ओपेनहाइमर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओपेनहाइमर २०२३ को एक जीवनी थ्रिलर चलचित्र हो। यसको लेखन निर्माण र निर्देशन क्रिस्टोफर नोलनद्वारा भएको हो। यो सैद्धांतिक भौतिकशास्त्री जे. रोबर्ट ओपेनहाइमर,जसले म्यानहट्टन परियोजनामा पहिलो आणविक हतियारहरू विकास गर्न मद्दत गरेका थिए, को जीवनमा आधारित छ। चलचित्रमा किलियन मर्फीले मुख्य पात्रको रूपमा अभिनय गरेका छन्, र यसमा एमिली ब्लन्ट, म्याट डेमन, रोबर्ट डाउनी जुनियर, फ्लोरेन्स पग, जोश हार्टनेट, केसी एफ्लेक, रामी मालेक र केनेथ ब्रानाघले सहायक भूमिकामा अभिनय गरेका छन्।

ओपेनहाइमर को प्रिमियर २०२३ जुलाई १२२ मा पेरिसको "ले ग्रान्ड रेक्स"मा भएको थियो, र युनिभर्सल पिक्चर्सद्वारा जुलाई २१, २०२३ मा संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकामा नाटकीय रूपमा रिलिज गरियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ओपेनहाइमर मूवी पूर्वावलोकन, कहानी और समीक्षा", filmyzillablog, २८ अगस्ट २०२२, अन्तिम पहुँच २६ अगस्ट २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]