(अंग्रेजी:-2015 AFC Asian Cup)
२०१५ एएफसी एसिया कप यो एएफसी एसिया कबको सोह्रौँ संस्करण हो।यो एक एएफसी का सदस्य राष्ट्रहरूका पुरूष फुटबल टिमहरू बिचको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जसको आयोजना सन् २०१५ जनवरी ९ देखि ३१ सम्म सञ्चालन भएको थियो ।[१] यस प्रतियोगिता आयोजक राष्ट्र अस्ट्रेलियाले नै जित्न सफल भएको थियो ।जसले पहिलो पटक उपाधि जित्ने क्रममा फाइनलमा चिरप्रचित प्रतिद्वन्द्वी तथा यस प्रतियोगिताको पुर्व (दक्षिण कोरिया) विजेतालाई २-१ गो अन्तरले हराएको थियो ।साथै यस फाइनलो स्पष्ट नतिजा आउन अतिरिक्त समयनै कुर्नु परेको थियो ।उपाधि सँगै अस्ट्रेलियाले सन् २०१७ मा रसियामा हुने फिफा कन्फेडेरेसन कपमा समेत आफ्नो स्थान सुनिश्चित गरेको छ।
अस्ट्रेलियालाई यस प्रतियोगिताको योग्य आयोजकका रूपमा भने २०११ जनवरी ०५ मा नै छनोट गरिएको थियो ।यस प्रतियोगिताका सम्पूर्ण खेलहरू पाँच फरकफरक सहरका पाँच फरकफरक रंगशालाहरूमा खेलाइएको थियो।संयोगले अस्ट्रेलिया पहिलो पटक यस प्रतियोगिता आयोजना गर्दै विजेताको ताज पहिरिन सफल रह्यो ।आयोजकको हैसियतले अस्ट्रेलिया पहिलेनै यस प्रतियोगितामा छनोट भएको थियो ।अन्य १५ टिमहरू भने छनोट चरण पार गरेर प्रतियोगितामा सहभागीता जनाएका थिए।४४ एएफसीका सदस्य राष्ट्रहरू बिचको छनोट खेलहरू भने फेब्रुअरी २०१३-१४ सम्म चलेको थियो।[२]
एएफसी एसिया कप २०१५ अस्ट्रेलियाको विभिन्न पाच सहरका पाँच रंगशालाहरूमा सञ्चालन भएको थियो ।फाइनल भने सिड्नी मा भएको थियो ।जुन अस्ट्रेलियाको प्रमुख राष्ट्रिय फुटबल रंगशाला हो।
यस प्रतियोगितामा निक अरडम २ नामक फुटबलको प्रयोग गरिएको थियो ।जसको निर्माण निक कम्पनीले गरेको थियो ।२०१५ एसिया कपमा प्रयोग गरिएको यस बलको सार्वजनिक भने सन् २०१४ अक्टोबर १ मा नै गरिएको थियो ।
यस बल कालो ,रातो,पहेंलो साथै सेतो रंग मिलेर बनेको थियो ।साथै प्रतियोगिताको लोगो समेत बलमा राखिएको थियो ।
[४]
यस प्रतियोगितामा युएईका अलि मबक्होउट
(५ गोल)ले सर्वाधिक ५ गोल गरी गोल्डेन बुट प्राप्त गर्न सफल भएका थिए।कुल ८५ गोल भएको यस प्रतियोगितामा जम्मा ५७ खेलाडीहरूले कम्तीमा एक गोल गर्न सफल भएका थिए।