इभान राकिटिच
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | इभान रेकिटिच[१] | |||||||||||||||
जन्म मिति | १० मार्च १९८८ | |||||||||||||||
जन्म स्थान | रेनफिल्डेन,स्विट्जरल्यान्ड [२] | |||||||||||||||
उचाइ | १.८४ मि[३] | |||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपंक्ति | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | एफसी बार्सिलोना | |||||||||||||||
सङ्ख्या | ४ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
१९९२–१९९५ | Möhlin-Riburg | |||||||||||||||
१९९५–२००५ | एफसी बसेल | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००५–२००७ | एफसी बसेल | ३४ | (११) | |||||||||||||
२००७–२०११ | साल्के ०४ | ९७ | (१२) | |||||||||||||
२०११–२०१४ | सेभिल्ला एफसी | ११७ | (२७) | |||||||||||||
२०१४– | एफसी बार्सिलोना | १६९ | (२४) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००६–२००७ | स्विट्जरल्यान्ड अन्डर २१ | ४ | (१) | |||||||||||||
२००९–२०१० | क्रोएसिया अन्डर २१ | ४ | (२) | |||||||||||||
२००७– | क्रोएसिया | १०४ | (१५) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:४५, १५ जुलाई २०१८ (युटिसी) |
इभान रेकिटिच (जन्म १० मार्च १९८८) क्रोएसियन पेशेवर फुटबलर हुन् जो स्पेनी क्लब बार्सिलोना र क्रोएसिया राष्ट्रिय टिमका लागि केन्द्रिय वा आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । बसेलबाट व्यवसायिक फुटबल जीवनवृत्ती सुरू गरेका रेकिटिचले साल्के ०४ सँग हस्ताक्षर गर्नुअघि दुई वर्ष बिताएका थिए । बुन्डेसलिगामा साढे तीन सिजन खेलपछी जनवरी २०११ मा सेभिया फुटबल क्लबमा उनको स्थानान्तरण भएको थियो । सेभियामा रहँदा उनी राम्रो लयमा थिए । दुई वर्षपछी उनलाई कप्तान पनि बनाइयो जसको राम्रो नतिजा आयो-सेभियाले यूइएफए यूरोपा लिग जित्यो । २०१४ को जुन महिनामा एफसी बार्सिलोनाका प्रबन्धक लुइस एनरिकेले रेकिटिचलाई बार्सिलोनामा ल्याए जहाँ पहिलो सिजन घरेलु लिगमा उनले ५ गोल गरे । स्विजरल्यान्ड युवा तहका उत्पादन रेकिटिचको जन्म स्विजरल्यान्डमा भएपनि उनी अन्तराष्ट्रिय स्तरमा क्रोएसिया फुटबल टिमको प्रतिनिधित्व गर्छन् । २००७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रेकिटिचले यूइएफए यूरो २००८, यूइएफए यूरो २०१२,युइएफए यूरो २०१६ अनि २०१४ र २०१८ को फिफा विश्वकप खेलिसकेका छन् ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: १२, अन्तिम पहुँच ८ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१७ मिति
- ↑ "Ivan Rakitic", FC Barcelona, अन्तिम पहुँच १२ जुलाई २०१८।
- ↑ "Ivan Rakitić profile", FC Barcelona, २४ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५।