एएफसी च्यालेन्ज कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एएफसी च्यालेन्ज कप
स्थापना२००६
खारेज२०१४
क्षेत्रएसिया (एसियाली फुटबल महासङ्घ)
समूह सङ्ख्या८ (अन्तिम प्रतिस्पर्धामा)
अन्तिम विजेताप्यालेस्टाइन राज्य प्यालेस्टाइन
(१ औँ उपाधि)
सबैभन्दा सफल टोली उत्तर कोरिया
(२ औँ उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट

एएफसी च्यालेन्ज कप एसियाली फुटबल महासङ्घ वा एएफसीका सदस्य राष्ट्रहरूका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो । "भिजन एसिया"[१] एक महाद्वीपय विस्तृत कार्यक्रम हो जसको मुख्य उदेश्य सबै स्तरहरूमा एसियाली फुटबलको स्तरलाई बढावा दिने थियो र यो एफसीका पूर्ब अध्यक्ष मोहम्मद बिन हम्मामद्वारा बनाईएको एक कर्यक्रम थियो ।[२] भिजन एसियाको दर्शनको प्रतिबिम्बित गर्ने एएफसी च्यालेन्ज कप, जसले टोलीहरूको लागि एक महाद्वीपीय प्रतिस्पर्धामा खेल्नको लागि र एफएफसी ट्राफी जीत्नको र सम्भाबित नयाँ प्रतिभा को खोज गर्नको लागि बनाइएको थियो ।[३]

उद्घाटन प्रतियोगिता २००६ मा बाङ्लादेशमा आयोजित भएको थियो र त्यस पछि हरेक २-२ वर्षको अन्तरालमा यस प्रतियोगिता हुने गरेको थियो । जुलाई २००६ मा पुरुषहरूको राष्ट्रिय टोली प्रतिस्पर्धामा एक संशोधन गर्नुको अर्थ यो थियो कि एएफसी च्यालेन्ज कप को २००८ र २०१० संस्करणहरु सुरु गर्नु थियो । यसको विजेता स्वचालित रूपमा एएफसी एसिया कप को लागि छनोट हुने गरेका थिए ।

२०११२०१५ एएफसी एसिया कप प्रतियोगितामा दुईटा हालैका एएफसी च्यालेन्ज कपका विजेताहरूका लागि भनेर यि ठाउँहरू सुरक्षित राखिएको थियो । २०१४ को संस्करण, प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा थियो । २०१५ एएफसी एसिया कपको संस्करणबाट १६ वटा राष्ट्रबाट बढाएर २४ राष्ट्रहरूमा बिस्तार गरिएका कारण यो २०१४ मा खारेज गरिएको थियो र यहि विस्तारका कारण यस प्रतियोगिताको अंतिम संस्करण बनेको थियो ।अप्रिल २०१६ मा अनुकूल खेलको व्यवस्थामा आएको समस्याहरु र धेरै सङ्गठनको अनुरोधका कारण एसियाली फुटबल महासङ्घले एएफसी च्यालेन्ज कपलाई, एएफसी सोलिडारिटी कपमा बदलेको थियो ।[४]

टोलीहरूको छनौट[सम्पादन गर्नुहोस्]

एएफसीले १९९२ मा आफ्नो ४६ सदस्य राष्ट्रहरूलाई तीन समूहमा विभाजित गरेको थियो । यद्यपि यो प्रतियोगिताहरूमा कमजोर मानिने देशहरूको लागि थियोे र केहि विकासशील सङ्घमा आबद्ध केहि प्रतियोगिहरूको लागि पनि थियोे त्यसमा भारत, माल्दिभ्स ,म्यानमार, उत्तर कोरिया, ताजिकिस्तानतुर्कमेनिस्तान आदि राष्ट्रहरू पर्दछन् । परिणामस्वरूप, कमजोर मानिएको मात्र एक टोलीले यस प्रतियोगिता जितेको थियो जब, २०१४ मा प्यालेस्टाइनले उपाधि चुमेको थियो । मार्च २०१२ मा, उत्तरी मारियाना टापु फुटबल सङ्घ, यद्यपि एएफसीको एक सहयोगी सदस्यलाई एएफसीद्वारा राष्ट्रिय टोलीलाई प्रतियोगितामा प्रवेश गर्नको लागि अनुमोदन गरिएको थियो । नोभेम्बर २०१२ मा, एएफसीले भविष्यको एएफसी च्यालेन्ज कपबाट उत्तर कोरियाको बहिष्करणको घोषणा गरेको थियो ।[५]

सफल राष्ट्रिय फुटबल टोलिहरू[सम्पादन गर्नुहोस्]

टोली बिजेता उप-बिजेता तेश्रो स्थान चौथो स्थन
 उत्तर कोरिया 2 (२०१०, २०१२) १ (२००८)
 ताजिकिस्तान १ (२००६) १ (२००८) १ (२०१०)
प्यालेस्टाइन राज्य प्यालेस्टाइन १ (२०१४) १ (२०१२)
 भारत १ (२००८)
 तुर्कमेनिस्तान २ (२०१०, २०१२)
 फिलिपिन्स १ (२०१४) १ (२०१२)
 श्रीलङ्का १ (२००६)
 किर्गिस्तान १ (२००६^)
 नेपाल १ (२००६^)
 माल्दिभ्स १ (२०१४)
 म्यानमार २ (२००८, २०१०)
 अफगानिस्तान १ (२०१४)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

एएफसी सोलिडारिटी कप

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नियम - एएफसी च्यालेन्ज कप" (PDF), एसियाली फुटबल महासङ्घ, अन्तिम पहुँच २६ मार्च २०१२ [dead link]
  2. "भिजन एसियाली दर्शन", एसियाली फुटबल महासङ्घ, ३१ अगस्ट २००७, मूलबाट १६ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "२००६ एएफसी एसिया कपको जानकारी", एसियाली फुटबल महासङ्घ, मूलबाट २ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "एएफसी प्रतिस्पर्धा समितिको निर्णय", द एएफसी डट कम, १२ अप्रिल २०१६, अन्तिम पहुँच १२ अप्रिल २०१६ 
  5. "२०१४ को एएफसी च्यालेन्ज कप माल्दिभ्समा आयोजना हुने भएको छ", एसियाली फुटबल महासङ्घ, २८ नोभेम्बर २०१२, मूलबाट १ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]