपदार्थहरू र तन्तुहरूका नमूनाहरूसँगको काम विशेष सावधानीका साथ गर्नुपर्दछ।[१]अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा संसारभरको इबोलास“ग सम्बन्धित गतिविधिलाई निगरानी गरिरहेको छ । क्यानाडेली कम्पनी टेकमिरा र अमेरिकी कम्पनी केबिपीले इबोला प्रतिरोधक औषधि निर्माण गरेको दाबी गरे पनि बल्ल यसको परीक्षण भैरहेको छ । पहिले बादरमा यसको परीक्षण सफल भए पनि मानिसमा भने पहिलो पटक परीक्षण भएको हो । यद्यपि उक्त औषधि धेरै मात्रामा बनाउन सकिदैन । अमेरिकाको फेडरल ड्रग एसोसिएसनबाट यसको अनुमति लिनुपर्छ । यसका लागि समय लाग्छ । त्यसैगरी यो निकै महंगो पनि छ ।
उपचार, रोग निदान र महामारी विज्ञान
[सम्पादन गर्नुहोस्]रोगका लागि कुनै विशिष्ट उपचार छैन; संक्रमित व्यक्तिहरूलाई मद्दत गर्ने प्रयासहरू स्वरुप ओरल रिहाइड्रेशन थेरापी (पिउनको लागि थोरै गुलियो र नुनिलो पानी दिने) वा इन्ट्राभेनस फ्लयड्स दिने गरिन्छ।[१] यस रोगको मृत्यु दर एकदमै उच्च रहेको छ: प्राय: यस भाइरसबाट संक्रमित 50% देखि 90% मानिसहरू मृत्यु वरण गर्दछन्।[१][३] EVD को पहिचान सर्वप्रथम सुडान र डेमोक्रेटिक रिपब्लिक अफ कंगो मा गरिएको थियो। यो रोगको प्रकोप विशेषगरि उप-साहारा अफ्रिका को उष्ण प्रदेशीय क्षेत्रहरूमा हुने गर्दछ।[१] 1976 (जब पहिलो पटक यसको पहिचान गरिएको थियो) देखि 2013 सम्म, प्रति वर्ष 1,000 मानिसहरू यसबाट संक्रिमित भएका छन्।[१][४] आज सम्मकै सबैभन्दा ठूलो प्रकोप जारी छ 2014 पश्चिम अफ्रिका इबोला प्रकोप, जसमा गिनी, सिएरा लियोन, लाईबेरिया र सम्भवत: नाइजेरिया प्रभावित भइरहेका छन्।[५][६] अगस्ट २०१४ सम्म १६०० भन्धआ बढी केसहरू फेला परिससकेका छन्।[७] खोप को विकास गर्ने प्रयासहरू जारी छन्; यद्यपि, हालसम्म कुनै खोप विद्यमान छैन।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Ebola virus disease Fact sheet N°103", World Health Organization, मार्च २०१४, अन्तिम पहुँच १२ अप्रिल २०१४।
- ↑ "2014 Ebola Virus Disease (EVD) outbreak in West Africa", WHO, Apr २१ २०१४, अन्तिम पहुँच ३ अगस्ट २०१४।
- ↑ C.M. Fauquet (२००५), Virus taxonomy classification and nomenclature of viruses; 8th report of the International Committee on Taxonomy of Viruses, Oxford: Elsevier/Academic Press, पृ: ६४८, आइएसबिएन 9780080575483।
- ↑ "Ebola Viral Disease Outbreak — West Africa, 2014", CDC, जुन २७, २०१४, अन्तिम पहुँच २६ जुन २०१४।
- ↑ "CDC urges all US residents to avoid nonessential travel to Liberia, Guinea, and Sierra Leone because of an unprecedented outbreak of Ebola.", CDC, जुलाई ३१, २०१४, अन्तिम पहुँच २ अगस्ट २०१४।
- ↑ "Outbreak of Ebola in Guinea, Liberia, and Sierra Leone", CDC, अगस्ट ४, २०१४, अन्तिम पहुँच ५ अगस्ट २०१४।
- ↑ "Ebola virus disease update - West Africa", WHO, Aug ४, २०१४, अन्तिम पहुँच ६ अगस्ट २०१४।
- Bibliography
- Klenk, Hans-Dieter (जनवरी १९९९), Marburg and Ebola Viruses (Current Topics in Microbiology and Immunology), Berlin: Springer-Verlag Telos, आइएसबिएन 978-3-540-64729-4।
- Klenk, Hans-Dieter; Feldmann, Heinz (२००४), Ebola and Marburg viruses: molecular and cellular biology (Limited preview), Wymondham, Norfolk, UK: Horizon Bioscience, आइएसबिएन 978-0-9545232-3-7।
- Kuhn, Jens H. (२००८), Filoviruses: A Compendium of 40 Years of Epidemiological, Clinical, and Laboratory Studies. Archives of Virology Supplement, vol. 20 (Limited preview), Vienna: SpringerWienNewYork, आइएसबिएन 978-3-211-20670-6।
- McCormick, Joseph; Fisher-Hoch, Susan (June १९९९) [१९९६], Level 4: Virus Hunters of the CDC (Limited preview), Horvitz, Leslie Alan (Updated [3rd] संस्करण), Barnes & Noble, आइएसबिएन 978-0-7607-1208-5।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) - Pattyn, S. R. (१९७८), Ebola Virus Haemorrhagic Fever (Full free text) (1st संस्करण), Amsterdam: Elsevier/North-Holland Biomedical Press, आइएसबिएन 0-444-80060-3।
- Ryabchikova, Elena I.; Price, Barbara B. (२००४), Ebola and Marburg Viruses: A View of Infection Using Electron Microscopy, Columbus, Ohio: Battelle Press, आइएसबिएन 978-1-57477-131-2।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इबोला भाइरस: केही जानकारी, १९ अगस्ट २०१४