सामग्रीमा जानुहोस्

एडभान्स इन्फो सर्भिस पब्लिक कम्पनि लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उन्नत जानकारी सेवा सार्वजनिक कम्पनी लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक लिमिटेड कम्पनी
आइएसआइएनTH0268010Z11 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापितअप्रिल २४, १९८६; ३८ वर्ष पहिले (अप्रिल २४, १९८६)[१]
स्थापनाकर्ताThaksin Shinawatra
केन्द्रीय कार्यालयबैङ्कक, थाइल्यान्ड[२]
सेवा क्षेत्र
थाइल्यान्ड
मुख्य व्यक्ति
अध्यक्ष: Vithit Leenutaphong, कार्यकारी अधिकृत: Somchai Lertsutiwong
उत्पादनहरूमोबाइल सञ्जाल, इन्टरनेट सेवा प्रदायक, इन्टरनेट टेलिभिजन
सेवाहरूमोबाइल टलिफोन, इन्टरनेट
आम्दानीवृद्धि १५८.४७ बिलियनबाट (२०१७)[३]
ह्रास ३०.०७ बिलियनबाट (२०१७)[३]
कुल सम्पत्तिवृद्धि २८४.०६ बिलियनबाट (२०१७)
कर्मचारी सङ्ख्या
१०,५८६+ (२०१३)[४]
मूल सङ्गठनइन्टच होल्डिङ्स
वेबसाइटwww.ais.co.th

उन्नत जानकारी सेवा सार्वजनिक कम्पनी लिमिटेड सामान्यतया एआइएस को रूपमा उल्लेख गरिने, थाइल्यान्डको सबै भन्दा ठूलो जीएसएम मोबाइल फोन सञ्चालक हो । सन् २०१६ का अनुसार ३९.८७ मिलियन प्रयोगकर्ताहरू रहेका छन् । अप्रिल १९८६ मा स्थापित यस कम्पनीले कम्प्यूटर रेन्टल व्यवसाय वा भाडाबाट हुने आम्दानीको रूपमा आफ्नो सेवा सुरू गरेको थियोे । अक्टोबर १९९० मा, यसले ९०० मेगाहर्जका साथ एनालग मोबाइल फोन सेवा सुरु गरेको थियोे । यो कम्पनी विस्तार हुन पुर्व, थाइल्यान्ड टेलिफोन सङ्गठनले २०-वर्ष सम्म एकाधिकार प्राप्त गरेको थियोे र पछि ९०० आबृत्तिमा सेवा सञ्चालन गर्न अनुमति पाउने पहिलो कम्पनी बनेको थियो ।

यो अत्यधिक लाभदायिक कम्पनी इन्टच पीएलसी (पूर्व सिन निगम) को नियन्त्रणमा रहेको छ र एक सिङ्गापुरको सरकारी स्वामित्वमा रहेको आयोग टेमासेक होल्डिङ्स द्वारा सञ्चालनमा रहेको छ । कम्पनी ५ नोभेम्बर १९९१ मा थाइल्यान्डको स्टक एक्सचेञ्जमा सुचीकृत गरिएको थियो । २३ डिसेम्बर २००१ को अनुसार, इन्टच पीएलसी कम्पनी कुल शेयरहरूको ४०.४५% रहेको छ भने सिङ्गापुरको दूरसञ्चार र थाई ट्रस्ट कोषमा यसमा २३.३२% स्वामित्व रहेको छ । यसको मुख्य कार्यलय थाइल्यान्डको बैङ्ककमा रहेको छ भने यो सार्वजनिक लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियो ।

सेवा र सेवा क्षेत्र

[सम्पादन गर्नुहोस्]

अगस्ट २०१८ का अनुसार, ४०.१ मिलियन प्रयोगकर्ताहरूका साथ थाइल्यान्डमा सबैभन्दा ठूलो सञ्जाल हो । कम्पनीले हाल २ जी , ३ जी र ४ जी सेवा सञ्चालन गरेको छ ।

वाइफाइ हटस्पट

[सम्पादन गर्नुहोस्]

कम्पनीले एआइएस सुपर वाइफाइ नामक देशमा १,००,००० भन्दा बढी वाइफाइ हटस्पट सञ्चालन गरेको छ ।

सन् २०१७ उन्नत जानकारी सेवा सार्वजनिक कम्पनी लिमिटेडले वाइफाइ र एलटिइ सेवालाई मिलन गर्ने उदेश्यले सामसुङ सँग सहकार्य गरी एक गिगाबाईट-गतिको मोबाइल सेवा सञ्चालनको घोषणा गरेको थियोे जसलाई नेक्ट जी को रूपमा नामाकरण गरिएको थियोे । नयाँ सञ्जालले अनुमानित एलटिइ भन्दा १५ गुणा बढी को गतिमा सेवा दिएको थियो र तेस्रो-ब्याण्डमा एलटिइ-ए भन्दा चार गुणा बढीको गतिमा सेवा दिएको थियो । यो हाल थाइल्यान्ड उपलब्ध सबैभन्दा द्रुत गतिको सञ्जाल बनेको छ ।

उन्नत जानकारी सेवा सार्वजनिक कम्पनी लिमिटेडले अनलाइन मनोरञ्जन सेवा, व्यवसाय र वित्तीय सेवाहरू पनि प्रदान गर्दछ ।

कम्पनीको लोगो

[सम्पादन गर्नुहोस्]

कम्पनीको पुरानो लोगो

कम्पनीको हालको लोगो

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. एड्भान्स इन्फो सर्भिस र (२०१०), वार्षिक दर्ता विवरण २००९ (थाइमा), मूलबाट २२ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ Jun २०१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. एड्भान्स इन्फो सर्भिस (२०१०), वार्सिक प्रतिवेदन २०१०, पृ: २७, मूलबाट ७ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ विवरण थाइल्यान्डको स्टक एक्सचेञ्ज
  4. मानव संसाधन विकास लगानीकर्ताको वेबसाइट - एआइएस

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-०२ मिति