उरिदू प्यालेस्टाइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उरिदू प्यालेष्टाइन
उद्योगदूरसञ्चार
स्थापितनोभेम्बर २००९
केन्द्रीय कार्यालयअल-बिरेह, प्यालेष्टाइन,
अल-बिरेह
,
प्यालेष्टाइन
सेवा क्षेत्र
प्यालेष्टाइन
मुख्य व्यक्ति
दुरघाम माराई (कार्यकारी)
मोहम्मद अबु रमदान (अध्यक्ष)
उत्पादनहरूविमोसप्र, जिपिआरएस, एन, संक्षिप्त सन्देश सेवा, एमएमएस, इन्टरनेट सेवा प्रदायक, तेस्रो पुस्ता सञ्जाल
राजश्व101,600,000 अमेरिकी डलर[१] (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
7,500,000 अमेरिकी डलर[१] (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
मूल सङ्गठनउरिदू
वेबसाइटwww.ooredoo.ps

उरिदू प्यालेष्टाइन (अरबी: أوريدو فلسطين‎) (पूर्व वाटानिया मोबाइल दूरसञ्चार कम्पनी वा छोट्करीमा वाटानिया), प्यालेष्टाइनमा रहेको प्रमुख दुरसञ्चार कम्पनी हो र यो जावल पछिको अर्को प्रमुख दुरसञ्चार कम्पनी हो।[२] यो सन् २००६ मा स्थापना भएको थियो। यो बहुराष्ट्रिय कतारी दूरसञ्चार कम्पनी ओरिदुको सहायक कम्पनी हो। उरिदूको यसमा ४८.४५% को सेयर रहेको छ भने ३४.०३% प्यालेष्टाइन लगानी कोषको र बाँकी १७.५२% अन्य लगानीकर्ताहरू रहेको छ। [२]कम्पनीका हालका अध्यक्ष मोहम्मद अबु रमादन हुन्। उनी पहिला प्यालेष्टाइनका योजना मन्त्री रहेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दुरघाम माराई हुन्।[३] सन् २०१२ को अन्त्य सम्ममा, यसमा ६,१०,००० ग्राहकहरू रहेका छन् र यसले दूरसञ्चार क्षेत्रमा २८% बजार साझेदारी गरेको छ। बजार पूँजीकरणका हिसाबले, प्यालेष्टाइन सेयर बजारमा यो तेस्रो सबैभन्दा ठूलो कम्पनी हो। यसले १३.८% प्यालेष्टाइन सेयर बजारको बजार प्रतिनिधित्व गरेको छ। यसले प्यालेष्टाइन सरकारबाट दूरसञ्चार सेवा प्रदान गर्नका लागि दोस्रो अनुमति पत्र प्राप्त गरेको थियो।[४]

कम्पनीको इतिहास[सम्पादन गर्नुहोस्]

१) १५ मे २००६, प्यालेष्टाइन राष्ट्रिय प्राधिकरणले प्यालेष्टाइनमा मोबाइल फोन सेवाको दोस्रो सञ्चालकको लागि ठेक्का उद्घाटन गरेको घोषणा गरेको थियो।

२) जून २००६ प्यालेष्टाइनी कम्पनी राष्ट्रिय अन्तर्राष्ट्रियले ३५५ मिलियन अमेरिकी डलरका साथ दोस्रो सञ्चालकको रूपमा अनुमति पत्र प्राप्त गर्नको लागि बोली दिएको थियो।

३) १६ सेप्टेम्बर २००६ प्यालेष्टाइनको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वाटानिया अन्तर्राष्ट्रियले दोस्रो मोबाइल सञ्चालकको रूप बोली प्रक्रियामा जित हासिल गरेको घोषण गरेको थियो।

४) ११ अक्टोबर २००६ प्यालेष्टाइन लगानी कोष र राष्ट्रिय अन्तर्राष्ट्रियले एक मोबाइल दूरसञ्चार कम्पनी स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरेको थियो।

५) १३ मार्च २००७ क्यूटेलले वाटानिया अन्तर्राष्ट्रियको ५१% अधिग्रहण गरेको थियो।

६) १५ मार्च २००७ प्यालेष्टाइनी राष्ट्रिय दूरसञ्चार कम्पनी राष्ट्रिय मोबाइलले प्यालेष्टाइनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दोस्रो मोबाइल सञ्चालकको रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।

७) २९ जुलाई २००८ राष्ट्रिय मोबाइलले व्यवसाय र सञ्चालन स्थापना गर्नका लागि पर्याप्त आवृत्तिहरू प्राप्त गरेको थियो।

८) २३ अगष्ट २००९ उक्त योजनामा जित हासिल गरी कम्पनीको सुरुवात १५ अक्टोबर २००९ मा गर्नका लागि वाटानिया मोबाइलले प्यालेष्टाइनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई १५ सेप्टेम्बर १००९ सम्ममा पर्याप्त आवृत्तिहरू प्रदान गरिनु पर्ने जानकारी दिएको थियो।

९) १ नोभेम्बर २००९ वाटानिया मोबाइलले पश्चिम तटीय क्षेत्रमा व्यवसाय सुरुवात गरेको थियो।

१०) अक्टोबर २३, २०१७ वाटानिया मोबाइलले गाजा पट्टीमा विशाल स्वागतका साथ व्यवसायको सुरुवात गरेको थियो।

११) नोभेम्बर २७, २०१८ राष्ट्रिय मोबाइलले आफ्नो ब्राण्डलाई एकीकृत गर्दै उरिदू प्यालेष्टाइनमा परिवर्तन गरेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ https://www.ooredoo.ps/data/itemfiles/f0274e6b95ffc1ea81a5658fbfa6a8b1.pdf.
  2. २.० २.१ "Overview" [अवलोकन], वाटानियन डटपिएस, अन्तिम पहुँच २०१६-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०३ मिति
  3. "वाटानिया मोबाइल - कार्यकारी व्यवस्थापन", वाटानिया डटपिएस, अन्तिम पहुँच २०१६-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-०५ मिति
  4. "प्यालेष्टाइन लगानी कोष - वाटानियन मोबाइल", पिआइएफ डटपिएफ, अन्तिम पहुँच २०१६-०४-१० [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट